समाज

रित्तिदै ओलाङ्चुङ्गोला

काठमाडौं, २९ फागुन । चीनसँंग सिमाना जोडिएको ताप्लेजुङको उत्तरी गाविस ओलाङ्चुङ्गोलाका स्थानिय बसाई सरेर अन्यत्र जाने क्रम बढ्न थालेको छ । चीनसंगको व्यापारिक नाका भए पनि यस स्थानका बासिन्दाको स्वास्थ्य, शिक्षा, सञ्चार र यातायातमा सरकारले प्राथमिकता नदिंँदा बसाई सरेर अन्यत्र जाने क्रम बढेको हो । शेर्पा समुदायका ६१ परिवारको मात्र बसोबास रहेको यस गाविसबाट पछिल्लो […]

२०७२ फाल्गुन २९ गते, शनिबार

विराट पेट्रोलियमलाई कारबाही गर्न माग

काठमाडौ, २८ फागुन ।अखिल क्रान्तिकारी र वाइसिएलले विराट पेट्रोलियमलाई कारबाही गरी त्यसको अनुमतिपत्र रद्द गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले विराट पेट्रोलियमले आयात गरेको इन्धन महँगोमा बेच्ने माली आयल स्टोर कालिमाटी, भ्याली रिकेश आयल स्टोर गैरीगाउँ र जयन्ती आयल स्टोर त्रिपुरेश्वरलाई सिलबन्दी गरी कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । भारतले गरेको नाकाबन्दीका […]

२०७२ फाल्गुन २८ गते, शुक्रबार

आज महाशिवरात्रि पर्व

काठमाण्डौ ,२४ फागुन । आज हिन्दु धर्मावलम्बीले हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाउँदै छन् । फाल्गुण कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि मनाउने गरिन्छ । देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका विभिन्न शिवालयमा ठूलो मेला लाग्ने गर्दछ । पशुपतिलगायत शिव मन्दिरहरूमा बिहानै देखि भक्तजनको घुइँचो लागेको छ । […]

२०७२ फाल्गुन २४ गते, सोमबार

बस दुर्घटना , ४ को मृत्यु, २६ घाइते

काठमाडौँ, २३ फागुन । बर्दियाको धधवार–७ औरीजुट्टाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती लिएर गएको भे१ख ८५४ नंको बस बेहुली लिएर फर्कंदै गर्दा गएराति १० बजे बबई नगरपालिका–६ सैनवारको जम्ती खोला पुल नजिकै दुर्घटना भएको छ । बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुर्घटनामा […]

२०७२ फाल्गुन २३ गते, आईतवार

उपत्यकामा दैनिक १५ दुर्घटना

काठमाडौ, २२ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १ देखि २० फागुनसम्म उपत्यकामा तीन सय ८१ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा १७ को मृत्यु, ११ जना गम्भीर घाइते तथा दुई सय २२ जना घाइते भएको महाशाखाको तथ्यांक छ। फागुनको दुर्घटनामा मृत्यु भएको तथ्यांक अघिल्ला महिनाको भन्दा दोब्बर हो। पुस र माघमा उपत्यकामा आठ–आठजनाको […]

२०७२ फाल्गुन २२ गते, शनिबार

विराटनगरमा एमालेको बृहत् आमसभाको तयारी

काठमाडौ, २१ फागुन । नेकपा एमालेले सञ्चालन गरेको तीन महिने जागरण एवम् पार्टी सुदृढीकरण अभियानको समापनका अवसरमा विराटनगरमा बृहत् आमसभाको तयारी तीव्र तुल्याइएको छ । नेकपा एमाले पूर्वाञ्चलको आयोजना तथा मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा शनिबार हुने आमसभामा पूर्वका जिल्लाबाट एक लाखभन्दा बढी कार्यकर्ता उतार्ने एमालेको दाबी छ । एमाले सचिव एवम् पूर्वाञ्चल संयोजक भीमप्रसाद आचार्यका […]

२०७२ फाल्गुन २१ गते, शुक्रबार

ट्राफिक नियम उल्लंघन गर्ने चालक स्वंय सेवक बन्नु पर्ने

काठमाडौं, २० फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानी जानी गल्ति गर्ने चालकलाई ट्राफिक स्वंयम सेवकको रुपमा काम गराउने अभियान थालेको छ । महाशाखाले पहिलो चरणमा सवारी दुर्घटना गरी फरार भएका र सवारी साधनमा छुटेको सामान नबुझाएका चालकलाई यस्तो कारबाही गर्न थालिएकोे जनाएको छ । महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लका अनुसार अहिलेसम्म तीन जनालाई कारबाही […]

२०७२ फाल्गुन २० गते, बिहीबार

एकसय ७३ एलपी ग्यास सिलिन्डर लिलामी

काठमाडौं,२० फागुन । दुई महिनाअघि विराटनगरबाट पक्राउ गरिएका १७३ वटा एलपी ग्यास सिलिन्डर आज लिलामी गरिएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको बन्दका बेला तस्करी नियन्त्रण गर्ने क्रममा विराटनगर बसपार्कबाट तस्करी गरी ल्याइएका एलपी ग्यास सिलिन्डर मोरङ प्रहरीले पक्राउ गरेको थियो । गुणस्तर तथा नापतौल पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख मनिसकुमार दासका अनुसार […]

२०७२ फाल्गुन २० गते, बिहीबार

सेल्फीले ज्यान लियो

काठमाडौं, १७ फागुन । नवलपरासीको गैंडाकोटकी विस्मृती ज्ञवाली मोबाइलबाट फोटो खिच्ने क्रममा नारायणी नदीमा बेपत्ता भएकी छिन । ज्ञवालीको अवस्था अझै थाहा हुन सकेको छैन । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । सेल्फी खिच्ने क्रममा आइतबार दिउँसो ढुङगाबाट चिप्लिएर उनि नदीमा बेपत्ता भएकी हुन् । विस्मृतीसँगै नदीमा खसेकी गैंडाकोटकी नम्रता सापकोटालाई भने प्रहरीले उद्दार […]

२०७२ फाल्गुन १७ गते, सोमबार

माछाको कत्ला जस्तो घाउले दाजुभाइ पीडित

काठमाडौं, १६ फागुन । झापाको बुधवारे–७ स्थित नवकिरण निम्न माध्यमिक विद्यालयमा अध्ययनरत एकै परिवारका दुई विद्यार्थी शरीरभरि माछाको कत्ला जस्तो घाउ आउने छालाको अनौठो रोगबाट पीडित बनेका छन् । रोगबाट पीडित हुने विद्यार्थीमा कक्षा ३ मा पढ्ने ९ वर्षीय भुवन गुप्ता र पूर्व प्राथमिक कक्षामा पढ्ने ४ वर्षका उनका कान्छा भाइ सरोज गुप्ता रहेका छन् […]

२०७२ फाल्गुन १६ गते, आईतवार