पर्यटन

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस

काठमाडौं, १५ जेठ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस ८ हजार ८ सय ४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । आज सगरमाथाको सफल आरोहण भएको ६६ वर्ष पूरा भएको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका […]

२०७६ जेष्ठ १५ गते, बुधबार

अत्यधिक आरोहीहरुकै कारण मृत्युको प्रमुख कारण

काठमाडौं, १४ जेठ । अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्स्ले मंगलबार समाचार प्रकाशित गरी ‘नेपाल सरकारले आरोहणमा धेरैलाई अनुमति दिएर बढी शुल्क असुल्न खोज्नु नै आरोहीहरुको मृत्यु हुनुको प्रमुख कारण’ भएको लेखेको छ । अत्यधिक आरोहीहरुकै कारण यस वर्ष सगरमाथा आरोहणकाक्रममा धेरै आरोहीहरुको मृत्यु भएको सो पत्रिकाले छापेको छ । नेपालमा सगरमाथा आरोहणमा कुनै कडा नियम […]

२०७६ जेष्ठ १४ गते, मंगलवार

सगरमाथा आराेहणका क्रममा १० जना आराेहीकाे मृत्यु

काठमाडौं, १२ जेठ । यस सिजनकाे सगरमाथा आराेहणका क्रममा १० जना आराेहीकाे मृत्यु भएकाे छ । शनिबार शिखरबाट ओर्लने क्रममा एक बेलायती आरोहीको मृत्यु भएसँगै मृतककाे संख्या १० पुगेकाे हाे । शनिबार सगरमाथाकाे शिखरमा टेकेर आेर्लन नसक्दा ४४ बर्षे रबिन हाइन्स फिसरको मृत्यु भएको हाे । उनकाे लडेर मृत्यु भएकाे सरकारीहरुले जानकारी दिएका छन् । […]

२०७६ जेष्ठ १२ गते, आईतवार

पैरेवेशीदेखि भैंसेसम्म र्‍याफ्टिङको संभावना

काठमाडौं, ११ जेठ । नुवाकोट–रसुवा पर्यटन समाज, उत्तरगयाँ गाँउपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा रसुवाको पैरेबेसीदेखि नुवाकोटको भैँसेसम्म सुपर त्रिशुली र्‍याफ्टिङको प्रारम्भिक अध्ययनले रसुवाको पैरेवेशीबाट नुवाकोटको भैंसेसम्म र्‍याफ्टिङ सञ्चालन गर्न सकिने देखिएको छ । र्‍याफ्टिङ सञ्चालनबाट पर्यटन विकासका लागि ठूलो आधार बन्ने आँकलन अनुसार यस क्षेत्रमा प्राविधिक रुपमा अध्ययन गरिएको हो । प्रतिनिधिसभाका सदस्य बहादुरसिंह […]

२०७६ जेष्ठ ११ गते, शनिबार

इतिहासमै सबैभन्दा बढी आरोही पुगे सगरमाथामा

काठमाडौं, १० जेठ । सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका […]

२०७६ जेष्ठ १० गते, शुक्रबार

नेपाली सर्वे टोलीद्वारा पहिलो पटक सगरमाथाको उचाइ नाप

काठमाडौं, ८ जेठ । नेपालको सर्वे टोलीले पहिलो पटक विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाइ नापेको छ । आज बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको बताएको छ । नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी व्यवस्था, सहकारी तथा गरिबी […]

२०७६ जेष्ठ ८ गते, बुधबार

२४ औं पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण !

काठमाडौं, ७ जेठ । कामीरिता शेर्पाले २४ औं पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। उनले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरे । यो सँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन्। शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान […]

२०७६ जेष्ठ ७ गते, मंगलवार

आज २५६३ औं बुद्ध जयन्ती

काठमाडौं, ४ जेठ । आज वैशाख शुक्ल पूर्णिमा अर्थात बुद्ध जयन्ती , आज देशभर विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब […]

२०७६ जेष्ठ ४ गते, शनिबार

दुई भारतीय पर्वतारोहीको मृत्यु

काठमाडौं, २ जेठ । विश्वको तेस्रो अग्लो हिमाल कन्चनजंघा आरोहण गर्न गएका भारत, पश्चिम बंगालका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको छ । अर्का एकजना सम्पर्कविहीन भएको पर्यटन मन्त्रालयको पर्वतारोहण शाखाले जनाएको छ । ८ हजार ५८६ मिटर अग्लो कन्चनजंघाको शिखरमा बुधबार १० नेपालीसहित ३६ जना पुगेका थिए । चुचुरोमा पुगेर फर्कंदै गर्दा वैद्यको […]

२०७६ जेष्ठ २ गते, बिहीबार

२३औँ पटक सगरमाथाको सफल आरोहण !

काठमाडौँ, १ जेठ । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले […]

२०७६ जेष्ठ १ गते, बुधबार