समाज

स्याउ टिप्न समयतालिका

काठमाडौँ । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र कृषकको बैठकले मुस्ताङको स्याउ टिप्न समयतालिका तोकेको छ । मुस्ताङका प्रमुख स्याउहरु उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते, रिङरोट जातको स्याउ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र […]

२०८१ भाद्र ७ गते, शुक्रबार

कर्णाली राजमार्ग अवरूद्ध

काठमाडौँ । सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले कर्णाली राजमार्ग अवरुद्ध भएको जानकारी दिएका छन । उनले सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको बताए ।सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको […]

२०८१ भाद्र ५ गते, बुधबार

मतया पर्व मनाइँदै

काठमाडौँ । न्याकु जात्रा मतयाः सञ्चालन मूल समारोह समितिले आज बिहान ४ बजेदेखि मतयाः अर्थात् दिपयात्रा शुरु भएको जनाएको छ। ८५० वर्षअघिदेखि गाईजात्राको भोलिपल्ट अर्थात भाद्रकृष्ण द्वितीयामा हुने यो जात्रामा बौद्ध एवं हिन्दुधर्मावलम्बीले ललितपुर पाटन क्षेका चार दिशमा रहेका चार अशोक स्तुपासहित विहार, महाविहार, चैत्य र देवालयको पैदलयात्रा गरी परिक्रमा गर्छन्।दिवंगत आफन्तजनको आत्म शान्तिको कामना […]

२०८१ भाद्र ५ गते, बुधबार

गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदैछ । आज भाद्र कृष्ण प्रतिपदा अर्थात् गाईजात्रा पर्व । आजदेखि अष्टमीसम्म गाईजात्रा मनाइन्छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व मानिन्छ । गाईजात्रामा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । […]

२०८१ भाद्र ४ गते, मंगलवार

राष्ट्रिय सूचना दिवस मनाइँदै

काठमाडौँ । आज १८औँ राष्ट्रिय सूचना दिवस । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको छ ।आज देशभर सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। सूचना दिवसका अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन अझ प्रभावकारी बनाउँदै लैजान आवश्यक रहेको समेत बताए।प्रमुख सूचना आयुक्त गुरुङले […]

२०८१ भाद्र ३ गते, सोमबार

आज देशैभर भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशैभर भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।महाशाखाले सबै प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको […]

२०८१ भाद्र ३ गते, सोमबार

आज जनै पुर्णिमा र रक्षाबन्धन

काठमाडौँ । आज साउन शुक्ल पूर्णिमा, रक्षाबन्धन, जनै पूर्णिमा ऋषितर्पणी पर्व। आज रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भिड लागेको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने […]

२०८१ भाद्र ३ गते, सोमबार

विपद्‍मा परी हालसम्म १८१ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी १ सय ८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, […]

२०८१ भाद्र २ गते, आईतवार

आज मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानेको छ। आज बिहान देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।आज दिउँसो […]

२०८१ भाद्र २ गते, आईतवार

१३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको जनाएको छ । मन्त्रालयले देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको जनाएको छ ।गत आर्थिक वर्ष साउनसम्म करिब ९० प्रतिशत मात्र रोपाइँ भएकामा चालु आर्थिक […]

२०८१ भाद्र १ गते, शनिबार