खेल

खेलकुद जीवन, समाज देशलाई जोड्ने महत्वपुर्ण कडी

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले खेलकुद जीवन, समाज र देशलाई एकतावद्ध बनाईराख्ने महत्वपुर्ण कडी भएको बताएका छन्। सोमबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ सेन्टरमा नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा आयोजित वीरजङ्ग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले खेलकुद जीवन, समाज […]

२०८० आश्विन २२ गते, सोमबार

वीरजङ्ग स्मृति खुल्ला पुरुष भलिबल:४ टिम सेमिफाईनलमा

काठमाडौँ । नेपाल गणतान्त्रिक खेलकुद महासंघ र लालिगुरास युवा क्लव रोल्पाद्वारा आयोेजनामा गरेको वीरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता आज सेमिफाइनलमा पुगेको छ ।काठमाडौँ नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट ट्रेनिङ सेन्टरमा असोज १८ गतेदेखि २२ गतेसम्म सञ्चालन भइरहेको भलिबल प्रतियोगितामा प्रतिस्पर्धी ९ टिम मध्ये ४ टिम सेमिफाईनलमा पुगेको आयोजकले जनाएको छ । भलिबल प्रतियोगिता सुचना तथा […]

२०८० आश्विन २१ गते, आईतवार

१९औं एसियाली खेलकुद : समापन समारोहमा एरिकाले नपालको झण्डा बोक्ने

काठमाडौँ। नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहा नेपालको झण्डा बोक्ने भएकी छन् । हान्झाउमा जारी एसियाडको समापन समारोह आइतबार हुँदैछ । त्यस समारोहको मार्चपासमा नेपालको झण्डा एरिकाले बोक्नेछिन् ।नेपाल ओलम्पिक कमिटी र सेभ दि मिसनले एरिकालाई झण्डा बोक्न दिने निर्णय गरेको हो । एसियाडको १५औं दिन […]

२०८० आश्विन २१ गते, आईतवार

१९ औं एसियाली खेलकुद :कबड्डीमा नेपाललाई कास्य पदक

काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुदको महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ६१–१७ ले पराजित भएको छ । योसँगै नेपाल कास्य पदकमा सीमित हुनु परेको छ भने भारत फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणको पहिलो खेलमा बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । पहिलो हाफमा […]

२०८० आश्विन १९ गते, शुक्रबार

विश्वकप २०३० : ६ देश आयोजक

काठमाडौँ । फिफा काउन्सिलले सन् २०३० को विश्वकप ६ देशले आयोजना गर्ने निर्णय गरेको छ । फिफा काउन्सिलको निर्णय अनुसार मोरोक्को, पोर्चुगल र स्पेन सन् २०३० को प्रतियोगिताको मुख्य आयोजक रहने छन् । त्यस्तै युरुग्वे, अर्जेन्टिना र पाराग्वे पनि विश्वकपको आयोजक रहने छ । यो आफैमा पनि अनौठो हो किनभने आयोजक नै ३ महादेशका हुने […]

२०८० आश्विन १८ गते, बिहीबार

एक दिवसिय विश्वकप क्रिकेट सुरु हुँदै

काठमाडौँ । भारतमा एक दिवसिय विश्वकप क्रिकेट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । गुजरातको अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार बिहीबार दिउसो सवा दुई बजे यो खेल सुरु हुनेछ ।एक दिवसिय विश्वकप क्रिकेटको यो संस्करणमा १० टोली सहभागि छन् । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफ्गानिस्तान, इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण […]

२०८० आश्विन १८ गते, बिहीबार

‘वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा

काठमाडौँ । नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्दले वीरजङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएका छन । महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले सो जानकारी दिएका हुन् । उनले प्रतियोगितामा नौ वटा टिमले सहभागी हुनेसमेत बताए ।यसैगरी , सोही पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष अनिलकुमार पुन मगरले राष्ट्रिय खेलकुद […]

२०८० आश्विन १७ गते, बुधबार

१९औं एसियाली खेलकुद: महिला कबड्डीमा नेपालद्धारा बंगलादेश पराजित

काठमाडौं । चिनमा जारी १९ औं एसियन गेम्सको महिला कबड्डीमा नेपालले पहिलो खेल जितेको छ । आज बिहान भएको समुह ‘बि’ को पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले हराएको हो । नेपालले अब दोस्रो खेलमा मंगलबार इरानको सामना गर्नेछ । एसियन गेम्सको महिला कबड्डीतर्फ समुह ‘बि’ मा नेपाल, बंगलादेश र इरान छन्भने समुह ‘ए’ मा […]

२०८० आश्विन १५ गते, सोमबार

नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ । नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिनको ह्याङचाउस्थित जेझियाङ विश्वविद्यालयको खेल मैदानमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो । नेपालको लागि कप्तान रोहित कुमार […]

२०८० आश्विन १४ गते, आईतवार

१९औं एसियाली खेलकुद: नेपाल हालसम्म पदकविहीन

काठमाडौँ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको […]

२०८० आश्विन १२ गते, शुक्रबार