पर्यटन

लेकसाइड क्षेत्रमा सवारी निषेध गर्न माग

काठमाडौं, १ मंसिर । पर्यटकीय केन्द्र लेकसाइडलाई सवारी साधनमुक्त क्षेत्र बनाउन व्यवसायीले माग गरेका छन् । काठमाडौंको ठमेलमा गरिएको गाडी आउजाउ निषेध असफल हुन लाग्दा यहाँका व्यवसायी भने भेहिकल फ्री जोनको पक्षमा देखिएका छन् । फेवाताल किनारका बाराही घाट, हल्लनचोक लगायत ठाउँमा अव्यवस्थित पार्किङ र ट्राफिक जाम बढ्दा पर्यटक ध्वनि र वायु प्रदूषणको सिकार बनेको […]

२०७४ मंसिर १ गते, शुक्रबार

बालाचतुर्दशीको तयारी पूरा

काठमाडौं, २८ कात्तिक । पशुपति क्षेत्र विकास कोषले आगामी बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोषले कात्तिक ३० गते बिहीबार साँझ दिवंगत आत्मा एवम् पितृको सम्झनामा रातिभर दीप प्रज्वलत गरी भोलिपल्ट मंसिर १ गते शुक्रबार सतविजारोपण गर्ने बालाचतुर्दशी पर्वलाई व्यवस्थित बनाउने गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । कोषले आज […]

२०७४ कार्तिक २८ गते, मंगलवार

ताप्लेजुङमा नयाँ पर्यटकीय गन्तव्य

काठमाडौं, २५ कात्तिक । इलामको चिया पर्यटन जस्तै पर्यटकीय जिल्ला ताप्लेजुङमा अलैँची पर्यटनको नयाँ गन्तव्य प्रवद्र्धनका लागि व्यावसायिक पहल थालिएको छ । चर्चित कञ्चनजंघा हिमाल (८५८६ मिटर) सँगै भौगोलिक विविधताको अनुपम उदाहरणका रुपमा रहेको ताप्लेजुङ मुख्य नगदेबाली अलैँचीको जिल्लाका रुपमा चिनिन्छ । कञ्चनजंघा हिमाल आरोहण तथा पदयात्रामा जाने पर्यटकको बसाइँ लम्ब्याउन अलैँची पदमार्गमार्फत ट्रेकिङ एजेन्सिज […]

२०७४ कार्तिक २५ गते, शनिबार

निकुञ्जमा बसेर चित्र कोर्दै

काठमाडौं, २३ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राकृतिक दृश्यलाई चित्रमा उतारेर प्रचारप्रसार गर्ने प्रयास सुरु भएको छ । नेपाल सहित तीन देशका कलाकार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वस्तीका विभिन्न दृष्यलाई चित्रमा उतार्न व्यस्त छन् । चित्रकलाको माध्यमबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि स्वदेशी विदेशी कलाकारले चित्र बनाएका हुन् । आरक्ष किनारको शुक्लाफाँटा […]

२०७४ कार्तिक २३ गते, बिहीबार

जहाज पार्किङस्थल निर्माणमा लापरबाही

काठमाडौ, २२ कान्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अस्थायी पार्किङस्थल निर्माणमा चरम लापरबाही भएको पाइएको छ। विमानस्थल कार्यालय अन्तर्गत रहेको विमानस्थल सञ्चालन शाखाको अनुरोधमा निर्माण भएको अस्थायी पार्किङमा जहाज राख्नासाथ पिच (कालोपत्रे) भत्कने गरेको छ। पिच पटकपटक भत्कन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारी बोलाएर छलफल समेत गरिसकेको छ। एक पटक जहाज पार्किङ गरेर […]

२०७४ कार्तिक २२ गते, बुधबार

मूलघाट- चतरा र्‍याफ्टिङ सुरु

काठमाडौं, १९ कात्तिक । तमोर नदीमा पुन र्‍याफ्टिङ सुरु भएको छ । बोटको सहारामा पानीमाथि तैरँदै गरिने साहसिक खेल र्‍याफ्टिङ धनकुटाको मूलघाटबाट सुनसरीको चतरासम्म सुरु गरिएको हो । चार वर्ष अघिबाट तमोर नदीमा यो खेल सुरु गरिए पनि बर्षातको समयमा बन्द हुने गरको छ । धनकुटाको मूलघाटदेखि सुनसरीको चतराघाटसम्मको ३४ किलोमिटरको यो यात्रा निकै रोमाञ्चक […]

२०७४ कार्तिक १९ गते, आईतवार

चीन पठाउने गैँडाका लागि निकुञ्जमा ‘बुमा’ बनाउन शुरु

काठमाडौं, १७ कात्तिक । चीनमा पठाउने दुर्लभ एकसिंगे गैँडा राख्नका लागि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहामा ‘बुमा’ (गैँडा राख्ने विशेष स्थान) को निर्माण शुरु भएको छ । सौराहाको निकुञ्ज कार्यालयसँगै जोडिएको जंगलमा बुमा निर्माण गर्न थालिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । सौराहा नजिकै जंगलमा ३० मिटर लम्बाइ र […]

२०७४ कार्तिक १७ गते, शुक्रबार

मुक्तिनाथमा दर्शनार्थीको घुईचो

काठमाडौ, १३ कार्तिक । मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको ओईरो लागेको छ । मुक्तिनाथ विकास समितिको चन्दा संकलनमा कार्यरत कर्मचारी नवराज सुवेदीले दैनिक करिव ३ सयको संख्यामा तिर्थालु आउने गरेको जानकारी दिए । मुक्तिनाथ पुग्ने धेरैजसो आन्तरिक पर्यटक छन् । अस्थायी जिल्ला ट्राफिक कार्यालय मुस्ताङले दिनहुँ करिव सयभन्दा बढी सवारी मुस्ताङ भित्रने गरेको बताएको छ । बिदाको […]

२०७४ कार्तिक १३ गते, सोमबार

४० बर्षपछि जरायो नाच

काठमाडौं, ९ कात्तिक । रसुवा संरक्षण तथा सांस्कृतिक कला समुह धुन्चेले चार दशकपछि जरायो नाच देखाएको छ । संरक्षणको अभावमा लोप हुन लागेको संस्कृतिलाई सदरमुकाम धुन्चेमा रहेका तामाङ समुदायले एक जुट भई नाच देखाएका हुन् । जरायो नाच अहिले युवाहरुको सकृयतामा ४० वर्षपछि देखाइएको हो । समुहले तामाङ समुदायको चार वटा समुह बनाई नाच प्रस्तुत […]

२०७४ कार्तिक ९ गते, बिहीबार

ठमेलमा यातायातका साधन प्रवेशमा कडाइ

काठमाडौं, कात्तिक ५ । काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नागरिक समाज र स्थानीय क्लबको पहलमा पर्यटकीय नगरी काठमाडौंको ठमेलमा यातायातका साधन प्रवेशमा कडाइ गरिएको छ । ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएर पर्यटक प्रभावित हुन थालेपछि सवारी–साधन प्रवेशमा कडाइ गरिएको हो । पर्यटकको राजधानीकोरुपमा रहेको काठमाडौंको ठमेलमा यातायातका साधनको चाप बढेसँगै त्यस क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या […]

२०७४ कार्तिक ५ गते, आईतवार