पर्यटन

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

काठमाडौं, २० पुस । आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको आयोजना नेपाल राष्ट्रिय दोर्जे शुम्देन समाजले गरेको हो । सम्मेलनमा नेपाल, चीन, श्रीलंका, ईटली, अमेरिका, जर्मनलगायत ८० राष्ट्रका वौद्ध धर्मावलम्बीको सहभागिता छ । सम्मेलनमा गौतम बुद्धले विश्वका लागि दिएको शान्तिको अवधारणाबारे छलफल हुनेछ । सहभागी बौद्ध धर्मगुरुहरुले बुद्धको ज्ञान […]

२०७४ पुष २० गते, बिहीबार

रानीपोखरीमा प्राकृतिक पानी नसुकेको तथ्य प्राप्त

काठमाडौं, १९ पुस । करिब ३५० वर्ष पुरानो रानीपोखरीमा प्राकृतिक पानी नसुकेको तथ्य प्राप्त भएको छ । मल्लकालीन शैलीमा रानीपोखरी पुनःनिर्माणका लागि गठित विज्ञ समूहले मंगलबार पोखरीको पुरातात्विक उत्खनन् गर्नेक्रममा पानीको प्राकृतिक स्रोत नसुकेको पाएको हो । पोखरीको पश्चिम किनारामा उत्खनन् गर्दा सतहदेखि तीन फिट तल पानी फेलापरेको र त्यसभन्दामाथि प्राचीन शैलीमा चार तह कालोमाटो […]

२०७४ पुष १९ गते, बुधबार

बुद्ध वाणी वाचन गरी गिनीज वल्र्ड रेकर्ड कायम गर्ने !

काठमाडौं, १८ पुस । विश्व कीर्तिमानी परिषद् नेपालले गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणित गर्न आउँदो शनिवार काठमाडौमा ७५ हजारभन्दा बढी मानिसले एकै दिन बुद्धको उपदेश वाचन गर्ने बताएको छ । परिषद्ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको टुंडिखेलमा एकै दिन सबैभन्दा बढी मानिसले बुद्ध वाणी वाचन गरी गिनीज वल्र्ड रेकर्ड कायम गर्ने जानकारी गराएका हुन् […]

२०७४ पुष १८ गते, मंगलवार

रानीपोखरी मल्लकालीन शैली, स्वरुपमै निर्माण गरिने

काठमाडौं, १३ पुस । विवादकारुपमा रहेको रानीपोखरी पुनःनिर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निर्णय गरेको हो । मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच निर्माणको विषयलाई लिएर विवाद भएपछि […]

२०७४ पुष १३ गते, बिहीबार

पुरातात्विक देवलहरु संरक्षणको पर्खईमा

काठमाडौं, १३ पुस । डडेल्धुराका पुरातात्विक देवलहरु संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । १४औं शताब्दीमा पश्चिमका नायवी मल्लकालिन राजाहरुले निर्माण गराएका कला कौशलयुक्त देवलको उचित संरक्षण नहुँदा संरचनाहरु विस्तारै जीर्ण बन्दै गएका छन् । कतिपय देवलहरु पुरातात्विक र इतिहास बोकेका भए पनि तिनीहरुको संरक्षण हुन सकेको छैन । डडेल्धुराको प्रसिद्ध भगवती डागेश्वरी देवीको […]

२०७४ पुष १३ गते, बिहीबार

हात्ती महोत्सव !

काठमाडौँ , ११ पुस । आजदेखि चितवनको सौराहामा १४ औं संस्करणको ‘चितवन हात्ती महोत्सव’ सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यान्ह १२ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुन लागेको […]

२०७४ पुष ११ गते, मंगलवार

बिश्वभरबाट अपाङगता भएका पर्यटक भित्र्याउन सकिने

काठमाडौं, ९ पुस । नेपाल पर्यटकीय दृष्टिले संसारकै उत्कृष्ट गन्तब्य स्थल हुँदाहुँदै पनि बिभिन्न भौतिक अवरोधहरुका कारण अपागंता भएका ब्यक्तिहरुले पहुचँयुक्त वातावरण नबन्दा यथेष्ठ लाभ लिन नसकेको सरोकारवालाहरुले बताएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले पर्यटनमा अपांगता भएका ब्यक्तिहरुको सहज पहुचँ बनाउन सके बिभिन्न देशबाट अपाङ्ता भएका पर्यटकहरुलाई समेत भित्राउन सकिने संभावना रहेको […]

२०७४ पुष ९ गते, आईतवार

तातोपानी कुण्डमा भीड

काठमाडौं , ६ पुस । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर उपचार गर्न पुग्नेको भीड बढेको छ । जाडोयाममा बाथ, ग्याष्ट्रिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी दुःख दिने हुँदा मानिसहरु तातोापनी कुण्डमा डुबेर उपचार गर्न जाने गरेका हुन् । म्याग्दीका काली, म्याग्दी र रघुगंगाको किनारका धेरै ठाउँमा तातोपानीका कुण्ड छन् । […]

२०७४ पुष ७ गते, शुक्रबार

विश्वकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने तयारी

काठमाडौं, २ पुस । दमकमा विश्वकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने तयारी अघि बढेको छ । यसका लागि कागजी काम भइरहेको दमक नगरपालिकाले जनाएको छ । दमक–३ मा पाँच सय ४२ फिट अग्लो मुर्ति राख्नका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको नगरपालिकाले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद बैठकले […]

२०७४ पुष २ गते, आईतवार

निर्वाचनले आन्तरिक उडान प्रभावित

काठमाडौँ, २१ मंसिर । निर्वाचनका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका धैरै उडान कटौती भएका छन् । सरकारले निर्वाचनको समयमा विमान नउडाउन आग्रह गरेको र सर्वसाधारण यात्रु पनि मतदानमा सहभागी हुने हुँदा आन्तरिक उडान सीमित मात्रामा भएको हो । अन्तर्राष्ट्रिय उडान भने नियमित तालिकाअनुसार भइरहेको विमानस्थलले जनाएको छ । निर्वाचनका बेला सवारीसाधन चलाउन नपाइने […]

२०७४ मंसिर २१ गते, बिहीबार