बिश्व

ट्रम्पद्वारा इरानलाई तत्काल परमाणु सम्झौता गर्न चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमको बारेमा तत्काल सम्झौता गर्न कडा चेतावनी दिएका छन् । उनले खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति तीव्र रूपमा बढाइँदै गएको सन्दर्भमा समय सकिँदै गएको भन्दै इरानलाई वार्ताको टेबलमा आउन आग्रह गरेको बताइएको छ । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा विशाल अमेरिकी सैन्य शक्ति उत्साह र निश्चित […]

२०८२ माघ १६ गते, बिहीबार

बेलायतका प्रधानमन्त्री स्टार्मर चीन भ्रमणमा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री स्टार्मरले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण टोलीमा उनीसँग करिब ६० जना बेलायती व्यापारी तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू रहेको बीबीसीले जनाएको छ । यसमा एचएसबीसी बैंक, औषधि कम्पनी जीएसके, जगुआर ल्यान्ड रोभर र नेसनल […]

२०८२ माघ १५ गते, बुधबार

आज शान्तिपूर्ण सहअस्तित्व दिवस

काठमाडौँ । आज जनवरी २८ अर्थात् अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले गत मार्चमा हरेक वर्ष २८ जनवरीमा यो दिवस मनाउने घोषणा गरेको थियो। विश्वव्यापी रूपमा अस्थिरता र द्वन्द्व बढ्दै गएसँगै अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस विविध संस्कृति, मूल्य, जीवनशैली र विश्वासप्रतिको सचेतना बढाउन, र सहिष्णुता प्रवर्द्धनमा शिक्षाको भूमिका उजागर गर्न आज यो दिवस […]

२०८२ माघ १५ गते, बुधबार

ट्रम्पद्वारा दक्षिण कोरियाली सामान आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा

काठमाडौँ । गत वर्ष भएको व्यापार सम्झौताको पालना नगरेको आरोप लगाउदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामान आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा मार्फत दक्षिण कोरियामा अटोमोबाइल, काठ, औषधि र अन्य सबै ‘पारस्परिक ट्यारिफ’ लगायतका विभिन्न उत्पादनहरूमा १५ प्रतिशतबाट कर बढाउने बताएका हुन् । उनले दक्षिण कोरियाली सांसदहरूले […]

२०८२ माघ १४ गते, मंगलवार

अमेरिकामा हिमपात : जनजीवन अस्तव्यस्त, २० राज्यमा आपत्‌काल घोषणा

काठमाडौँ । अमेरिकामा शनिबारदेखि जारी भारी हिमपातका कारण जनजीवन तहसनहस भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टनसहित २० राज्यमा आपत्‌कालीन अवस्था घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिमपातका कारण न्युयोर्कसहित अमेरिकाभर अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।आँधीसहितको हिमपातले अमेरिकामा झन्डै १० लाख घर बिजुलीविहीन भएका छन्। १० हजारभन्दा बढी उडान रद्द गरिएका छन् र १४ […]

२०८२ माघ १३ गते, सोमबार

ट्रम्पद्वारा क्यानडाविरुद्ध शतप्रतिशत भन्सार शुल्क लगाउने चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाबाट अमेरिका भित्रिने सबै सामानमा १०० प्रतिशत अतिरिक्त कर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई कडा शब्दमा सचेत गराएका हुन्। ट्रम्पले भनेका छन्, ‘यदि कार्नीले क्यानडालाई चीनका लागि अमेरिकामा सामान पठाउने ‘ड्रप […]

२०८२ माघ १२ गते, आईतवार

अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरियो !

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि सुरु गरेको बहिर्गमन प्रक्रिया अनुरुप संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठन (WHO) बाट आधिकारिक रूपमा बाहिरिएको छ। हिजो जनवरी २२ मा पूर्ण भएसँगै अमेरिका र संगठनबीचको ७७ वर्ष लामो साझेदारी अन्त्य भएको हो।दोस्रो कार्यकाल सम्हालेको एक वर्ष पुग्दा ट्रम्प प्रशासनले संगठनलाई बुझाउन बाँकी रहेको करिब २७ करोड डलर […]

२०८२ माघ १० गते, शुक्रबार

ट्रम्प र जेलेन्स्कीबिच भेटवार्ता

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्विट्जरल्यान्डको डाभोसमा भेटवार्ता गरेका छन्। ह्वाइट हाउसका अनुसार, बिहीबार भएको भेटवार्ता ‘लगभग एक घण्टा” चल्यो। पत्रकारहरूले ट्रम्पलाई के छलफल भयो भनेर सोध्दा उनले भने, ‘हेरौँ के हुन्छ… सबैजना (रुस-युक्रेन) युद्ध अन्त्य होस् भन्ने चाहन्छन्।’ ट्रम्पसँगको भेटपछि जेलेन्स्कीले विश्व आर्थिक मञ्चमा भाषण दिए।त्यस क्रममा उनले […]

२०८२ माघ १० गते, शुक्रबार

ट्रम्पले ग्रिनल्यान्डलाई नियन्त्रणमा लिने धम्की पुनः दोहोर्याए

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने धम्कीलाई पुनः दोहोर्याएका छन्। सामाजिक सञ्जालमार्फत उनले धम्की दिएका हुन् । उनले भनेका छन्, “अब फर्किने बाटो छैन । ग्रिनल्यान्ड अत्यन्तै आवश्यक छ ।” ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा ग्रिनल्यान्ड हासिल गर्न उनी कति टाढासम्म जान तयार छन् भन्ने प्रश्नमा ट्रम्पले, “तपाईंहरूले थाहा पाउनुहुनेछ,” […]

२०८२ माघ ८ गते, बुधबार

स्पेनमा रेल दुर्घटना : २१ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा कम्तीमा ७३ जना घाइते भएको र ३० भन्दा बढी यात्रुहरुको अवस्था गम्भीर भएको बताइएको छ । मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको एक रेल कोर्डोबा सहर नजिकै पर्ने आदामुज नगर नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो रेल लिक छाडेर अर्को ट्रयाकमा […]

२०८२ माघ ६ गते, सोमबार