समाज

आज कुकुर तिहार

काठमाडौं, १३ कात्तिक । आज कुकुर तिहार । यम पञ्चकको दोस्रो दिन आज कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिँदैछ । यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । […]

२०७३ कार्तिक १३ गते, शनिबार

गाँजा खेती नष्ट

काठमाडौं, १२ कात्तिक । जिल्ला प्रहरी कार्यालय खोटाङले विभिन्न पाँच गाउँ विकास समितिका २ सय २२ रोपनीमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय हलेसी, प्रहरी चौकी धितुङ र प्रहरी चौकी च्यास्मीटारका प्रहरीको टोलीले धितुङ, महादेवस्थान, दुर्छिम, डिकुवा र काहुले गाविसमा ठूलो परिमाणमा लगाइएको अवैध गाँजा खेती नष्ट पारेको हो । २५ […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

आज काग तिहार

काठमाडौँ, १२ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक १३ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक १४ गते कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक १५ गते सोमबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

बेपत्ता नागरिकको बृहत् अनुसन्धान र उत्खनन हुने

काठमाडौँ, ११ कात्तिक। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालीन समयमा बेपत्ता पारिएका घटनाको बृहत् अनुसन्धान तथा व्यक्ति उत्खनन गर्ने तयारी गरिरहेको छ । आयोगले पीडितको उजुरी लिएर प्रारम्भिक चरणको अध्ययन सकिसकेको छ । बेपत्ता पारिएका सङ्घ÷संस्थाका प्रतिनिधिसँग छिट्टै छलफल गरी उनीहरुको नेटवर्क प्रयोग गरी बृहत् अनुसन्धान गर्ने आयोगको तयारी छ । आयोगका प्रवक्ता प्राडा विष्णु […]

२०७३ कार्तिक ११ गते, बिहीबार

लोकमानले नियुक्त गरेका ‘विज्ञ र सल्लाहकार’ हटाइयो

काठमाडौ, १० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोकमानसिंह कार्कीले नियुक्त गरेका विज्ञ र सल्लाहकारलाई बर्खास्त गरेको छ । कार्कीले नियुक्त गरेका विज्ञ र सल्लाहकार आयोगमा आवश्यक नै नरहेको ठहर गर्दै तिहारपछिबाट लागू हुने गरी बर्खास्त गरिएको हो। अख्तियारका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले कार्कीले नियुक्त गरेका १२ विज्ञ र सल्लाहकारलाई आगामी १७ कात्तिकबाट लागू […]

२०७३ कार्तिक १० गते, बुधबार

भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा

काठमाडौं, ९ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुरेको जनाएको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । ‘यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन […]

२०७३ कार्तिक ९ गते, मंगलवार

राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

काठमाडौँ, ९ कात्तिक । गृह मन्त्रालयले तिहारका अवसरमा खेलिने देउसी तथा भैलो लगायत सांस्कृतिक कार्यक्रम राति १० सम्म मात्र गर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पु-याउन सक्ने जनाउँदै १० बजेपछि त्यस्ता कार्यक्रम नगर्न आग्रह गरेको हो । मन्त्रालयले तिहार र छठ जस्ता […]

२०७३ कार्तिक ९ गते, मंगलवार

आँगनमा गोहीको बच्चा !

काठमाडौ, ८ कात्तिक । कञ्चनपुरको बेलडाँडी नगरपालिका–७ मा विकास सेठीको आँगनमा आइतबार साँझ लोपोन्मुख अवस्थाको गोही फेला परेको छ । घर आँगनमै गोही फेला परेपछि सेठी परिवारले बेलडाँडी रेञ्जपोस्ट कार्यालयमा खबर गरेका थिए । गोहीको उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको रेञ्जपोस्टका प्राविधिक उत्तमबहादुर विष्टले बताए । फेला परेको गोहीको बच्चाको तौल […]

२०७३ कार्तिक ८ गते, सोमबार

अवैध पटकासहित भारतीय पक्राउ

काठमाडौँ, ७ कात्तिक । प्रहरीले ठूलो परिमाणको अवैध पटकासहित भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । भारत विहारका विभिन्न स्थानमा घर भई हाल रोजगारको क्रममा काठमाडौँमा रहेका उनीहरू नेपाल सरकारबाट प्रतिबन्धित विस्फोटक पदार्थ पटकासहित पक्राउ परेका हुन् । उनीहरूको साथबाट रकेट बारुद पटका २० प्याकेट, अनारदाना पटका २० प्याकेट, चक्र सानो पटका ४ प्याकेट, चक्र ठूलो […]

२०७३ कार्तिक ७ गते, आईतवार

अलबिदा लोकमान, अख्तियारलाई जीवनदान’ भन्दै प्रदर्शन

काठमाडौं, ६ कार्तिक । सोलिडारिटी फर गोविन्द केसी अलायन्सको अगुवाइमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गदैं राजधानीका सडकमा मानवसागर उर्लिएको छ । कार्कीलाई महाअभियोग लगाउन दबाब दिन राजधानीमा भैरहेको प्रदर्शनमा ठूलो संख्यामा नागरिकको सहभागीता रहेको छ । बिहान ११ बजे काठमाडौंको माइतिघर मण्डलामा भेला प्रदर्शनकारीले नयाँ बानेश्वरसम्म -याली गरेका छन् । ‘अलबिदा […]

२०७३ कार्तिक ६ गते, शनिबार