बिश्व

ट्रम्पद्वारा रूसलाई १० दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई १० दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न चेतावनी दिएका छन्। ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्नेतर्फ ठोस प्रगति गर्न रूसलाई १० दिनको समयसीमा घोषणा गरेका छन्। उनले समयसीमा पालन गर्न असफल भएमा नयाँ प्रतिबन्धहरू लगाइने चेतावनी दिएका हुन्।स्कटल्याण्डबाट संयुक्त राज्य अमेरिका फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मङ्गलबारदेखि दस दिनभन्दा […]

२०८२ श्रावण १५ गते, बुधबार

रुसमा ८.७ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी !

काठमाडौँ । रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले जानकारी दिएको छ । USGS का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो । शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ ।रुसको काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको […]

२०८२ श्रावण १५ गते, बुधबार

बेलायतद्वारा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने घोषणा

काठमाडौँ । बेलायती प्रधानमन्त्री केइर स्टेइमरले इजरायलले केही शर्त स्वीकार गर्दै युद्ध विराम नगरे प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका छन्। बेलायती प्रधानमन्त्री स्टेइमरले सेप्टेम्बर महिनादेखि युद्ध विरामसँगै इजरायलले केही शर्त पूरा नगरे प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका हुन्।दीर्घकालीन शान्ति स्थापनाका लागि प्रतिबद्ध हुनुपर्ने र संयुक्त राष्ट्र सङ्घको प्रदान गर्ने राहत इजरायलसम्म पुग्नका लागि […]

२०८२ श्रावण १५ गते, बुधबार

कम्बोडियाद्वारा युद्धविराम भङ्ग !

काठमाडौँ । थाइल्यान्डको सेनाले कम्बोडियाले युद्धविराम भङ्ग गरेको आरोप लागेको छ। थाइल्यान्डको सेनाले मङ्गलबार कम्बोडियामाथि घण्टौँ लामो युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै उनीहरूको जङ्गलले ढाकिएको सीमामा रक्तपातपूर्ण लडाइँ अन्त्य गर्ने सम्झौताका बाबजुद झडप जारी रहेको बताएको छ।सोमबार मलेसियामा भएको शान्ति वार्तापछि दुवै पक्षले आठ सय किलोमिटर (पाँच सय माइल) लामो सीमानामा रहेका विवादित क्षेत्रका प्राचीन […]

२०८२ श्रावण १४ गते, मंगलवार

अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता भएको घोषणा गरेका छन् । उनले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग व्यापार सम्झौता भएको जानकारी दिएका हुन् ।स्कटल्याण्डमा ट्रम्पको टर्नबेरी गल्फ रिसोर्टमा भएको महत्वपूर्ण बैठकपछि यो सम्झौता भएको हो। यो सम्झौता अगस्ट १ को म्याद भन्दा ठीक अगाडि भएको छ। दुवै […]

२०८२ श्रावण १३ गते, सोमबार

इजरायलद्वारा गाजामा आक्रमण : ६३ प्यालेष्टिनीको मृत्यु

काठमाडौँ । इजरायलले युद्ध रोक्ने घोषणा गरेको केही घण्टाभित्रै गरेको आक्रमणवाट गाजामा कम्तीमा ६३ जना प्यालेष्टिनीको मृत्यु भएको छ। बढ्दो भोकमरीका कारण चर्को आलोचना भएपछि इजरायलले गाजामा मानवीय सहायताका लागि भन्दै दैनिक १० घण्टा आक्रमण रोक्ने बताएको थियो। तर तोकिएको १० घण्टाभित्रै आक्रमण गरी प्यालेष्टिनी नागरिकको ज्यान लिएको हमासको दाबी छ । हिजो इजरायली सेनाले […]

२०८२ श्रावण १३ गते, सोमबार

थाइल्यान्ड र कम्बोडिया युद्ध विरामका लागि तयार

काठमाडौँ । थाइल्यान्ड र कम्बोडिया युद्ध विरामका लागि सहमत भएका छन्। आज दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध विराम भएको बताए। यसअघि साताको सुरुवातमा नै राष्ट्रपति ट्रम्पले आफूले दुवै पक्षका नेतालाई भेटेर युद्ध विरामको पहल गरेको बताएका थिए।उनले सीमामा झडप जारी रहे युद्धमा […]

२०८२ श्रावण १२ गते, आईतवार

इजरायलद्वारा गाजामा हवाई आक्रमण : २५ जनाको मृत्यु

काठमाडौँ । इजरायली हवाई आक्रमण र गोलाबारीवाट गाजापट्टीको दिर अल–बलाहमा २५ जनाको मृत्यु भएको जनाइएको छ । शिफा अस्पतालका कर्मचारीले बताएअनुसार, धेरैजसो मानिस जिकिम क्रसिङनजिक सहायता ट्रकको प्रतीक्षा गर्दै गर्दा मारिएका थिए ।इजरायली सेनाले यो घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अस्पताल र एम्बुलेन्स सेवाले जनाएअनुसार, आक्रमणमा गाजा सिटीको अपार्टमेन्टमा चारजनाको मृत्यु भएको छ […]

२०८२ श्रावण १२ गते, आईतवार

गाजामा भोकमरी बढ्दै

काठमाडौँ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा भोकमरी बढ्दै गएको तथ्य उजागर गरेको छ। विश्व स्वास्थ्य कार्यक्रमले जनाए अनुसार गाजामा हर तीनमध्ये एक व्यक्ति धेरै दिनदेखि खाना नखाई बाँचिरहेको छ भने ९० हजार महिला तथा बालिका अहिले कुपोषणबाट पीडित भएका कारण तत्काल उपचार आवस्यक छ। गाजामा यो हप्ता भोकमरी झन् बढ्ने अनुमान छ ।अन्तर्राष्ट्रिय […]

२०८२ श्रावण ११ गते, शनिबार

ट्रम्पद्वारा हमास युद्ध रोक्न नचाहेको आरोप

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले युद्ध रोक्न नचाहेको आरोप लगाएका छन्। उनले हमास युद्धविरामको कुनै पनि सम्झौतामा पुग्न नचाहेको, बरु मर्न चाहेको टिप्पणी गरेका हुन्।ट्रम्पले बन्धक रिहाइका लागि पनि हमास तयार नभएको बताउदै भने- ‘अब अन्तिम बन्दीहरू छन् र उनीहरूलाई थाहा छ कि, अन्तिम बन्दीहरू मुक्त भएपछि के हुन्छ। ’ट्रम्पले गाजामा रहेका अन्तिम […]

२०८२ श्रावण ११ गते, शनिबार