समाज

वनझाँक्रीको हड्डी भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं,३१ वैशाख । म चौधरी बाबा हुँ, मसँग वनझाँक्रीको हड्डी छ, त्यो हड्डी हेर्ने मानिसलाई दैवीशक्ति प्राप्त हुन्छ, आफूले चिताएको काम पूरा हुन्छ, धन लाभ हुन्छ, त्यसका लागि एकै रङको नौवटा गाई पूजा गरी दान गर्नुपर्छ । यस्तै, विभिन्न बहानाबाजी गरेर लाखौँ ठगी गर्दै हिँड्ने गरेका इटहरी उपमहानगरपालिका– १८ स्थित पकलीबाट मोहम्मद इद्रिस मियाँलाई पक्राउ […]

२०७३ बैशाख ३१ गते, शुक्रबार

पानी नपरेपछि…

काठमाडौं,३१ वैशाख । भोजपुरको भुल्के गाविसका किसानले लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गराएका छन् । किसानले गाविस को वडा नं– १ र ४ मा रहेका जाल्पादेवी र पञ्चकन्या मूलमा पञ्चेबाजासहित नौ÷नौजना पण्डित पढाएर बिहीबार भ्यागुताको बिहे गराइदिएको स्थानीय किसान बाबुराम बन्जाराले जानकारी दिए । बेहुला पक्षका किसानले पञ्चकन्या मूलबाट बेहुला भ्यागुतो लिएर पण्डितसहित ‘हरहर […]

२०७३ बैशाख ३१ गते, शुक्रबार

पुन निर्माणको लागि पञ्चबर्षिय खाका सार्वजनिक

काठमाडौ, ३० वैशाख । भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी पाँचवर्षे कार्ययोजना सार्वजानिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको व्यवस्थापिका–संसदमा बोल्दै सो कार्ययोजना सार्वजानिक गरेका हुन् । संसदमा प्रधानमन्त्री ओलीले कार्ययोजनाले भूकम्पपश्चात पुनःनिर्माणसम्बन्धी स्पष्ट मार्ग निर्देशन प्रदान गरेको बताए । प्रधानमन्त्री ओलीले भूकम्पछिको विस्तृत अध्यययन प्रतिवेदनको सट्टामा कार्ययोजना आएको होइन भने । भूकम्पपछि पुनःनिर्माणका लागि सरकारी, निजी […]

२०७३ बैशाख ३० गते, बिहीबार

लोकसेवा आयोगको परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउन निर्देशन

काठमाडौँ, ३० वैशाख । व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिले लोकसेवा आयोगको परीक्षा प्रणालीलाई थप वैज्ञानिक र प्रविधियुक्त बनाउन निर्देशन दिएको छ । समितिको आजको बैठकले नेपालको संविधानले आयोगको क्षेत्राधिकार विस्तार गरेको हुँदा त्यसैअनुरुपको भूमिका बहन गर्न सो निर्देशन दिएको हो । राज्यको प्रतिनिधिका रुपमा रहने गाविस सचिवका धेरै पद रिक्त रहेकाले त्यसको अविलम्ब पदपूर्ति गर्न आयोगका तर्फबाट […]

२०७३ बैशाख ३० गते, बिहीबार

एक गाग्री पानीको एकसय रुपैयाँ !

काठमाडौं,३० वैशाख । ठूलीपोखरी–३ की सुनिता परियारका घरमा परिवारका पाँचजना सदस्य र दुईवटा गाईभैँसी रहेका छन् । पाँच जनाको परिवार र दुईवटा गाईभैँसीलाई गरी दैनिक ६ गाग्रीसम्म पानी आवश्यक पर्छ, तर उनले एक गाग्री पानी घरसम्म ल्याई पुर्‍याउन २ घन्टा लाग्ने गर्छ । छ गाग्री पानी ल्याउँदा उनको पुरै दिन त्यसै सकिन्छ । अहिले स्थानीयस्तरमा […]

२०७३ बैशाख ३० गते, बिहीबार

हुन्डी कारोबारी प्रहरीको फन्दामा

काठमाडौं,३० वैशाख । प्रहरीले राजधानीको न्युरोड क्षेत्रमा सन्चालित हुन्डीको कारोबारमा संलग्न पाँचजना सन्चालकसहित १५ जनालाई बुधबार साँझ पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले रु एक करोड ७४ लाख ९९ हजार ६५० र चेकहरू बरामद गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । प्रहरीले न्युरोडमा मोबाइल पसल सन्चालन गर्दै […]

२०७३ बैशाख ३० गते, बिहीबार

बैशाख १२ यता ४ सय ५२ पटक भुकम्पको धक्का

काठमाडौँ, २९ वैशाख । अघिल्लो वर्ष गएको गोरखा भूकम्पपछिको सबैभन्दा ठूलो परकम्प गएकै दिन आज धादिङको मार्पाकमा ४.४ रिक्टर स्केलको परकम्प गएको छ । बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.६ रिक्टरको भूकम्पपछि वैशाख २९ गते दोलखाको सिङ्गटी केन्द्रविन्दु भई ६.९ रिक्टरको शक्तिशाली परकम्प गएको थियो । उक्त परकम्पले दोलखामा सबैभन्दा क्षति पु¥याएको थियो । धादिङको मार्पाक […]

२०७३ बैशाख २९ गते, बुधबार

गृहमन्त्रीद्वारा बहुउद्देश्यीय शिरीष हलको उदघाटन

काठमाडौँ, २९ बैशाख । गृहमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको हाता भित्र निमार्ण गरिएको बहुउद्देश्यीय “शिरीष हल”को उदघाटन गरेका छन । उक्त भवन ४४ लाख ३ हजार ५ सय ४५ रुपैयाँको लागतमा निमार्ण सम्पन्न भएको हो । कार्यक्रममा गृहमन्त्री बस्नेतले १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा सहभागी भई […]

२०७३ बैशाख २९ गते, बुधबार

कहाँ हराए ११ सय जंगेपिल्लर

काठमाडौ, २९ बैशाख । नेपाल भारत सीमाना छुट्याउने १ हजार १ सय सीमास्तम्भ जंगेपिल्लर बेपत्ता भएका छन् । भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासिनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको छ । नापी विभागको तथ्थांक अनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६ […]

२०७३ बैशाख २९ गते, बुधबार

सरकार, के हेरेर बसेको छ ? : देउवा

काठमाडौ, २८ बैशाख । व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले ‘म्यादी’ सरकारले ल्याएको बजेट म्यादी नै हुने बताएका छन् । उनले संसदमा म्यादी सरकारले ल्याएको बजेट कार्यान्वयन हुन्छ भन्ने बिश्वास पनि नरहेको बताए । देउवाले ‘म्यादी’ शब्द आफूले नल्याएको प्रस्ट पार्दै भने, ‘म्यादी मैले भनेको […]

२०७३ बैशाख २८ गते, मंगलवार