पर्यटन

पर्यटनसँग जोडिँदै जटायु रेष्टुरेण्ट

काठमाडौं । प्रकृतिको कुचिकार गिद्धको संरक्षणको उद्देश्यका साथ नवलपरासीको पीठौलीमा सन् २००६ मा स्थापित जटायु रेष्टुरेण्टलाई यतिखेर पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न लागिएको छ। गिद्धका साथै चराहरूको अध्ययन एवं पर्यापर्यटनमा रुची राख्नेका लागि यो स्थान पुग्नै पर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ। लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा नै पहिलोपटक सन् २००६ […]

२०७८ पुष ५ गते, सोमबार

घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल आठौँ स्थानमा

काठमाण्डाै । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाललाई पनि राखेको छ । घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल आठौँ स्थानमा छ । घुम्नका लागि विश्वकै उत्कृष्ट देशको पहिलो नम्बरमा कुक आइल्यान्ड छ । यस्तै दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौँमा स्लोभानिया, […]

२०७८ पुष ४ गते, आईतवार

पर्यटकको पर्खाइमा शङ्ख बज्ने पहरा

काठमाडौं । अक्करे भिरको सिरानमा पहरा छ । गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन् । पितापुर्खाले दिएको नाम हो, त्यो । जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो । जब रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय कस्सिए, त्यो लुकेको पहरा पनि दृश्यमा आयो । रिठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर थापाका […]

२०७८ पुष २ गते, शुक्रबार

भाले गैंडा मृत भेटियो

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका– १६ मा एउटा भाले गैंडा मृत फेला परेको छ । सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जानेबाटो छेउमा करिब १६ वर्षको गैंडा मृत भेटिएको हो । मृत गैडा भेटिएपछि प्राविधिकको टोलीबाट पोष्टमार्टम गरिने र मारिएको या कालगतीले मरेको भनेर पछि थाहा हुने बताईएको छ । […]

२०७८ मंसिर २८ गते, मंगलवार

आज अन्तर्राष्ट्रिय पर्वत दिवस

काठमाडौं । आज ११ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय पर्वत दिवस । संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्त्वमा जोड दिँदै यो दिवस मनाउने गरिएको हो । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ ।पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतयुक्त छ । ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल […]

२०७८ मंसिर २५ गते, शनिबार

आज विवाह पञ्चमी

काठमाडौं । आज मंसिर शुक्ल पञ्चमी अर्थात विवाह पञ्चमी। आज श्रीराम र जानकीको प्रतीकात्मक विवाह गराएर मनाइँदै छ । त्रेतायुगमा आजैको दिन राम–जानकी विवाह भएको सम्झनामा हिन्दू धर्मावलम्बीहरु विवाह पञ्चमी पर्व मनाउने गर्दछन् । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् राम र सीताको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको […]

२०७८ मंसिर २२ गते, बुधबार

बाघ गणना सुरु

काठमाडौं । राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले चितवन राष्ट्रिय निकुन्जको सौराहा सेक्टरबाट बाघ गणना शुरु गरिने जनाइएको छ । बाघ गणना योजनाको नाम राष्ट्रिय बाघ गणना २०२२ राखिएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुन्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाघ रहेका छन् । जसमा सबैभन्दा बढी चितवनमा छन् । गणनाका लागि बाघ […]

२०७८ मंसिर १९ गते, आईतवार

पोखरामा साइड सिन बस सेवा : ६०० रुपैयामा दिनभरी घुम्न पाइने !

काठमाडौं । पोखरामा पर्यटनको लागि वनेरा साइड सिन बस चल्न थालेको छ । ६०० रुपैयामा दिनभरी पोखराको सबै ठाउँ घुम्न पाइने भएको छ । लामो समयसम्म कोरोना महामारीले अस्तव्यस्त पारेको पोखराको पर्यटन व्यवसायलाई यस साइड सिन बसले केहि राहत दिने भएको छ । छोटो अवधिमै पोखरा घुम्न चाहनेलाई कम शुल्कमै बस सेवा सञ्चालन हुँदैछ । […]

२०७८ मंसिर १९ गते, आईतवार

पर्यटकको आगमन बढ्दै

काठमाडौं । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको मासिक पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको आगमन बढ्दै गएको देखिएको छ। कोभिड महामारीपछि पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । बोर्डले सार्वजनिक गरेको नोभेम्बर महिनाको तथ्यांक अनुसार एक महिनामा २६ हजार १३५ विदेशी नेपाल भित्रिएका हुन । बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार […]

२०७८ मंसिर १६ गते, बिहीबार

विमानस्थलमा नि:शुल्क बस सेवा !

काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट निशुल्क माइक्रोबस संचालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा माइक्रोबस सेवा संचालनमा ल्याइएको हो । विमानस्थलबाट आउने यात्रुहरुलाई ट्याक्सीले ठगी गर्नेगरेको जनगुनासो आएपछि मन्त्रालयले नि:शुल्क माइक्रोबस सेवा संचालनमा ल्याएको हो । यो सँगै विमानस्थलको आन्तरिक टर्मिनल भित्रबाटै माइक्रोबस चढ्न पाइनेछ ।

२०७८ मंसिर १५ गते, बुधबार