समाज

डिभी आवेदन खुल्दै

काठमाडौं, १३ असोज । सन् २०१७ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि बिहीबारबाट आवेदन दर्ता खुला हुने भएको छ । बिहीबार, नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट खुल्नेछ र कार्तिक १७ गते बन्द हुने काठमाडौं स्थित अमेरिकी दूताबासले जनाएको छ । डिभी चिट्ठामा आवेदनका लागि शुल्क लाग्दैन । अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह […]

२०७२ आश्विन १३ गते, बुधबार

जोर विजोर प्रणालीमा कडाई

काठमाडौँ, १३ असोज । भारत सरकारले गरेको अघोषित नाकाबन्दीका कारण देशमा भइरहेको इन्धन अभावलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जोर विजोर प्रणालीलाई कडाई साथ लागू गरेको छ । इन्धन अभाव हुन थालेपछि कडाइ गर्न थालेको महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । उनले भने , “अति आवश्यक अस्पताल, पर्यटक, विद्यालय, सञ्चार गृह, दूध, […]

२०७२ आश्विन १३ गते, बुधबार

नेपाली भन्सार कठोर रणनीति अपनाउदै

काठमाण्डौ, १३ असोज । पेट्रोलियम पदार्थमा नाकाबन्दी गरेर तत्काल सड्ने र कुहिने तरकारी, फलफूललगायत सामान मात्र नेपालतर्फ पठाउने भारतीय रणनीति विफल पार्न नेपाली भन्सारले कठोर रणनीति अपनाउन थालेका छन्। सरकारको निर्देशनमा मंगलबारबाट भारतले पठाएका तरकारी, फलफूलजस्ता तत्काल सड्ने वस्तु भन्सारमै रोकिएका छन्। नयाँ संविधानको विरोधमा मधेसकेन्द्रित दलले जारी राखेको हडताल र विरोधलाई बहाना बनाएर भारतले […]

२०७२ आश्विन १३ गते, बुधबार

अकोराबको सम्मेलन सम्पन्न

काठमाण्डौ, १३ असोज । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालको बार्षिक साधारणसभा तथा रेडियो सम्मेलन सम्पन्न भएको छ । सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता मजबुद बनाउने प्रतिवद्धता जारी गर्दै गएराती संघले १३ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सो सम्मेलन सम्पन्न भएको छ । जारी नेपालको संविधान २०७२ जारी भएकोमा खुसी व्यक्त गर्दै सभाले त्यसको […]

२०७२ आश्विन १३ गते, बुधबार

देशभर हिन्दी च्यानल प्रशारण बन्द

काठमाडौ , १२ असोज । भारतले अघोषित नाकाबन्दी गर्दै नेपालमाथि गरेको हस्तक्षेपको विरोधमा आजबाट देशभर अनिश्चितकालका लागि हिन्दी च्यानल प्रशारण बन्द हुने भएको छ । केबल टेलिभिजन सञ्चालकहरुले आज बिहान १० बजेबाट देशैभर हिन्दी च्यानलको प्रशारणमा रोक लागउने भएका हुन् । नेपाल केबुल टेलिभिजन महासंघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको हिजो बसेको बैठकले भारतीय हस्तक्षेपको […]

२०७२ आश्विन १२ गते, मंगलवार

आजदेखि सोह्र श्राद्ध

काठमाडौं ,११ असोज । आज आश्विन कृष्ण प्रतिपदा अर्थात् पितृपक्ष , आजवाट सोह्र श्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू […]

२०७२ आश्विन ११ गते, सोमबार

आज तराई बन्द फिर्ता : मधेसी मोर्चा

काठमाडौं, ८ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एक महिनाभन्दा लामो समयदेखि गर्दै आएको तराईका जिल्ला बन्द आह्वान शुक्रबारका लागि फिर्ता लिएको छ । मोर्चाले मुस्लिम समुदायको चाड बकर ईद मनाउन सर्वसाधारणलाई सहज होस् भन्नका लागि एक दिन बन्द फिर्ता लिएको जनाएको छ । मोर्चाले बिहीबार बर्दियामा पत्रकार सम्मेलन गरी शुक्रबार यातायात तथा बजार सुचारु […]

२०७२ आश्विन ८ गते, शुक्रबार

आज बकर इद

काठमाडौं, ८ असोज ।आज बकर इद (इद उलल जोहा) पर्ब इस्लाम धर्मावलम्बी भव्यताका साथ मनाउदै छन । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार […]

२०७२ आश्विन ८ गते, शुक्रबार

बन्द र कर्फ्युले तराईको जनजीवन अस्तव्यस्त

काठमाडौं, ७ असोज । आन्दोलनरत समूहले झन्डै डेढ महिनादेखि लगातार बन्द आह्वान गर्दै आएपछि तराईका जिल्लाको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । बन्दको मार सबैभन्दा बढी सर्वसाधारणलाई परेको छ । त्यसैगरी नजिकिँदो दसैंका कारण यातायात व्यवसायीलाई समेत बन्दको मार परेको छ । विभिन्न संगठनले बन्द जारी राख्दा केही जिल्लामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले […]

२०७२ आश्विन ७ गते, बिहीबार

थारुवानका नेता चौधरी सहित ५८ जनालाई ज्यान मुद्दा

काठमाडौं, ६ असोज । थारुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी सहित ५८ जना बिरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारु र थारु कल्याणकारी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरी बिरुद्ध पनि कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ ।

२०७२ आश्विन ६ गते, बुधबार