खेल

युरो २०२५ को ‘ड्र’ सार्वजनिक

काठमाडौँ । स्वीट्जरल्याण्डमा अर्को वर्ष हुने युरो २०२५ को समूह विभाजन भएको छ। सार्वजनिक ड्रमा फ्रान्स र नेदरल्यान्ड्स रहेको समूहमा इङ्गल्यान्ड र वेल्स परेका छन्। सोमबार सार्वजनिक भएको ड्रको समूह ‘ए’मा स्वीट्जरल्याण्ड, नर्वे, आयसल्यान्ड र फिनल्यान्ड छन्। यसैगरी समूह ‘बी’मा स्पेन, पोर्चुगल, बेल्जियम र इटाली छन्। समूह ‘सी’मा जर्मनी, पोल्यान्ड, डेनमार्क र स्विडेन छन्। समूह […]

२०८१ पुष २ गते, मंगलवार

एसिसी यू-१९ महिला एसिया कप: नेपालद्वारा पाकिस्तान पराजित

काठमाडौँ । एसिसी यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ । मलेसियाको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १०५ रनको लक्ष्य दिएकोमा नेपालले उक्त लक्ष्य १ ओभर बाँकी छँदै पूरा गरेको हो ।नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक अवितिज ४७ रन बनाइन् । […]

२०८१ पुष १ गते, सोमबार

सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने

काठमाडौँ । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुनेछ । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८-देशीय विश्वकप हुनेछ ।साउदी अरेबियाका पाँच आयोजक शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा खेलहरू खेलाइने एजन्सीले जनाएको छ । ९२ हजार दर्शक क्षमता भएको रियादको […]

२०८१ मंसिर २७ गते, बिहीबार

जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्समाथि सहज जितका साथ सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । बुधवारको पहिलो खेलमा जनकपुरलाई ७२ रनले हराउँदै सुदूरपश्चिम लिगको शीर्ष स्थानमा उक्लिएको हो । सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुरले १२.१ ओभरमा अल आउट हुदै ५१ रन मात्र जोड्न सक्यो । यो एनपिएलमा बनेको […]

२०८१ मंसिर २६ गते, बुधबार

नेपाल प्रिमियर लिग : काठमाडौंद्वारा कर्णाली पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गत आज त्रि.वि. क्रिकेट स्टेडियममा भएको खेलमा काठमाडौं गुर्खाजले कर्णालीलाई ३ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै शिखर धवनको ७२ रनको योगदानमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती दिएको थियो ।कर्णालीका लागि नटआउट रहेका शिखरले ५२ बलमा ७२ रनको शानदार पारी खेलेका थिए । तर काठमाडौंका करण केसीको विस्फोट […]

२०८१ मंसिर १९ गते, बुधबार

फुटबल खेलका क्रममा भागदौड : ५६ जनाको मृत्यु

काठमाडौँ । अफ्रिकी देश गिनीको दोस्रो ठूलो शहर जेरेकोरमा फुटबल खेलका क्रममा भागदौड हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ । तर, धेरैले मृत्यु हुनेको संख्या १०० हुन सक्ने अनुमान गरेको बीबीसीले जनाएको छ । केही रिपोर्टहरूका अनुसार यो घटना रेफ्रीको निर्णयपछि भएको हो । पाहुना टोली लाबेका दुई खेलाडीलाई रेफ्रीले रातो कार्ड देखाएर मैदान […]

२०८१ मंसिर १८ गते, मंगलवार

एनपीएलमा बेटिङ खेलाएको आरोपमा ४ जना पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । सीआईबीका एआईजी दीपक थापाका अनुसार सोमबार दुई जना र मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको छ । एआईजी थापाले भने – ‘हिजो पक्राउ परेका दुई जना भारतीय हुन् । आज पक्राउ परेका […]

२०८१ मंसिर १८ गते, मंगलवार

ब्लाइण्ड टी२० विश्वकप :नेपाल पाकिस्तानसँग भिड्दै

काठमाडौँ । ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज सेमिफाइनल खेल खेल्दै छ । मुल्तानमा हुने पहिलो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्न लागेको हो । खेल बिहान पौनेे १० बजेदेखि सुरू हुनेछ ।नेपालले लिग चरणमा दुई जित र तीन हारसहित ४ अंक र भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान […]

२०८१ मंसिर १६ गते, आईतवार

एनपिएलको विजेतालाई १ करोड ११ लाख पुरस्कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिमले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले उद्घाटन खेलसँगै आज सो पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् । नेपाली खेलकुद इतिहासमा यो […]

२०८१ मंसिर १५ गते, शनिबार

नेपाल प्रिमियर लिग सुरु हुँदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी २० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।एनपीएल–फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ सुरु हुन लागेको प्रतियोगिताको आज टीयू मैदानमा औपचारिक उद्घाटन हुँदैछ ।उद्घाटन लगत्तै एनपीएलको […]

२०८१ मंसिर १५ गते, शनिबार