बिश्व

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो !

काठमाडौं । आज बिहानसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २ सय ९ सय जनाको ज्यान गएको छ । कोरोनाबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा २ लाख २२ हजार ७ सय को मृत्यु भएको छ । ब्राजिलमा १ लाख ५२ हजार ५ सय र भारतमा भारतमा १ लाख १२ हजार भन्दा बढीको मृत्यु भएको […]

२०७७ आश्विन ३० गते, शुक्रबार

उत्तर कोरियाली नेता किम जोङ उन असफल भए भन्दै भावुक बने

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन असफल भएँ भन्दै भावुक बनेका छन् । नेशनल पाेस्टका अनुसार पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेड कार्यक्रमलाई सम्बाेधन गर्दै देशलाई समृद्ध बनाउने वचन पूरा गर्न आफू असफल भएको उनले आँसु झारेका हुन् । राजधानी प्योङयोङमा आयोजित सो समारोहमा उनले देश एकदमै संघर्षपूर्ण अवस्थामा […]

२०७७ आश्विन २९ गते, बिहीबार

युरोपमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै

काठमाडौं । युरोपमा कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि फेरि प्रतिबन्धात्मक उपायहरु लागू गर्न थालिएको छ । युरोपका विभिन्न देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढेपछि आंशिक लकडाउन लगायतका उपाय अपनाउन थालिएको हो । चेक गणतन्त्रले संक्रमण बढ्न थालेपछि तीन हप्ताका लागि आंशिक लकडाउन सुरु गरेको छ । विद्यालय, बार तथा क्लबहरु बन्द गरेको […]

२०७७ आश्विन २८ गते, बुधबार

ट्रम्पद्वारा बाइडेन‍ कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण भएपछि पहिलो पटक फ्लोरिडामा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै आफु राम्रो स्वास्थ्य अवस्थामा रहेको अनि ’रोग प्रतिरोधी’ बनेको बताए । उनले प्रतिस्पर्धी जो बाइडेनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको बताए । ट्रम्पले सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाएका छन् । स्यान्डफोर्ड नगरमा भएको र्‍याली स्थलमा सामाजिक दूरी […]

२०७७ आश्विन २७ गते, मंगलवार

ट्वीटरले हटायो ट्रम्पको ट्वीट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना सम्बन्धी ट्वीट ट्वीटरले नदेखिने बनाएको छ । ट्रम्पले कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको जनाएको छ ।राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै गरेको ट्विट ट्विटरले नदेखिने बनाएको हो । यसअघि पनि ट्रम्पका कतिपय पोष्टहरुले गलत सन्देश दिएको भन्दै फेसबुक र ट्वीटरले […]

२०७७ आश्विन २६ गते, सोमबार

दक्षिण कोरियाद्वारा दुवै कोरियाबीचको विवाद समाधानका लागि आह्वान

काठमाडौं । दक्षिण कोरियाले दुवै कोरियाबीचको विवाद समाधानका लागि तत्काल वार्तामा बस्न उत्तर कोरियालाई आग्रह गरेको छ । लामो समयदेखि विवादमा रहेको कोरियाली प्रायद्वीपको विवाद समाधानका लागि दक्षिणले उत्तरसामु स्थायी शान्तिका लागि वार्ताको आह्वान गरेको हो । दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले उपयुक्त परिस्थिति सिर्जना हुने बित्तिकै अन्तर कोरियाली सम्बन्धको पुर्नस्थापनका लागि पुनः वार्तामा बस्ने जनाएको […]

२०७७ आश्विन २६ गते, सोमबार

उपचारत् ट्रम्प सार्वजनिक कार्यक्रममा सहभागी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट संक्रमित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । विज्ञहरुले भिडभाडयुक्त कार्यक्रम नगर्न सुझाव दिएपनि ट्रम्पले ह्वाइटहाउसमै समर्थकहरुलाई सम्बोधन गरेका हुन् । उपचारकै क्रममा रहेका ट्रम्पले सम्बोधनको क्रममा आफूले कोरोना विरुद्धका औषधि लिन छोडेको र आफूले राम्रो महसुस गरिरहेको बताए । सम्बोधनका क्रममा ट्रम्पले आफ्ना डेमोक्र्याट […]

२०७७ आश्विन २५ गते, आईतवार

ट्रम्प र बाइडेनबीचको टिभी बहस रद्द

काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द गरिएको छ । राष्ट्रपतीय बहस आयोगले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो बाइडेनबीच हुने दोस्रो टिभी बहस रद्द गरिएको जनाएको हो ।राष्ट्रपति ट्रम्प भर्चुअल बहसमा लागि तयार नभएको तथा उहाँमा भएको कोरोना संक्रमणका कारण प्रत्यक्ष बहसमा आयोजना गर्न नसकिएकाले […]

२०७७ आश्विन २४ गते, शनिबार

ट्रम्प पुर्ण रुपमा स्वस्थ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कोरोनाको उपचार विधी सकिएको र पुर्ण रुपमा स्वस्थ रहेका कारण काममा चाँडैनै फर्कन सक्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । कोरोना संक्रमण भएपछी १० दिनसम्म गरिएको उपचारमा उनको स्वास्थ्य स्थीर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ । राष्ट्रपति ट्रम्पले भने आज पुन कोभिडको परिक्षण गरिने बताए । […]

२०७७ आश्विन २३ गते, शुक्रबार

कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ६० हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ६० हजार नाघेको छ भने कुल ३ करोड ६३ लाख संक्रमित मध्ये २ करोड ७४ लाख नीको भएका छन् । सबैभन्दा बढी मृतक र संक्रमितको संख्या अमेरिकामा छन् ।त्यहाँ ७७ लाख संक्रमितमध्ये २ लाख १६ हजारको मृत्यु भइसकेको छ । भारतमा ६८ लाख संक्रमितमध्ये […]

२०७७ आश्विन २२ गते, बिहीबार