समाज

मोबाइल र सामाजिक सञ्जालका कारण बालविवाह बढ्दो

काठमाडौं, १९ मंसिर । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् । बैतडीमा फोन र […]

२०७४ मंसिर १९ गते, मंगलवार

जसले जाँच पास गरेर पनि पाएनन् लाइसेन्स

काठमाडौ, १८ मंसिर । ललितपुर इमाडोलकी अञ्जु कँडेलले स्कुटीको परीक्षा पास गरे पनि लाइसेन्स प्राप्त गर्न कम्तीमा ६ महिना कुर्नुपर्ने भएको छ। दुई पटकमा ‘ट्रायल पास’ गरेकी कँडेललाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाले ६ महिनापछि मात्र लाइसेन्सका लागि सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ। ‘परीक्षाको फाराम भर्न नै समस्या छ। राति नै गएर लाइनमा बस्नुपर्ने बाध्यता छ’, […]

२०७४ मंसिर १८ गते, सोमबार

आज योमरी पुन्ही

काठमाडौं, १७ मंसिर । आज योमरी पुन्ही । नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हो । नयाँबालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । अण्डाकार रुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ । परम्परादेखि […]

२०७४ मंसिर १७ गते, आईतवार

आज उधौली पर्व

काठमाडौं, १७ मंसिर । किराँत समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाउँदै छन् । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइने चलन छ । प्रकृतिपूजक किराँत समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभरका किराँत समुदायले […]

२०७४ मंसिर १७ गते, आईतवार

आज अन्तर्राष्ट्रिय अपांग दिवस

काठमाडौं, १७ मंसिर । आज २६ औं अन्तर्राष्ट्रिय अपांग दिवस विभिन्न कार्यक्रमका साथ नेपालमा पनि मनाइदैछ । ‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ भन्ने विश्वव्यापी मूल नारा तथा ‘कोही पनि नछुटुन्, दिगो विकासको नाराः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन यो दिवस मनाउन लागिएको हो । यसैबीच, राष्ट्रपति […]

२०७४ मंसिर १७ गते, आईतवार

भाइरल ज्वरोवाट दर्जनभन्दा बढीको मृत्यु

काठमाडौं, १६ मंसिर । जाडो अत्यधिक बढेसँगै मुगु जिल्लाभर भाइरल ज्वरो बढेको छ भने दर्जनौंको मृत्यु भइसकेको छ । जिल्लाका सबैजसो गाउँ बस्तीमा फैलिएको रुघा, खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका हुन् । गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको देखिन्छ, रुघा खोकीले गाउँ निकै प्रभावित […]

२०७४ मंसिर १६ गते, शनिबार

६ वर्षमा ५५ हजार दुर्घटना, ११ हजार ८३४ जनाको मृत्यु

काठमाडौं, १५ मंसिर। यातायात व्यवस्था विभागको तथ्यांकअनुसार देशभर करिब २८ लाख सवारी साधन दर्ता छन् । तर, २५ लाखले मात्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएका छन् । करिब ३ लाख व्यक्तिले लाइसेन्सविना नै सवारी चलाइरहेका छन् । ट्राफिक प्रहरीका अनुसार लाइसेन्स नलिएका व्यक्तिले सवारी चलाएका कारण पनि दुर्घटना बढेकाबढ्यै छन् । ५ वर्षअघि सरकारले सवारी […]

२०७४ मंसिर १५ गते, शुक्रबार

जलाउँदा–जलाउँदैको शव प्रहरीले उठायो

काठमाडौं ,१४ मंसिर । रौतहटको देवाही–गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्युु भएको छ । देवाही–गोनाही नगरपालिका– ७ गोनाहीटोलका सुुखाडी पासवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो । शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर बुधबार राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुुगेको टोलीले नियन्त्रणमा लिएको थियो । शरीरको आधाभन्दा बढी […]

२०७४ मंसिर १४ गते, बिहीबार

१,८५२ चालक कारवाहीमा

काठमाडौं, १३ मंसिर । काठमाडौं उपत्याकामा मंगलबार सवारी नियम उल्लंघन गर्ने एक हजार ८ सय ५२ चालक कारवाहीमा परेका छन् । अघिल्लो दिनको तुलनामा भने कारवाहीमा पर्ने चालकको संख्यामा सामान्य कमी देखिएको छ । सोमबार १ हजार ९ सय १५ चालक कारवाहीमा परेका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक कृष्णदत्त भट्टका अनुसार सवारी […]

२०७४ मंसिर १३ गते, बुधबार

तारा एयरको विमान दुर्घटना, तीन घाइते

काठमाडौं, १२ मंसिर । तारा एयरको ९एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ ।सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेको बुझिएको छ । दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए । उनका अनुसार दुर्घटनामा […]

२०७४ मंसिर १२ गते, मंगलवार