समाज

राहतमा कुहिएको चामल

काठमाडौ, ७ जेठ । विश्व खाद्य कार्यक्रम र रेडक्रसले काभ्रे र गोरखामा कुहिएको चामल वितरण गरेपछि राहतका नाममा आएका खाद्यसामग्री तथा औषधिले पिडितको ज्यान नै जोखिममा पर्ने स्थीति देखिएको छ । काभ्रे र गोरखाका मानिसमा तत्काल झाडापखाला लागेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । तत्काल बिरामिको उपचार र त्यस्तो चामल नस्ट गरि खानबाट रोक नलगाएमा […]

२०७२ जेष्ठ ७ गते, बिहीबार

दुर्गम गाविस नपुगी फर्कियो संसदीय टोली

काठमाडौं, ६ जेठ । भूकम्पबाट प्रभावित काभ्रेपलाञ्चोकको विभिन्न गाविसमा पुगेको संसदीय टोली दुर्गम गाविसबाहेक स्थलगत अध्ययन गरेर काठमाडौँ फर्किएको छ । सो संसदीय टोलीले खासगरी भूकम्पबाट बढी प्रभावित जिल्लाको गैरी विसौनादेउपुर, पाँचखाल नगरपालिका, महादेवस्थान, ज्याम्दी, बालुवापाटी, कासीखण्ड दाप्चा नगरपालिकालगायतका गाविसका भूकम्पका पीडितसँग भेटघाट गरी क्षतिका बारेमा जानकारी लिएको काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद गुरागाईंले […]

२०७२ जेष्ठ ६ गते, बुधबार

काठमाडौं महानगरपालिकामा ५० हजार घर भत्काउनुपर्ने

काठमाडाै‌,६ जेठ । काठमाडौं महानगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार करिब ५० हजार घर भत्काउनुपर्ने अवस्थामा छन्। ती घर पूरै नभत्काए जति बेलै भत्केर मानवीय क्षति हुनसक्ने खतरा छ। मानवीय क्षति तथा पूर्ण क्षति रोक्न निवेदनहरू आएको महानगरपालिकाका भौतिक तथा सहरी विकास विभाग प्रमुख उत्तरकुमार रेग्मीले बताए। ‘पाँचतल्ले घर हुनेले तल्ला घटाई दिनुपर्‍यो भनी निवेदन दिन्छन्। कोही टोलीवासीको […]

२०७२ जेष्ठ ६ गते, बुधबार

बस दुर्घटनामा १६ को मृत्यु, ६८ जना घाइते

काठमाडाै‌, ५ जेठ । सोमबार मकवानपुर र डडेल्धुरामा भएको छुट्टाछुट्टै बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउं विकास समिति वडा नम्बर ३ रमनटारमा बस र ट्रक जुध्दा ९ जनाको मृत्यु भएको छ ।६ जनाको घटनास्थलमै र तीन जनाको चितवनस्थित भरतपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु […]

२०७२ जेष्ठ ५ गते, मंगलवार

सिंगटीमा शव बुझ्ने आफन्त भएनन

काठमाडौं, ४ जेठ । दोलखाको उत्तरी १८ गाउं विकास समितिको केन्द्र सिंगटी बजार यतिबेला बिरानो बनेको छ ।बैशाख २९ गतेको शक्तिशाली भूकम्प पछि क्षत–विक्षत भएको सिंगटीमा भूकम्पबाट मृत्यु भएका मानिसको शव पहिचान गरेर बुझ्ने आफन्त समेत नहुंदा थप समस्यामा परेको छ । सिंगटीको बसपार्क क्षेत्रमा भूकम्पबाट पहिरो गई अझै धेरै मानिस पुरिएको आशंका उद्धार टोलीले […]

