पर्यटन

लुम्बिनीमा पर्यटकको ओईरो

काठमाडौ, ३ वैशाख । नयाँ बर्षको अवसरमा लुम्बिनीमा पुग्ने आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको छ । बैशाख १ र २ मा तीन लाखभन्दा बढी पर्यटक लुम्बिनी पुगेको लुम्बिनी विकास कोषले जनाएको छ । १ गते मात्र एक लाख ६० हजार पर्यटक लुम्बिनी घुमेका थिए । नयाँ बर्षको अवसरमा लुम्बिनी घुम्न पुगेका पर्यटकको संख्या अहिलेसम्मकै उच्च […]

२०७४ बैशाख ३ गते, आईतवार

सगरमाथामा ट्राफिक जाम !

काठमाडौं,२ वैशाख । सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ । सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन् । मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो […]

२०७४ बैशाख २ गते, शनिबार

वन्यजन्तु सप्ताह सुरु

काठमाडौं, १ बैशाख । आजदेखि २२औँ वन्यजन्तु सप्ताह सुरु भएको छ । ‘युवा अग्रसरता: संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नारासहित सुरु भएको कार्यक्रम वैशाख ७ गतेसम्म चल्ने छ । संरक्षणबारे चेतना दिन यसवर्ष साताव्यापी कार्यक्रम सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । यो अवधिमा सरसफाइ, सचेतनामूलक कार्यक्रम, चरा अवलोकन, जङ्गल […]

२०७४ बैशाख १ गते, शुक्रबार

सगरमाथा आरोही भूमिरालाई दुई लाख सहयोग

काठमाडौं, ३१ चैत । सगरमाथा आरोहण गर्न लागेकी भूमिरा गुरुङलाई गुरुङ पर्यटन व्यवसायी संघले २ लाख सहयोग रकम हस्तान्तरण गरेको छ । गुरुङ समुदायमा जन्म लिएर सगरमाथा आरोहण गर्न लागेकी भूमिराको आँट र हिम्मतको सम्मान गर्दै सहयोग गरिएको गुरुङ पर्यटन व्यवसायी संघले जनाएको छ । राजधानीमा एक कार्यक्रम गरी भूमिरालाई रकमसंगै गुरुङ समुदायको झण्डा र […]

२०७३ चैत्र ३१ गते, बिहीबार

बिस्केट जात्रा सुरु

काठमाडौं, २८ चैत । भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको जात्राको बिशेष महत्व रहेको छ । यस वर्ष जात्रामा करिब रु २८ लाख खर्च हुने अनुमान गरिएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले बताए […]

२०७३ चैत्र २८ गते, सोमबार

वैशाख १ गते रुपाकोट महोत्सव

काठमाडौ, २४ चैत । खोटाङ जिल्लाको पर्यटकीयस्थल रुपाकोट डाँडामा प्रथम रुपाकोट महोत्सवको आयोजना गरिने भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते प्रथम रुपाकोट महोत्सवको आयोजना गरिएको हो । रुपाकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जिल्लाको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक जिल्ला समन्वय समिति, खोटाङका स्थानीय विकास […]

२०७३ चैत्र २४ गते, बिहीबार

कम फुल्यो गुराँस, पर्यटकहरु निराश

काठमाडौं,२३ चैत । गुराँसको राजधानी भनेर चिनिने पुर्वमै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले क्षेत्रमा चैतको तेस्रो साता बित्न लाग्दापनि यस बर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्ने बेला कम मात्रै गुराँस फुल्दा पर्यटकहरु निराश बन्न थालेका छन् । फागुन अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो वर्ष […]

२०७३ चैत्र २३ गते, बुधबार

सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु

काठमाडौं,२२ चैत । सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने परम्परा छ । आज दिउँसो जमलको तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइने छ । यस वर्ष राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मच्छिन्द्रनाथ दर्शन गराउने व्यवस्था मिलाइएको छ । रथलाई तानेर असन पुर्‍याएपश्चात राष्ट्रपति भण्डारी […]

२०७३ चैत्र २२ गते, मंगलवार

सुक्न थाल्यो रुद्र ताल

काठमाडौं, २२ चैत । बाग्लुङको पर्यटकीय स्थल गाजादह अर्थात् रुद्र ताल संरक्षण हुन नसक्दा सुक्दै जान थालेको छ । पानीले भरिएर रहने दह पछिल्ला वर्षमा भने क्रमसः सुक्दै जान थालेको हो । दमेक, दुदिलाभाटी र लेखानीको संगमस्थलमा रहेको दह संरक्षणका लागि पञ्चवर्षीय गुरुयोजना बनाइए पनि उचित ढंगले काम हुन नसक्दा दह सुक्न थालेको हो । […]

२०७३ चैत्र २२ गते, मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चितुवा पस्यो

काठमाडौ, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा चितुवा पसेको छ । आज बिहान करिव ८ बजेतिर विमानस्थलभित्र चितुवा पसेको हो । बुद्ध एयरका पाइलटले चितुवा देखेपछि विमानस्थल प्रशासनलाई खबर गरेका थिए । धावनमार्गको मध्य भागमै चितुवा देखिएपछि करिब आधा घन्टा आन्तरिक र बाह्य उडानहरु बन्द गरिएको थियो । अहिले उडानहरु सुचारु गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता […]

२०७३ चैत्र २१ गते, सोमबार