पर्यटन

फोक्सिङकोटलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

काठमाडौ, ५ साउन । कास्की जिल्लाको निर्मलपोखरी गाविसस्थित फोक्सिङकोट क्षेत्रलाई धार्मिक पर्यटनको विशिष्ट गन्तव्यका रुपमा विकास गरिने भएको छ । नेपालका बाइसे चौबिसे राजाको पालादेखि अस्तित्वमा आएका प्रसिद्ध कोटहरूमध्येको फोक्सिङकोट उचित प्रचारप्रसार एवम् पूर्वाधार विकासको अभावमा ओझेलमा परेको भन्दै उक्त क्षेत्रको विकासमा स्थानीयवासी सक्रियरुपमा लागेका छन् । बाइसे चौबिसे राजाकै पालादेखि पूजाआजा हुँदै आएको फोक्सिङकोटमा […]

२०७३ श्रावण ५ गते, बुधबार

फेवाताल सङ्कटमा

काठमाडौ, ४ साउन । फेवाताल उचित संरक्षणको अभावमा बर्सेनि सङ्कटमा पर्दै गएको छ । मानवीय एवम् प्राकृतिक अतिक्रमणको सिकार बन्दै गएकोले रामसार सूचीमा सूचीकृत फेवाताल सङ्कटमा पर्दै गएको हो । पोखराको गहनाका रुपमा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकमाझ निकै लोकप्रिय बने पनि बर्सेनि यसको जलाधार स्रोतका रुपमा रहेका हर्पन र अँधेरी खोलामा आउने […]

२०७३ श्रावण ४ गते, मंगलवार

हिमालआरोहण राजस्वको भरपर्दो स्रोत

काठमाडौँ, ३ साउन । नेपाललाई विश्वसामु परिचित गराउने यहाँका विश्व चर्चित हिमशिखर नै हुन् । पर्वतारोहण र पदयात्राबाट नेपालको पर्यटनलाई विश्वसामु फैलाउन यिनको महत्वपूर्ण भूमिका छ । प्राकृतिक र भौगोलिक पहिचान बोकेका नेपालका हिमाल पर्यटनको माध्यमबाट मुलुकको अर्थतन्त्रको दरिलो आधार पनि बन्दै गएका छन् । पर्यटन विभागको विवरणअनुसार चालु आर्थिक वर्षको २०७२-७३ को जेठ मसान्तसम्म […]

२०७३ श्रावण ३ गते, सोमबार

साउने मेला सुरु

काठमाडौ, ३ साउन । नेपालकै पवित्र तीर्थस्थल चितवनको देवघाटमा सोमबारे बोलओम मेला आजबाट सुरु भएको छ । आइतबार साँझ देखिनै देवघाटमा मेला भर्न आएका दर्शनार्थीको आज बिहानैदेखि पूजाआजामा भीड देखिएको छ । साउन महिना वर्षकै चोखो महिनाको रुपमा लिइने गरिएको र साउनमा पाँच वटा सोमबार परेकाले आजदेखि साउन अन्तिमसम्म मेला आयोजना गरिएको देवघाट क्षेत्र विकास […]

२०७३ श्रावण ३ गते, सोमबार

काठमाडौँ स्तम्भ निर्माण यसै सातादेखि

काठमाडौँ, १ साउन । पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ स्तम्भ निर्माणको काम यसै सातादेखि सुरु हुने भएको छ । झन्डै तीन महिनाअघि नै निर्माणको काम सुरु गर्ने भनी पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुला मञ्चमा सारे पनि निर्माण सामग्री अभावले गर्दा काम सुरु हुन सकेको थिएन । स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द […]

२०७३ श्रावण १ गते, शनिबार

चिनियाँ पर्यटकको संख्या बढ्दै

काठमाडौं, १ साउन । पछिल्लो समयमा नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्दै गएको छ । भूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकलाई भिषा शुल्क मिनाहा गरेपछि उनीहरु नेपाल भ्रमणप्रति बढी इच्छुक देखिएका हुन् । चिनियाँ पर्यटकहरुले विगतमा नेपाल आउने प्रक्रियालाई ‘झण्झटिलो’ मान्दै आएका थिए । तर, गतवर्ष बैशाखमा गएको भूकम्पपछि शिथिल बनेको पर्यटनलाई केही हदसम्म […]

२०७३ श्रावण १ गते, शनिबार

पर्यटन प्रवद्र्धनका लागि ढुङ्गे पहरालाई कलात्मक स्वरुप दिइदै

काठमाडौ, ३१ असार । पर्यटन प्रवद्र्धनका लागि खोटाङको दोर्पाचिउरीडाँडा गाविस–६ छहरेमा ढुङ्गे पहरालाई कलात्मक स्वरुप दिने काम सुरु गरिएको छ । दायाँबायाँ र माथिदेखि तलसम्म समतल सतह रहेको विशाल ढुङ्गे भिरलाई खोपेर ‘किरात स्मृति पार्क’को नाममा कलात्मक आकृति दिने काम सुरु गरिएको हो । परापूर्वकालमा महादेवले टेकेको किंवदन्ती रहेको तथा किरात राईको ऐतिहासिक थलोका रुपमा […]

२०७३ असार ३१ गते, शुक्रबार

असुरक्षित बन्दै बहुमूल्य पुरातात्विक वस्तु

काठमाडौं, ३० असार । कपिलवस्तु सङ्ग्रहालयका शोकेस (काठका -याक) किरा धमिराले खाई गल्न लागेपछि पुरातात्विक वस्तु असुरक्षित बन्दै गएका छन् । यसका कारण ती बहुमूल्य वस्तुको अस्तित्व समेत सङ्कटमा पर्दै गएको छ । तीन दशकभन्दा बढी भईसक्दा पनि मर्मतसम्भार नहुँदा ती शोकेस किरा धमिराले खाई जीर्ण बनेका हुन् । यस्तै, वर्षाका बेला पुरातात्विक वस्तु सङ्ग्रहित […]

२०७३ असार ३० गते, बिहीबार

सती घाटु जोगाउँदै गाउँले

काठमाडौ, २९ असार । समाजबाट विस्तारै हराउँदै गएको सती घाटुलाई पाण्डवखानीका मगर समुदायले संरक्षण गरेका छन् । पुखौँं अघिदेखि प्रचलनमा रहेको सती घाटु गाउँलेको प्रयासमा जोगिएको छ । ऐतिहासिकता र संस्कृति बोकेको सती घाटुले सिङ्गो जिल्लाको पहिचान बोकेको छ । सती घाटुलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको मगर अगुवा बताउछन् । सती घाटुका गुरु […]

२०७३ असार २९ गते, बुधबार

बोलबम तीर्थयात्रीको आगमन हुँदै

काठमाडौँ, २८ असार । महादेवको प्रिय दिन साउन महिनाको सोमबारका लागि उपत्यकामा भव्य बोलबम तीर्थयात्राको तयारी भएको छ । भारत बिहारको मुजफ्फरपुरबाट गुड्डु रङ्गिलाको अगुवाइमा सयौँ बोलबम तीर्थयात्रीको यहाँ आगमन हुँदैछ । रङ्गिलाको बोलबम टोलीलाई स्वागत गर्न ओम् बोलबम कवँरिया सङ्घका कार्यकारी अध्यक्ष सुनील ठाकुर (डिल्लीबजार)को अगुवाइमा सोमबार सङ्घको कार्यसमिति बैठक बस्यो । ठाकुरकै अगुवाइमा […]

२०७३ असार २८ गते, मंगलवार