बोकोहरामद्वारा अपहरणमा परेका बालकमध्ये ३४४ जना मुक्त
काठमाडौं । उत्तरी नाइजेरियामा संघर्षरत बोकोहरामले एक साताअघि एक विद्यालयबाट अपहरण गरेका बालकहरु मुक्त भएका छन् । काट्सिना राज्यका प्रवक्ताले ३४४ जना बालकहरु अपहरणमुक्त भएको बताए । अझै केही विद्यार्थी अपहरणकारीको नियन्त्रणमै रहेको बताइएको छ । एक साताअधि नै बालकहरु अपहरण गरेपनि विद्रोहीले बिहीबार मात्र भिडियो सन्देश जारी गरेर उनीहरुको अवस्थाबारे जानकारी गराएको थियो । […]
२०७७ पुष ३ गते, शुक्रबार