पर्यटन

दरबारक्षेत्र अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

काठमाडौँ । पछिल्लो समय हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भूकम्प र नाकाबन्दीका कारण केही समय पर्यटकको सङ्ख्यामा कमी आए पनि अहिले दैनिक जना बढी पर्यटक बढेका हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख नरेन्द्रमान बज्राचार्य बताउनुहुन्छ । हाल दैनिक २५० जनासम्म पर्यटकले हनुमानढोका दरबारक्षेत्रको अवलोकान गर्ने गरेका छन् । भूकम्पपछि […]

२०७२ फाल्गुन ३० गते, आईतवार

महाशिवरात्रिमा ११ लाख दर्शनार्थी आउने अपेक्षा

काठमाडौ, २३ फागुन । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष शिवरात्रिमा करिब ११ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको जानकारी दिएको छ । कोषले महाशिवरात्रि पर्व मनाउन सम्पूर्ण तयारी पूरा भएको समेत बताएको छ । महाशिवरात्रिका दिन सोमबार विहान तीन बजेदेखि चारवटै ढोका खुल्ने गरी दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ। बत्तीसपुतली–गौशालाबाट […]

२०७२ फाल्गुन २३ गते, आईतवार

सुदूरपश्चिम औद्योगिक मेला तयारी पूरा

काठमाडौं,२० फागुन । कञ्चनपुरको भीमदत्तनगरमा आयोजना हुने सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको तयारी पूरा भएको छ । आयोजक कञ्चनपुर उद्योग वाणिज्य सङ्घले यहाँस्थित खुलामञ्चमा फागुन २१ देखि फागुन ३० गतेसम्म आयोजना हुने पर्यटन महोत्सवको तयारी पूरा भइसकेको जनाएको छ । ‘कृषि, पर्यटन र ऊर्जाको विकास, समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूलनाराका साथ सुरु […]

२०७२ फाल्गुन २० गते, बिहीबार

छलिया नाचको आकर्षण बढ्दै

काठमाडौं, १७ फागुन । सुदूरपश्चिममा प्रख्यात मानिएको छलिया नाचप्रति पछिल्लो समय आकर्षण बढ्दै गएको छ । केही वर्ष अघि लोप हुने अवस्थामा पुगेको छलिया नाच विशेषगरी विवाह, जन्तीभोज, ब्रतबन्ध, न्वारन तथा देवताका जाँतहरुमा नाच्ने गरिन्छ । आधुनिक प्रविधिका कारण बीचमा लोप हुने अवस्थामा रहेको छलिया नाचप्रति अहिले सबैको आकर्षण बढेकाले विभिन्न सभा, समारोह तथा कार्यक्रममा […]

२०७२ फाल्गुन १७ गते, सोमबार

मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र मदारबाबा मेला

काठमाडौं, ९ फागुन । मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र बनेको मदारबाबा मेला नवलपरासीमा आगामी फागुन १५ देखि २४ गतेसम्म लाग्ने भएको छ । मदारबाबाको मुख्यस्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्र दुम्कीबास डाँडाँमा रहिआएको छ । मदारबाबास्थल क्षेत्रमा मेलामा यस वर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको मेला आयोजक कुलबुल […]

२०७२ फाल्गुन ९ गते, आईतवार

‘होटल आर्टस् काठमाडौँं’ सञ्चालनमा

काठमाडौँं । लामो समयदेखि कार्गाे र गार्मेन्ट व्यवसायमा संलग्न गोरखाका चिरञ्जीवी भट्टले पर्यटकीय केन्द्र ठमेलको चाक्सीवारी मार्गमा ५० करोड लगानीमा ‘होटल आर्टस् काठमाडौँं’ सञ्चालनमा ल्याएका छन् । होटलमा स्टान्डर्ड, डिलक्स र स्वीट गरी ६० वटा रुमहरु रहेका छन् । होटलको आठ तले भवनबाट काठमाडौँं उपत्यकाको पुरै भू–भाग देख्न सकिन्छ । होटलको पहिलो तलामा स्पा एन्ड […]

२०७२ फाल्गुन ८ गते, शनिबार

एउटै मःम ५५ हजार रुपैयाँको !

काठमाडौं, ५ फागुन । पर्यटकीय नगरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा विहीबार (भोलि)देखि तीन दिनसम्म पेप्सी मःम मेला हुने भएको छ । आर इभेन्ट ट्रेनर नेपालले फ्रेन्डसिप युथ क्लब र आइएफसी फेसन कलेजको सहकार्यमा पोखरामा गर्न लागेको दोस्रो मेलामा विभिन्न २५ थरिका मःमको स्वाद एकै ठाउँमा लिन सकिने भएको छ । कार्यक्रम संयोजक रविन गुरुङकाअनुसार मेलाको […]

२०७२ फाल्गुन ५ गते, बुधबार

उच्चस्तरीय ‘राष्ट्रिय पर्यटन परिषद’ गठन

काठमाडौँ, २ फागुन । सरकारले मुलुकको पर्यटन प्रवद्र्धनमा प्रभावकारी भुमिका बढाउन प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय ‘राष्ट्रिय पर्यटन परिषद’ गठन एवं विस्तार गरेको छ । प्रधानमन्त्रीको अध्यक्ष र पर्यटन मन्त्री उपध्यक्षसहित २० वटा मन्त्रालयका मन्त्रीहरु सदस्य रहने परिषदमा पर्यटन क्षेत्रका व्यवसायी एवं संघ संगठनका प्रतिनिधी र लव्ध प्रतिष्ठत व्यक्तिहरु समेटेर आठ सदस्य मनोनित गरिएको हो । […]

२०७२ फाल्गुन २ गते, आईतवार

बाघको आक्रमणवाट पथप्रर्दशक घाइते

काठमाडौ, २ फागुन । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्यटकलाई पथप्रर्दशन गर्ने गाइडलाई बाघले आक्रमण गरेको छ । विदेशी पर्यटकलाई बाघ देखाउन हिँडेका तीन जना गाईडसँग एक्कासी बच्चासहितको बाघ जम्का भेट भएपछि आक्रमण गरेको हो । बघिनीको आक्रमणमा परी गाईड कृष्ण शाह घाईते भएका छन् । नेदरल्याण्डका पर्यटकसहित अन्य दुई गाईड भने सकुशल रहेको बर्दिया राष्ट्रिय निकुञ्जका […]

२०७२ फाल्गुन २ गते, आईतवार

विश्वका पन्ध्र पवित्र तीर्थस्थलमध्येको एक म्याग्दीमा

काठमाडौं, २८ माघ । हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एकवटा तीर्थस्थल म्याग्दीमा रहेको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ११ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलका रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएपनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको छ । श्रीमद्भागवत महापुराणको […]

२०७२ माघ २८ गते, बिहीबार