समाज

तस्करीको सुन लुकाएका कारण हत्या !

काठमाडौं, २७ असोज । सुन लुकाएको आरोपमा तस्करीमा संलग्न भरियाको हत्या गरिएको खुलासा भएको छ । झण्डै दुई साताअघि नागार्जुन नगरपालिका–३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको हो । रसुवा पार्वतीकुृण्ड नगरपालिका–३ का गगन लामाको शव १६ असोजमा फेला परेको थियो । उनको दाहिने पट्टी ढाडमा […]

२०७४ आश्विन २७ गते, शुक्रबार

पहिलो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटेर भोज

काठमाडौं, २६ असोज । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वास रहेको छ । यस्तो […]

२०७४ आश्विन २६ गते, बिहीबार

सुनचाँदी व्यवसायीको हत्या

काठमाडौं, २५ असोज । सर्लाही हरिपुर नगरपालिकाको पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षिय सुनचाँदी व्यवसायी सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेका छन । मंगलबार साँझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३÷४ जनाको समुहले मोटरसाईकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन-चाँदी लुट्न […]

२०७४ आश्विन २५ गते, बुधबार

गौचनको हत्या रहस्यमय: भारतीय ‘सार्पसुटर’ पक्राउ

काठमाडौ, २४ असोज । नेपाल निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या रहस्यमय बन्दै गएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोट नजिकै एक समुहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्त कार्यालका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक जयबहादुर चन्दले जानकारी दिए । उनले भने अहिले विभिन्न आफवाह फैलिएको छ […]

२०७४ आश्विन २४ गते, मंगलवार

नियम उलंघन गरी चलाइएका सवारीसाधन कारबाहीमा

काठमाडौं, २१ असोज । काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र […]

२०७४ आश्विन २१ गते, शनिबार

आज कोजाग्रत पूर्णिमा

काठमाडौं, १९ असोज । आश्विन शुक्ल पूर्णिमाका दिन आज घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन गरिने प्रचलन छ । आज रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि छ । यसो भएकाले यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको […]

२०७४ आश्विन १९ गते, बिहीबार

काठमाडौंमा ३ . ७ रेक्टरको भूकम्प

काठमाडौं, असोज १८ । काठमाडौंमा आज बिहान बिहान २ बजेर ४ मिनेट जाँदा भूकम्प गएको छ । काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । पराकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा अलि धेरै महशूस गरिएको थियो । यो परकम्प २०७२ साल […]

२०७४ आश्विन १८ गते, बुधबार

काठमाडौंमा गाडीको चाप बढ्दै

काठमाडौ, १७ असोज । गएको २४ घन्टामा ९ हजार १ सय ८ वटा गाडीमा विभिन्न नाकाबाट ६७ हजार ७ सय २५ यात्रु काठमाडौं भित्रिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दसैं मनाउन काठमाडौं बाहिर गएका यात्रु फर्किएसँगै पसलहरु खुल्न थालेका छन् भने काठमाडौंमा गाडीको चाप पनि बढ्दै गएको छ । हिजोदेखि नै मुख्य मुख्य […]

२०७४ आश्विन १७ गते, मंगलवार

सुकुम्बासी बस्तीमा आगलागी

काठमाडौँ, १५ असोज । बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले […]

२०७४ आश्विन १५ गते, आईतवार

आज महानवमी

काठमाडौँ, १३ असोज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित […]

२०७४ आश्विन १३ गते, शुक्रबार