बिश्व

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो !

काठमाडौँ । अमेरिकामा कोरोना संक्रमण झनै बढिरहेको छ । शुक्रबार अमेरिकामा १ लाख ३२ हजार ५४० नयाँ संक्रमित फेला परेका छन् । यो एकै दिनमा संक्रमित पुष्टि हुने अमेरिकाभरिकै मात्र नभएर अन्य कुनै पनि देशमा भन्दा हालसम्मकै धेरै हो । यससँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड नाघेको छ । शनिबार बिहानसम्म अमेरिकामा कुल संक्रमित […]

२०७७ कार्तिक २२ गते, शनिबार

लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन

काठमाडौ । बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका एक सय चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेकाले त्यस विरुद्ध हजारौँले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भिडभाडबाट […]

२०७७ कार्तिक २१ गते, शुक्रबार

डेमोक्रेटहरुले धाँधली गरे : ट्रम्प

काठमाडौ । आफूलाई निर्वाचित हुन नदिनका लागि डेमोक्रेटहरुले चुनावमा धाँधली गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा उनले वैध मतका आधारमा आफू विजयी भएको दाबी गरेका हुन् । उनले कुनै पनि प्रमाण विना चुनावमा धाँधलीको आरोप लगाएका हुन् । उनले सर्वोच्च अदालत जाने र त्यसबाट आफू विजयी […]

२०७७ कार्तिक २१ गते, शुक्रबार

बाइडेन विजय उन्मुख , ट्रम्पद्वारा पुनर्गणनाको माग

काठमाडौं । अमेरिकी राष्ट्रपतिका डेमाक्रेटिक पार्टीका ७८ वर्षीय उम्मेदवार जो बाइडेन विजय नजिक पुगेका छन । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै उनले जित्ने सम्भावना बढेको छ । उनले कुल ५ सय ३८ इलेक्टोलर सिटमध्ये विजयका लागि आवश्यक २ सय ७० सिट नजिक आफूलाई पुर्‍याएका छन् । आज बिहानसम्म उनले २ सय ६४ […]

२०७७ कार्तिक २० गते, बिहीबार

अमेरिकी निर्वाचनको नतिजा आउन शुरु

काठमाडौं । अमेरिकामा मंगलबार भएको मतदानको कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ । चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ ।अहिलेसम्म दशवटा राज्यको मतगणना सकिँदा बाइडेनले ४४ र ट्रम्पले ४२ इलेक्ट्रोल कलेजमा जित हासिल गरेका छन । बहालवाल […]

२०७७ कार्तिक १९ गते, बुधबार

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौं । विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । अमेरिकाको न्यू ह्याम्सायरको डिक्सभील नोच र मिल्सफिल्डबाट मतदान सुरु गर्ने परम्पराअनुसार त्यस ठाउँमा मतदान भइसकेको हो । नेपाली समयअनुसार मंगलबार बेलुकाबाट मतदान सुरु हुने भएको हो । अमेरिकाको स्थानीय समयअनुसार मंगलबार बिहान स्थानअनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान सुरु भएको […]

२०७७ कार्तिक १८ गते, मंगलवार

फिलिपिन्समा समुद्री आँधी : चार लाख सर्वसाधारण विस्थापित

काठमाडौं । फिलिपिन्समा आएको गोनी समुन्द्री आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । दक्षिणी आइपुइ लुजनको मुख्य टापुमा आएको शक्तिशाली आँधीका कारण अल्बे प्रान्तका ९ जना र क्यान्डुआनेस टापुमा एक जनाको मृत्यु भएको हो ।आँधीका कारण करिब चार लाख सर्वसाधारण विस्थापित भएका छन् । तिमध्ये तीन लाख […]

२०७७ कार्तिक १७ गते, सोमबार

फिलिपिन्समा गोनी आँधी : लाखौं प्रभावित

काठमाडौं । फिलिपिन्समा प्रतिघण्टा २ सय २५ किलोमिटरको रफ्तारमा आएको गोनी आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीले क्याफेन्डुआनेस टापुमा ठुलो क्षति गरेको छ । आँधीका कारण हजारौं नागरिक घर छाडेर भागेका छन् । आँधीका कारण बन्दरगाह र विमानस्थहरु बन्द गरिएका छन । आँधी प्रभावितहरुलाई शिक्षण संस्था, सरकारी कार्यालय र जिमखानाहरुमा राखिएको छ […]

२०७७ कार्तिक १६ गते, आईतवार

दक्षिण कोरियाका पूर्व राष्ट्रपति लीलाई पुनः जेल सजाय

काठमाडौं । दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । […]

२०७७ कार्तिक १४ गते, शुक्रबार

अमेरिकाको फिलाडेल्फियामा कर्फ्यू !

काठमाडौं । प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको मृत्यु भएपछि भएको हिंसा भड्किएपछि अमेरिकाको फिलाडेल्फियामा कर्फ्यू लगाइएको छ । २७ वर्षका वाल्टर वालस जुनियरको सोमबार प्रहरीको गोली लागेर मृत्यु भएको थियो । घटनाको विरोधमा निरन्तर प्रदर्शन तथा लुटपाट हुन थालेपछि पेनसिलभेनिया राज्यको फिलाडेल्फियामा आज विहानवाट कर्फ्यू लागु गरिएको हो । प्रहरी ज्यादतीको विरोध प्रदर्शनको क्रममा केही […]

२०७७ कार्तिक १३ गते, बिहीबार