पर्यटन

मनकामनामा प्लास्टिकको झोला निषेध

काठमाडौँ ।प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गोरखाको मनकामना मन्दिरमा प्लास्टिकको झोला प्रयोग गर्न निषेध गरिएको छ । भक्तजनले फूल, अक्षता ल्याउँदा प्लास्टिक बढी प्रयोग गर्दा वातावरण प्रदूषितका साथै मन्दिरवरपर फोहोर बढेको भन्दै मनकामना गाविसले प्लास्टिक निषेध अभियान थालेको जनाएको छ । गाविससचिव नारायण सापकोटाका अनुसार मन्दिर क्षेत्रलाई पूर्ण वातावरणमैत्री बनाउन र स्वच्छ, सफा तथा सुन्दर बनाउन […]

२०७१ फाल्गुन १२ गते, मंगलवार

नेवानि दिल्ली उडान सुरु गर्दै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमले यही फागुन १३ गतेदेखि नयाँ एयरबसबाट दिल्लीमा नियमित उडान सुरु गर्दै छ । गतमाघ ८ गते धुमधामसँग भित्राइएको एयरबस ‘ए३२०–२००’ जहाजको दिल्ली व्यवसायिक उडान गर्न लागेको हो । नेपाली यात्रुलाई ७ हजार ८४ रूपैयाँमा भारतको राजधानी नयाँदिल्ली उडाउने भएको छ । यो करसहित एकतर्फी प्रवद्र्धनात्मक भाडा दर […]

२०७१ फाल्गुन ९ गते, शनिबार

सगरमाथा आरोहणको रुट परिवर्तन हुने

काठमाडौं । हिमपहिरोको जोखिमका कारण सर्वोच्च शिखर सगरमाथाको रुट परिवर्तन हुने भएको छ । गत बर्ष १६ जना शेर्पा भरियाहरुको हिमपहिरोमा मृत्यु भएपछि अर्को महिनाबाट नयाँ रुट लागु गर्ने तयारी गरेको हो । विगत २५ बर्षदेखि लागु हुँदै आएको रुटको परिवर्तनबाट हिमपहिरोको जोखिम कम हुने विश्वास लिइएको छ । आरोहीहरुले अब सुरक्षित मार्ग केन्द्रिय मार्गको […]

२०७१ फाल्गुन ७ गते, बिहीबार

मिथिलाञ्चलको मध्यपरिक्रमा सुरु हुदै

काठमाडौँ, ६ फागुन । धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिलाञ्चलको मध्यपरिक्रमा आजबाट सुरु भएको छ । धनुषा कचुरी गाउँको मिथिल बिहारी मठबाट राम जानकीको डोला सहित जनकपुरधामको रत्नसागर मठ हुँदै बिभिन्न स्थान परिक्रमा गरी जानकी मन्दिरमा ल्याइन्छ । जानकीको डोला र जनकपुरका अन्य मठ मन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा सुरु हुने गर्छ […]

२०७१ फाल्गुन ६ गते, बुधबार

सातसय वर्ष पुरानो गुम्बा जलेर नष्ट

काठमाडौँ, ५ फागुन । उत्तरी गोरखाको सामागाउँ गाविस–६ मा रहेको सात सय वर्ष पुरानो लाप्राङ गुम्बा जलेर नष्ट भएको छ ।गुम्बाभित्र बालेको टुकी ढलेपछि सल्केको आगोले गुम्बा जलेर खरानी भएको स्थानीय बासिन्दा मिङमार छिरिङ लामाले जानकारी दिए ।गएराति करिब ११ बजेतिर गुम्बामा आगो लागेको थियो । स्थानीय बासिन्दाले आज बिहान ३ बजेतिरमात्रै गुम्बा जलेको थाहा […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

मनकामना मन्दिरको जिर्णाेद्धार हुदै

काठमाडौं ।गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको जिर्णोद्धार फागुन मसान्त भित्रमा शुरु गरिने भएको छ । फागुन १५ गते जिर्णाेद्धारका लागि मन्दिरमा क्षमा पुजा गरेर जिर्णाेद्धार कार्य शुरु गर्ने मनकामना मन्दिर जिर्णाेद्धार समितिले जनाएको छ । मन्दिर ६ इन्च दक्षिण पश्चिम दिशातर्फ ढल्किएपछि जगदेखि नै खनेर मन्दिर पूर्ण रुपमा जिर्णोद्धार गर्न लागिएको हो । जिर्णाेद्धारका लागि […]

२०७१ फाल्गुन ४ गते, सोमबार

पशुपतिमा साधुसन्तको कुम्भमेला सुरु

काठमाडौ, ४ फागुन । महाशिवरात्रीका लागि भारतको केदारनाथबाट चार दिनअघि आइपुगेका ७२ वर्षीय ज्ञानपुरी नागाबाबा पशुपतिनाथ मन्दिरलाई साधुसन्तको दरबार ठान्छन् । पशुपतिनाथमा प्रवेश गरेपछि स्वर्गीय आनन्द हुने उनको बुझाइ छ । शिवरात्रीको दुई दिनअघि आइतबार पशुपतिनाथ मन्दिर परिसर साधुसन्त र नागाबाबाले भरिभराउ भएको छ । गत २० वर्षदेखि शिवरात्रीमा लगातार पशुपति आइरहेको बताउने ज्ञानपुरीले भने,‘कही […]

२०७१ फाल्गुन ४ गते, सोमबार

पोखरामा जंगल फेस्टिभल

काठमाडौँ । पर्यटकीय शहर पोखरामा छुट्टै खालको महोत्सवको आयोजना हुने भएको छ । खुल्ला चौर र सडकमा हुने महोत्सवले दर्शकलाई एकनासे मनोरञ्जन प्रदान गरिरहने महोत्सव भन्दा फरक शैलीमा जंगल फेस्टिभलको आयोजना हुन लागेको हो । परिचय नेपालको आयोजनामा फागुनको पहिलो हप्ता पोखराको शान्ति वनबाटिकामा जंगल फेस्टिभल हुने भएको हो । पोखरा र आसपासमा भइरहने मेला […]

२०७१ फाल्गुन २ गते, शनिबार

संरक्षणको पर्खाइमा सिद्धपोखरी

काठमाडौँ ।सङ्खुवासभा जिल्लाको सिद्धपोखरी बजारमा अवस्थित पोखरी संरक्षणको अभावमा अहिले धुलाम्मे, पानीबिनाको खाडल र फोहर फ्याक्ने डम्पिङ साइडको रुपमा परिणत हुँदै गएको छ ।चैनपुर नगरपालिका घोषणासँगै पोखरीबजारको सुन्दर नगरीमा सुन्दर पानीको पोखरी निर्माण गर्ने उद्देश्यका साथ केही वर्षअघि पोखरीमा पानी जम्मा गर्न खनिएको खाडलमा यतिखेर सुख्खा खडेरी परेर माटाका डल्ला, जलकुम्भी झार सुकेको अवस्थामा रहेको […]

२०७१ माघ २७ गते, मंगलवार

‘विश्वकै ठूलो’ शालिग्रामको अस्तित्व संकटमा

काठमाडौं,२३ माघ । नेपालको पर्वत, गुल्मी र स्याङ्जाको सीमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व संकटमा पर्न थालेको छ । गत वषमा कालीगन्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व संकटमा परेको हो ।५ वर्षअघि शालिग्राम परिक्रमा गर्न कालीगन्डकी ‘ए’ जलविद्युत् परियोजनाको सहयोगमा करिब ५० लाख खर्चिएर बनाइएको परिक्रमास्थल गत […]

२०७१ माघ २३ गते, शुक्रबार