खेल

महिला विश्वकप फुटबल सुरु हुँदै

काठमाडौं । आजवाट महिला विश्वकप फुटबलको नवौं संस्करण अष्ट्रेलिया र न्युजिल्याण्डमा सुरु हुँदैछ । ३२ राष्ट्र सहभागि विश्वकपको उद्घाटन खेलमा बिहीबार न्युजिल्याण्डले नर्वेसँग खेल्दा अष्ट्रेलियाको भिडन्त रिपब्लीक अफ आयरल्याण्डसँग हुनेछ । प्रतियोगिताको समुह ‘ए’ मा न्युजिल्याण्ड, नर्वे, फिलिपिन्स र स्विट्जरल्याण्ड छन् भने समुह ‘बि’ मा अष्ट्रेलिया, क्यानाडा, नाइजेरिया र आयरल्याण्ड रहेका छन् । यसैगरि समुह […]

२०८० श्रावण ४ गते, बिहीबार

एसीसी इमर्जिङ कप : नेपाल र यूएई भिड्दै

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) ‘ए’बीच प्रतिस्पर्धा हुँदै छ । खेल श्रीलङ्काको कोलम्बोस्थित पिसारा ओभल स्टेडियममा नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र युएई दुवै समूह चरणबाट बाहिरी सकेका छन् । प्रतिष्ठाका लागि दुवै टोली […]

२०८० श्रावण ३ गते, बुधबार

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपाल भारत ‘ए’ सँग खेल्दै

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’ सँग खेल्दैछ । श्रीलंकामा जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । कोलोम्बोस्थित आर प्रेमदासा रंगशालामा दिउँसो २ बजे सुरु हुने खेल ‘डे–नाइट’ अर्थात दिवा तथा रात्रिकालिन हुनेछ । नेपाली टोलीले यस खेलका लागि आइतबार रात्रीकालिन अभ्यास गरेको थियो । समूह ‘बी’ मा […]

२०८० श्रावण १ गते, सोमबार

एसीसी अण्डर सिक्सटिन इस्ट जोन कपको फाइनल खेल हुँदै

काठमाडौं । एसीसी अण्डर सिक्सटिन ईस्ट जोन कप क्रिकेटको फाइनलमा मंगलबार नेपाल र मलेसिया भिड्दैछन् । समुह चरणको खेलमा मलेसियामाथि फराकिलो जित निकालेको नेपाल मंगलबार सोही लय दोहोर्याउदै उपाधि जित्न चाहन्छ । मलेसिया पनि आफ्नै देशमा नेपाललाई हराउँदै उपाधि जित्ने योजनामा रहेको छ । सोमबार भएको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको […]

२०८० असार १९ गते, मंगलवार

साफ च्याम्पियनसिप फुटबल : आज सेमिफाइनल

काठमाडौं । आज साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका खेल हुँदैछ । पहिलो सेमिफाइनलमा कुवेत र बंगलादेश दिउँसो सवाँ ३ बजे खेल्नेछन् । अर्को खेलमा पौने ८ बजे लेबनान र भारत खेल्नेछन् । समूह ए बाट कुवेत समूह विजेता र भारत उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरेका थिए । समूह बी बाट लेबनान र बंगलादेश क्रमश समूह […]

२०८० असार १६ गते, शनिबार

क्यानको केन्द्रीय निर्वाचन असोजमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचन असोजमा हुने भएको छ । शुक्रबार बसेको बोर्ड बैठकले निर्वाचन कार्यतालिका टुंगो लगाएको हो । बैठकले जिल्ला,प्रदेश र केन्द्रको चुनावी अधिवेशनको मिति तय गरेको छ । जस अनुसार साउन मसान्त भित्र क्यान अन्तर्गत रहेका जिल्लामा अधिवेशन हुनेछ ।यसैगरी भदौ १० भित्र सातै प्रदेशको अधिवेशन हुनेछ । […]

२०८० असार १६ गते, शनिबार

साफ च्याम्पियनसिप फुटबल: नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । भारतमा जारी १४ औ साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र पाकिस्तान भिड्दैछन् । यो खेल बैंग्लारको श्री कान्तिराभा रंगशालामा अपरानह पौने ४ बजे सुरु हुनेछ । प्रतियोगिताको समुह चरणबाटै बाहिरिसकेका नेपाल र पाकिस्तानको लागि मंगलबारको खेल प्रतिष्ठाको लडाइ बनेको छ । दुबै टोली सान्तोना जितसहित साफ च्याम्पियनसिप टुंग्याउन चाहन्छन् । प्रतियोगिताको पहिलो खेलमा […]

२०८० असार १२ गते, मंगलवार

प्रधानमन्त्री कप राष्ट्रिय भलिबल असार २३ गतेदेखि

काठमाडौं । नेपाल भलिबल संघले सातौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार २३ गतेदेखि काठमाडौंमा सुरु हुने जनाएको छ । संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता असार २३ देखि ३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो । प्रतियोगितामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका […]

२०८० असार ११ गते, सोमबार

आईसीसी विश्वकप : नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । जिम्बावेमा नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट सुरु हुदैछ । नेपाल र नेदरल्यान्ड्स दुवैले १–१ खेलमा विजय हात पारेका छन् । नेदरल्यान्ड्सले थप एक खेल खेल्न बाँकी छ भने नेपालको समूह चरणको आजको खेल […]

२०८० असार ९ गते, शनिबार

साफ च्याम्पियनसिपको १४औँ संस्करण : नेपाल र कुवेतबीच खेल हुँदै

काठमाडौँ । आजदेखि साफ च्याम्पियनसिपको १४औँ संस्करण भारतको बेंग्लोरमा हुँदैछ । पहिलो खेलमा आज नेपालले आमन्त्रित टिम कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल बेंग्लोरको श्री कान्तिरभा स्टेडियममा अपराह्न ३ः४५ बजे सुरु हुनेछ । साविकको उपविजेतासमेत रहेको नेपालले उद्घाटन खेलमै बलियो कुवेतको चुनौती पाएको हो । नेपालले साफ तयारीका लागि छोटो समय पाएको थियो […]

२०८० असार ६ गते, बुधबार