समाज

प्रेस काउन्सिलद्वारा अनुदानमा सञ्चार सामग्री खरिद गर्न आवेदन माग

काठमाडौँ । प्रेस काउन्सिल नेपालले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार एवं सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको छ । प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार तथा सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको हो ।काउन्सिलले आज एक सूचना प्रकाशित गरी काउन्सिलको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार मोफसलमा रहेका […]

२०८१ मंसिर ११ गते, मंगलवार

सामाजिक सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । मङ्सिर ११ गते,सामाजिक सुरक्षा दिवस । २०७५ सालदेखि हरेक वर्ष मङ्सिर ११ गते यो दिवस मनाइँदै आएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन कोषले जनाएको छ ।कोषले आजको कार्यक्रममा टिकटक प्रतियोगिताका विजेता […]

२०८१ मंसिर ११ गते, मंगलवार

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काठमाडौँ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । हिंसारहित समाज निर्माणको उद्देश्यसहित १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको छ ।नेपाल सरकारले हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर […]

२०८१ मंसिर १० गते, सोमबार

प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह

काठमाडौँ । वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । विभागले काठमाडौं उपत्यकालगायत स्थानमा वायु प्रदूषण बढेपछि सो आग्रह गरेको हो ।विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । विभागका अनुसार, वायु प्रदूषणको मुख्य कारणको रुपमा उद्योग कलकारखाना र सवारी साधनबाट निकाष्सन हुने धुवाँ, वन डढेलो, खुला […]

२०८१ मंसिर १० गते, सोमबार

धरहरा चढ्न पैसा तिर्नु पर्ने !

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेसंगै आजदेखि पैसा तिरेर मात्र धरहरा चढ्न पाइने छ । धरहरा चढ्नका लागि अबदेखि दुई सय रुपैयाँ तिर्नु पर्ने भएको छ। सरकारले धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लगाएको छ ।धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, […]

२०८१ मंसिर ९ गते, आईतवार

जिल्ला अदालत चितवनद्वारा रविसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ। जिल्ला अदालत चितवनले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध […]

२०८१ मंसिर ८ गते, शनिबार

काठमाडौँ प्लाजामा निःशुल्क पार्किङ

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै कमलादीस्थित काठमाडौं प्लाजामा निःशुल्क पार्किङ गर्न पाइने जनाएको छ । महानगरपालिकाले आज साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो । यो सुविधाले कमलादी, कमलपोखरी, पुतलीसडक, दरबारमार्ग ती क्षेत्र आसपासको सवारी साधन पार्किङ सहज हुने विश्वास […]

२०८१ मंसिर ७ गते, शुक्रबार

२ किलो सुनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ परेको बताए ।उनका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले […]

२०८१ मंसिर ७ गते, शुक्रबार

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

काठमाडौँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्ष अघि सम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गथ्र्ये । “मुस्ताङ मात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो”, उनले भने, “आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ […]

२०८१ मंसिर ७ गते, शुक्रबार

गुप्त एजेन्ट हुँ भन्दै रकम माग गर्ने डाक्टर पक्राउ

काठमाडौँ । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा. आशिष दाहाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी […]

२०८१ मंसिर ६ गते, बिहीबार