पर्यटन

भूत मेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो !

काठमाडौँ । धनुषा र सिरहाको सिमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूत मेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ। कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो भूत मेला लाग्ने गर्छ। धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर तथा जयनगरलगायतका स्थानबाट ठूलो सङ्ख्यामा […]

२०७८ मंसिर ३ गते, शुक्रबार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारसँग माग

काठमाडौं । गण्डकी प्रदेश सरकारले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारसँग माग गरेको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पोखरालाई केन्द्रीय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भन्दै मुख्य पर्यटकीय केन्द्र घोषणा गर्न माग गरेको हो । सरकारका प्रवक्ता कुमार खड्काले देशको पर्यटकीय राजधानी बन्छ भन्ने मापदण्ड बनाउन र यसको इन्डिकेटर बनाउनका लागि […]

२०७८ मंसिर १ गते, बुधबार

कात्तिक नाच : आज जल शयण-मधु-कैटव बध मञ्चन हुँदै

काठमाडौँ । ललितपुर मङ्गलबजारको चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत जल शयण–मधु–कैटव बध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परा अनुसार साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो । आज हरिबोधनी एकादशीको दिन भगवान् विष्णु जलबाट उठ्ने र अत्याचारी मधु–कैटव नामक दुई […]

२०७८ कार्तिक २९ गते, सोमबार

‘टापुधाम’ प्राकृतिक सुन्दरताले भरिपूर्ण

काठमाडौँ । रामपुर उपत्यका भित्रिने पूर्वी नाकामा अवस्थित टापुधामले पर्यटनको सम्भावना बोकेको छ । कालीगण्डकीको आडैमा रहेको सो धाम प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र मनमोहक छ तर पर्यटन विस्तारका कामले फड्को मार्न भने सकेको छैन । कालीगण्डकीको तट रामपुर नगरपालिका–१ स्थित खटाङमा रहेको यो क्षेत्र प्रकृतिको अपार सुन्दरताले भरिपूर्ण छ । यहाँ पुग्ने जो कोही […]

२०७८ कार्तिक २२ गते, सोमबार

बागलुङको झोलुङ्गेपुल गिनिज बुक अफ वल्र्ड रेकर्डमा !

काठमाडौँ । बागलुङ नगरपालिकाले बागलुङ सदरमुकाममा बनेको झोलुङ्गेपुल गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ताको लागि प्रक्रिया अगाडि बढाएको छ । बागलुङ नगरपालिकाले बागलुङ सदरमुकाममा एक बर्ष अघि निर्माण सम्पन्न गरेको पुल बिश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल दाबी गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डको लागि प्रक्रिया अगाडि बढाएको हो । बागलुङ नगरपालिका १ र पर्वतको कुश्मा […]

२०७८ कार्तिक १८ गते, बिहीबार

ऐतिहासिक पाटन दरबार सङ्ग्रहालयमा विदेशी पर्यटकको चहलपहल

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार सङ्ग्रहालयमा विदेशी पर्यटकको आवागमन बढेको छ । ललितपुर महानगरपालिका–१६ स्थित सो सङ्ग्रहालय कोरोना महामारीेसँगै बन्द गरिएको थियो । कोरोनाको जोखिम कम भएसँगै गत भदौ २३ गतेदेखि सर्वसाधारणका लागि सङ्ग्रहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले जानकारी दिए । उनले भने, “दोस्रो बन्दाबन्दी सकिएर सङ्ग्रहालय खुलेसँगै विदेशीको […]

२०७८ कार्तिक १५ गते, सोमबार

घुम्नैपर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल

काठमाडौं । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ । सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दसौंमा इजिप्ट विश्वको उत्कृष्ट गन्त्वयको सूचीमा […]

२०७८ कार्तिक १२ गते, शुक्रबार

नेपाल वायु सेवा निगमद्वारा साँफेवगर उडान पुन: सुचारु

काठमाडौं । नेपाल वायु सेवा निगमले आजदेखि अछामको साँफेबगरबाट उडान भर्ने भएको छ । निगमका उपर्निदेशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढी देखि साँफेबगर र साँफेबगर बाट १०ः४५ बजे धनगढीका लागि हुनेछ । दोस्रो उडान धनगढीबाट फेरि ११ः ३० बजेका लागि तय भएको र साँफेबगरबाट १२ः १५ बजे धनगढीका लागि उडान ह्नेछ […]

२०७८ कार्तिक ९ गते, मंगलवार

वालुङ समुदायको ‘फुटुक पर्व’ शुरु

काठमाडौं । ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक सुरु भएको छ । दशैंको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मनाइने फुटुक पर्व आजदेखि विधिवत रुपमा सुरु भएको हो । वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको मौलिक सांस्कृतिक पर्व फुटुक […]

२०७८ कार्तिक ८ गते, सोमबार

विराटनगर विमानस्थल जलमग्न : उडान अबरुद्ध

काठमाडौं । मोरङस्थित विराटनगर विमानस्थल जलमग्न भएपछि हवाई उडान अबरुद्ध भएको छ । लगातारको वर्षाले आसपासका नदीमा पानीको सतह बढ्दा विमानस्थल क्षेत्रमा बाढी पसेको हो । विमानस्थलको पश्चिमतर्फबाट बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ । रनवे र ट्याक्सी वे जलमग्न भएको विमानस्थल कार्यालयले जनाएको छ ।विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार आज बिहानबाट विमानस्थलमा […]

२०७८ कार्तिक ३ गते, बुधबार