२०७२ जेष्ठ ४ गते, सोमबार

सशस्त्र प्रहरीको ‘हात बढाऊ, साथी जोगाऊ’ कार्यक्रम

काठमाडौँ, ३ जेठ । सशस्त्र प्रहरी बलले भूकम्पबाट घरबारविहीन आफ्ना सशस्त्र प्रहरी कर्मचारीको पुनर्वासका लागि रु ४० करोडभन्दा बढीको एकमुष्ट कल्याणकारी योजना घोषणा गरेको छ । भूकम्पले क्षति व्यहोरेका सशस्त्र प्रहरी कर्मचारीलाई सहयोग पु¥याउन बलले ल्याएको सो नवीन योजनालाई ‘हात बढाऊ, साथी जोगाऊ’ कार्यक्रम नाम दिइएको छ । सो कार्यक्रमका लागि सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीले […]

२०७२ जेष्ठ ३ गते, आईतवार

भूकम्पपीडितको सहयोगका लागि एकजुट होउ : मुन

काठमाडौं, ३ जेठ । संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले नेपालका भूकम्पपीडितले ८० लाख नेपालीको पहिचान गुमाउने गरी भूकम्प झेलेका नेपालीहरुलाई सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई एकजुट हुन पुन अपील गरेका छन् ।राष्ट्रसंघीय बिशेष महासभालाई सम्बोधन गर्दै बान कि मुनले बिनाशकारी भूकम्पबाट प्रभावित नेपाल र नेपालीलाई दीर्घकालिन र दिगो पुन निर्माणमा लगानी जुटाउन अपरिहार्य रहेको […]

२०७२ जेष्ठ ३ गते, आईतवार

आजै ८ पटक पराकम्पन, पछिल्लो पराकम्पन ५.५ रेक्टर स्केलको

काठमाडौं, २ जेठ । आज बिहानदेखि अहिले सम्म ८ पटक भूकम्पका पराकम्पन आएको छ भने पछिल्लो पराकम्पन ५.५ रेक्टर स्केलको रहेको बताइएको छ ।बैशाख १२गते गएको शक्तिशाली भूकम्पपछि पराकम्पन जानेक्रम अझै रोकिएको छैन ।पछिल्लोपटक अहिले साझ५ बजेर १९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको पराकम्पन गएको छ । शनिबारमात्रै ४ रेक्टर स्केल माथिका ८ […]

२०७२ जेष्ठ २ गते, शनिबार

“राहत अन्यत्रै दिए हुन्छ, भग्नावशेष हटाइयोस्”

काठमाडौं , २ जेठ । ललितपुरको बुङ्मती, खोकनालगायत स्थानमा भत्किएका संरचना हटाउने काम नै यतिखेर प्रमुख समस्याका रुपमा रहेको छ । सरकार तथा निजी सङ्घसंस्थाले उपलब्ध गराएको राहत र त्रिपालमुनिको बासले तत्कालका लागि समस्या समाधान गरे पनि भत्किएका भग्नावशेष हटाउनका लागि कुनै पनि पहल र प्रयत्न नहुँदा स्थानीयवासी चिन्तामा परेका छन् । सरकारले लगत सङ्कलनपछि […]

२०७२ जेष्ठ २ गते, शनिबार

भक्तपुरमा सरसफाई गर्दै मुख्य सचिव

काठमाडौं, २ जेष्ठ । भूकम्पबाट क्षतिग्रस्त भएको भक्तपुरका विभिन्न स्थानको सरसफाईमा मुख्य सचिव लीलामणी पौडेलको नेतृत्वमा टोलि खटिएको छ । भूकम्पपछि बागमती सरसफाई रोकेर मुख्य सचिव पौडेलको निर्देशनमा भूकम्प प्रभावित क्षेत्र भत्किएका संरचनाहरु हटाउने र सरसफाई गर्ने अभियान अन्तर्गत शनिबार दोस्रो हप्ता पनि भक्तपुरको सरसफाई गरिएको हो । गएको शनिबारदेखि सुरु भएको यो अभियान अन्तर्गत […]

२०७२ जेष्ठ २ गते, शनिबार