पर्यटन

मिथिला–मध्यमा परिक्रमा सम्पन्न

काठमाडौं, २९ फागुन । मिथिला–मध्यमा परिक्रमा सम्पन्न भएको छ । १५ दिनअघि धनुषाको ठेराकचुरी रामजानकी मठबाट निस्किएको मिथिला बिहारीको डोला र रत्न सागर मन्दिरबाट निस्किएको किशोरीजीको डोला नेपाल–भारतको १ सय ३३ किलोमिटर लामो दूरीको पैदल यात्रा गरी जनकपुर नगरको अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको हो । आदीकालदेखि शुरु भएको मिथिला–मध्यमा परिक्रमा स्थानीय मठमन्दिर, संघसंस्था र […]

२०७३ फाल्गुन २९ गते, आईतवार

पाथिभर क्षेत्रमा एक फुटसम्म हिउँ

काठमाडौ २८ फागुन । हिजो साँझदेखि परेको वर्षासँगै ताप्लेजुङको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । कञ्चनजंघा हिमालको मूख्य मार्गमा पर्ने घुन्सा, खम्बाछेन लोनार्क, अम्जिलेसालगायतका ठाउँमा पनि भारी हिमपात भएको छ भने ओलाङ्चुङ्गोलासहित प्रशिद्ध तीर्थस्थल पाथिभरा क्षेत्रमा पनि एक फीटसम्म हिउँ परेको स्थानीयले बताएका छन् । पाथिभरा क्षेत्रमा शुक्रबार दिउँसो चार बजेबाट परेको हिमपात अझै […]

२०७३ फाल्गुन २८ गते, शनिबार

नमस्ते झरनाबाट पर्यटकीय पदमार्ग

काठमाडौँ, २६ फागुन । धनकुटाको भेडेटारस्थित नमस्ते झरनाबाट पर्यटकीय पदमार्ग निर्माण हुने भएको छ । नमस्ते झरनाबाट काम्फेक, नाम्जे र आत्माघर जोड्ने पदमार्ग निर्माण गर्न लागिएको हो । पर्यटन कार्यालय बिर्तामोडको करिब २४ लाख रुपैयाँको लागतमा तीन किलोमिटर लामो पदमार्ग निर्माण भइरहेको छ । धनकुटाको भेडेटार, नाम्जे, नमस्ते झरना र साँगुरीगढी पर्यटकीय शृङ्खलामा पुग्ने आन्तरिक […]

२०७३ फाल्गुन २६ गते, बिहीबार

गलेश्वरधाममा भक्तजनको चहलपहल

काठमाडौ , १३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको चहलपहल सुरु भएको छ । मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आउन थालेपछि भक्तजनको भीड लाग्न थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए । उनले बिहान ५ बजेदेखि […]

२०७३ फाल्गुन १३ गते, शुक्रबार

भोलि महाशिवरात्रि , बिभिन्न स्थानमा सवारी–साधन प्रवेशमा रोक

काठमाडौं, १२ फागुन । भोलि महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले ९ स्थानबाट चल्ने सवारी–साधन प्रवेशमा रोक लगाएको छ । महाशाखाले चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवीचोकबाट पुरानोबानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखामार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी–कुटुबहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुन्ड तथा मित्रपार्कतर्फ तथा तिलगंगाबाट गौशालातर्फ रोक लगाएको हो । यस्तै, मालबाहक सवारी–साधनलाई […]

२०७३ फाल्गुन १२ गते, बिहीबार

समस्यै समस्यामा जेलिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज

काठमाडौं, १० फागुन । डोल्पा जिल्लामा रहेको नेपालकै सबैभन्दा ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज विभिन्न समस्यामा जेलिएको छ । दिन प्रतिदिन सक्रिय चोरी तस्करीका कारण निकुञ्जको अस्तित्व समेत गुम्नसक्ने खतरा बढेको छ । बढ्दै चोरी तस्करी : पछिल्लो समयमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज चोरी तस्करीको ‘हव’ बन्न थालेको छ । दिन प्रतिदिन दुर्लभ जडीबुटी तस्करी तथा वन्यजन्तु […]

२०७३ फाल्गुन १० गते, मंगलवार

पशुपतिमा महाशिवरात्रिको चहलपहल

काठमाडौं,५ फागुन । पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौ उससमिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । विगत वर्षमा मूल समारोह समिति […]

२०७३ फाल्गुन ५ गते, बिहीबार

संरक्षणको पर्खाइमा ‘दह ताल’

काठमाडौं, ५ फागुन । प्रचारप्रसार र भौतिक पूर्वाधारको कमीका कारण ‘सानो फेवाताल’को नामले चिनिने म्याग्दीको बरङ्जा गाविसस्थित दह ताल ओझेलमा परेको छ । निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा यो ताल ओझेलमा परेको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिक तथा पर्यटकीय महत्वको दह ताल करिब पाँचसय वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । […]

२०७३ फाल्गुन ५ गते, बिहीबार

अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेक्स’मर्मत गरिने

काठमाडौं, ४ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वर्षअघि स्थापित अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेक्स’ मर्मत गरिने भएको छ । गत वर्षको भूकम्पका कारण क्षतिग्रस्त भएका उपकरणका साथै डेक्सलाई गुणस्तरीय र आकर्षक बनाउन विश्व स्वास्थ्य संगठनको रु ३५ लाखको सहयोगमा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हेल्थ डेक्सको मर्मत गरी गुणस्तरीय बनाउन लागिएको हो । अफ्रिकन […]

२०७३ फाल्गुन ४ गते, बुधबार

जोनले चुमे बेमौसममा सगरमाथा शिखर

काठमाडौं,४ फागुन । भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसम हिमाल आरोहणका लागि प्रतिकूल मौसम हो तर यही समयमा स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले सगरमाथाको शिखर चुमेका छन् । उनी मङ्गलबर सगरमाथाको शिखर पुगेका हुन् । प्रेम दिवसका अवसरमा श्रीमान्श्री/मती नै सगरमाथाको शिखरमा पुगेर प्रेम साटासाट गर्ने लक्ष्यका साथ श्रीमती कार्लोसका साथ सगरमाथा आरोहणमा […]

२०७३ फाल्गुन ४ गते, बुधबार