बिश्व

इरानद्वारा इजरायलका लागि जासुसी गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड !

काठमाडौँ । इरानले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।इरानको एक न्यायलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ -‘यहूदी शासन (इजरायल)का लागि गुप्तचरको रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद–अमिन महदावी शायेस्तेहलाई फाँसी दिइएको छ । ‘शायेस्तेहमाथि इजरायलको विदेशी गुप्तचर संस्था मोसादसँग सम्बन्ध रहेको आरोप लागेको थियो । […]

२०८२ असार ९ गते, सोमबार

तेलको मूल्य पाँच महिना यताकै उच्च !

काठमाडौँ । तेलको मूल्य पाँच महिना यताकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक स्थलहरूमा आक्रमण गरेपछि ऊर्जा बजारमा अवरोधको चिन्ता बढेको हो । इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक करिब ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ । त्यसको करिब आधा मात्र निर्यात गरिन्छ भने बाँकी घरेलु खपतका […]

२०८२ असार ९ गते, सोमबार

इरानमा किन सत्ता परिवर्तन नगर्ने !

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन गरिनुपर्ने बताएका छन्। ट्रम्पले सोमबार बिहान आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै वर्तमान सरकारले इरानलाई महान् बनाउन नसक्ने बताएका हुन्। ट्रम्पले लेखेका छन्, ‘सत्ता परिवर्तनको कुरा राजनीतिक रूपमा ठिक मानिँदैन। तर वर्तमान इरानी सरकारले इरानलाई फेरि महान् बनाउन सक्षम छैन भने किन सत्ता परिवर्तन नगर्ने? इरानलाई […]

२०८२ असार ९ गते, सोमबार

अमेरिकाद्वारा इरानमाथि आक्रमण

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणु केन्द्रहरूमा आक्रमण गरेको जानकारी दिएका छन् । उनले आक्रमण गरी अमेरिकी विमानहरू सुरक्षित घर फर्किरहेको बताएका छन्। इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्ध आक्रमणमा उत्रिएको हो ।ट्रम्पले भनेका छन्, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । […]

२०८२ असार ८ गते, आईतवार

‘हट एयर बेलुन’ दुर्घटना : आठजनाको मृत्यु

काठमाडौँ । ब्राजिलमा ‘हट एयर बेलुन’ दुर्घटना हुँदा कम्तिमा आठजनाको मृत्यु भएको छ। ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी ब्राजिलमा २१ यात्रु बोकेको ‘हट एयर बेलुन’मा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको बताएका छन् । गभर्नर जोर्गिन्हो मेलोले भने, “बेलुन दुर्घटनामा आठजनाको मृत्यु भएको छ भने १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।”ब्राजिलको […]

२०८२ असार ८ गते, आईतवार

इरानद्वारा इजरायलमा पुन: मिसाइल आक्रमण

काठमाडौँ । इरानले इजरायलमा पुन: मिसाइल आक्रमण गरेको छ। इरानले शुक्रबार साँझ तेल अभिभ, बेरशेबा, हाइफालगायत इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण गरेको छ। अल जजिराको रिपोर्टअनुसार, हाइफामा मिसाइल खसेर १७ जना घाइते भएका छन्। तीमध्ये १६ वर्षीय नाबालिगसहित तीन जनाको अवस्था गम्भीर छ।यसअघि आज बिहान इजरायली सहर बेरशेबामा रहेको माइक्रोसफ्ट कार्यालयनजिकै इरानले ब्यालिस्टिक मिसाइल […]

२०८२ असार ७ गते, शनिबार

अस्ट्रेलियाद्वारा तेहरानस्थित दूतावास बन्द

काठमाडौँ । अस्ट्रेलियाले इरानको तहरानस्थित आफ्नो दूतावास बन्द गरेको छ । अस्ट्रेलियाले इरानमा बिग्रँदो सुरक्षा अवस्थाका कारण तत्काल दूतावासको कामकाज तत्कालका लागि बन्द गरिएको जनाएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङ्गले भनेकी छन्, ‘तत्काल देखिएको अवस्थालाई हेरेर हाम्रो कन्सुलर सेवा दिने क्षमता निकै समीति छ । हवाई क्षेत्र अहिले पनि बन्द छ ।’अस्ट्रेलियाले आफ्ना सबै […]

२०८२ असार ६ गते, शुक्रबार

ट्रम्पले इरानमाथि सैन्य हस्तक्षेप गर्ने नगर्ने बारे दुई सातामा निर्णय गर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान द्वन्द्वमा सैन्य हस्तक्षेप गर्ने नगर्ने निर्णय अझै गरेका छैनन् । ट्रम्पले अर्को दुई हप्ताभित्र इरानमाथि अमेरिकी हमलाबारे निर्णय गर्ने राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले बिहीबार आयोजना गरेको नियमित पत्रकार भेटघाटमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले राष्ट्रपति ट्रम्पले अर्को दुई हप्ताभित्र इरानमाथि अमेरिकी सैन्य हमला गर्ने […]

२०८२ असार ६ गते, शुक्रबार

इरानको समर्थनमा अमेरिकामा प्रदर्शन

काठमाडौँ । प्यालेस्टिनी युवा आन्दोलन र समाजवादी संगठनको पिपुल्स फोरम एलायन्सको सहकार्यमा अमेरिकामा इरानको समर्थनमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले न्युयोर्कको सडकमा मार्चपास गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित भिडियोमा टाइम्स स्क्वायररमा ‘इरानबाट टाढा रहो’ जस्ता नारा लगाएका छन् भने इजरायली समर्थकलाई पनि गाली गरेका छन् । यी इरानी समर्थकले म्यानहट्टनको सडकमा अघि बढेका थिए […]

२०८२ असार ५ गते, बिहीबार

ट्रम्पद्वारा इरानमा आक्रमण गर्ने योजना अनुमोदन

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन्। यद्यपि, ट्रम्पले इरानविरुद्ध आक्रमण गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिइनसकेको बीबीसीले जनाएको छ। एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएअनुसार यदि इरान आफ्नो आणविक कार्यक्रम रोक्न सहमत भएमा ट्रम्पले आक्रमण गर्ने योजना रोक्न सक्छन्। यो समाचार पहिलोपटक वाल स्ट्रिट जर्नलले प्रकाशन गरेको […]

२०८२ असार ५ गते, बिहीबार