पर्यटन

मुक्तिनाथ घुम्न आउन आब्हान

काठमाडौं , १३ असार । हालै गएको भूकम्पको प्रभाव पश्चिमी पर्यटकीय स्थल मुस्ताङमा पनि परेको छ ।अहिले मुस्ताङमा पर्यटक छैनन् भने प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर सुनसान बनेको छ ।भूकम्पले मन्दिरलगायतका क्षेत्रमा कुनै असर नपारेपनि भूकम्पको त्रासका कारण भक्तजन नआएको स्थानीयको बुझाइ छ । उता, म्याग्दीको बैसरीमा गएको पहिरोले मुस्ताङ्ग बेनी सडक खण्ड अवरुद्ध हुँदा […]

२०७२ असार १३ गते, आईतवार

मनास्लु पदमार्गका होटल बन्द

काठमाडौ, १२ असार । आन्तरिक तथा विदेशी पर्यटकको आवागमन ठप्प भएपछि गोरखाको मनास्लु पदमार्गको दायाँबायाँ खुलेका होटल बन्द भएका छन् । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि मनास्लु पदमार्गमा पर्यटक छैनन् । भूकम्प गएको दुई महिना बितिसक्दा पनि अबरुद्ध मनास्लुको पूरा बाटो अझै खुलाउन सकिएको छैन । थुमी गाविसको सोती बजारदेखि सिर्दिवास गाविसको फिलिम […]

२०७२ असार १२ गते, शनिबार

पर्यटन प्रबर्दनमा एमाले

काठमाडौ ८ असार । नेकपा एमालेले आज मुलुकभरका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटन प्रवद्र्धनमुलक तथा पर्यटक स्वागत कार्यक्रमको अयोजना गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा पिडितका लागि एमालेले करिब एकमहिना सन्चालन गरिएको अस्थायी टहरा निर्माण तथा व्यवस्थापन अभियान पनि अन्तिम चरणमा पुगेको छ । यसैक्रममा विनाशकारी भूकम्पले उपत्यकाका महत्वपूर्ण ऐतिहासिक सम्पदामा क्षति पुगेका कारण मुलुकको पर्यटन […]

२०७२ असार ८ गते, मंगलवार

हनुमान ढोका दरबार क्षेत्र सरसफाइ

काठमाडौ, ४ असार । नेकपा (एमाले)ले हनुमान ढोका दरबार क्षेत्रमा आज सरसफाइ गरेको छ । पार्टीले सञ्चालन गरेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानअन्तर्गत दरबार क्षेत्रमा सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा नेकपा (एमाले)का कार्यबाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेललगायतका नेता एवम् कार्यकर्ताको उल्लेख्य उपस्थिति […]

२०७२ असार ४ गते, शुक्रबार

उपत्यकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्नु आपत्ति जनक

काठमाडौं, ३ असार । पर्यटन व्यावसायीहरुले काठमाडौं उपत्यकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएकोप्रति आपत्ति जनाएका छन् ।विहीबार राजधानीमा पर्यटन पत्रकार मञ्चले गरेको कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरुले राजधानीका विश्वसम्पदा सूचीमा रहेका सम्पदाहरुलाई खुला गर्नु सुखद भएपनि पर्यटकलाई हेल्मेट लगाएर घुम्न लगाउँदा त्यसको नकारात्मक सन्देश प्रवाह हुने बताए ।ठमेल पर्यटन विकास समितिका अध्यक्ष रामशरण थपलियाले पर्यटन बोर्डका लागि […]

२०७२ असार ३ गते, बिहीबार

पर्यटकका निम्ति सम्पदा भ्रमण खुला

काठमाडौं, ३२ जेठ । सरकारले भूकम्पले क्षति भएका क्षेत्रमा सजग गराउँदै पर्यटकलाई भ्रमणका लागि सोमबारदेखि खुला गरेको छ। चाँगुनारायण बाहेकका क्षेत्रमा पर्यटकले भ्रमण गर्न सक्ने पुरातत्व विभागले जनाएको छ। पर्यटन आगमनलाई सामान्य अवस्थामा लैजान भन्दै निजी व्यवसायीको अनुरोधपछि सरकारले यस्तो तयारी गरिरहेको थियो। ‘भग्नावशेषभित्र रहेका सबै पुरातात्विक सामग्री सबै सुरक्षित राखिएका छन्,’ पुरातत्व विभागका प्रवक्ता […]

२०७२ जेष्ठ ३२ गते, सोमबार

चम्पादेवीमा पदयात्रामा जाने पर्यटकको सङ्ख्या बढ्दै

काठमाडौँ। ‘गोरखा भूकम्प’पछि प्रभावित चम्पादेवी क्षेत्रको पदयात्रामा जाने पर्यटकको सङ्ख्या बिस्तारै बढ्दै गएको छ । पर्यटकका लागि पदयात्राको उपयुक्त रोजाइ बन्दै गएको चम्पादेवीमा रहेका विभिन्न पदमार्गमा प्रत्येक दिन पर्यटकको चाप हुने गरेकामा वैशाख १२ को भूकम्पपछि यो क्षेत्र करिब एक महिना शून्यप्रायः नै बन्न पुग्यो । चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङका […]

२०७२ जेष्ठ ३० गते, शनिबार

पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग

काठमाडौं , २७ जेठ । बिगत चार वर्षदेखि कार्यकारी प्रमुखबिहीन नेपाल पर्यटन बोर्डमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दोस्रो पटक आवेदन मागिएको छ । आज बोर्डले १५ दिनको म्याद राखी आवेदन माग गरेको हो । यसअघि पनि बोर्डले सिइओको पदपूर्तीका लागि आवेदन मागेको थियो । त्यतिबेला बोर्डले आवेदकहरु छनौट गरी १२ जनाको […]

२०७२ जेष्ठ २७ गते, बुधबार

सेतीवेनी–मिर्मी खण्डमा यसै वर्षभित्र ट्रयाक खोलिने

काठमाडौ , २५ जेठ । सेतीवेनी–मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्रयाक खोलिने भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गमा पर्ने पर्वतको सेतीवेनीदेखि स्याङ्गजाको पिडीखोला – मिर्मी सम्मको बाँकी ट्रयाक असारसम्ममा पूरा गर्ने तयारी भएको हो । भारतसँगको सीमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने सुनौली–मिर्मी–फलेबास–जोमसोम–कोरल्ला’ सडक ३ सय ७७ किलोमिटर लामो छ […]

२०७२ जेष्ठ २५ गते, सोमबार

मनकामना केबलकार पुन सञ्चालन

काठमाडौं, २४ जेठ । गत वैशाख १२ गतेको विनासकारी भूकम्पपछि तीन दिन मात्र सञ्चालनमा आएर पुनः बन्द भएको मनकामना केबलकार मन्दिरमा पूजा नहुने भएपनि आजदेखि सञ्चालनमा आएको छ । मन्दिर पुनःनिर्माणका लागि भत्काउने काम भइरहेको भए पनि बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनलाई सहयोग पुगोस् भन्नाका लागि केबलकार सञ्चालनमा ल्याइएको स्टेसन म्यानेजर डिएन कायस्थले बताए […]

२०७२ जेष्ठ २४ गते, आईतवार