बिश्व

डुंगा डुब्दा ४६ जनाको मृत्यु, १६ वेपत्ता

काठमाडौं, २४ जेठ । अफ्रिकी मुलुक ईथियोपियाका अबैध आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । सय जना इथियोपियन शरणार्थीसहित सोमालियाको बोसास्सो तटीय क्षेत्रबाट तस्करीका लागि हिँडेको डुंगा यमन नजिक अदेनको खाडीमा डुबेको हो । डुंगा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको र १६ जना वेपत्ता भएको बताइएको छ । […]

२०७५ जेष्ठ २४ गते, बिहीबार

ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

काठमाडौं, २३ जेठ । ग्वाटेमालामा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको संख्या बुधबार बिहानसम्म ७५ पुगेको छ । यस प्रकोपको कारण अझैपनि करिब २०० व्यक्ति बेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् । राजधानी सहरनजिकैको एक स्थानमा भएको सो ज्वालामुखी विस्फोट एक शताब्दीयताकै शक्तिशाली भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र […]

२०७५ जेष्ठ २३ गते, बुधबार

फेसन डिजाइनर केट स्पेड मृत भेटिइन

काठमाडौं, २३ जेठ । अमेरिकाकी विख्यात फेसन डिजाइनर केट स्पेड मृत अवस्थामा भेटिएकी छन् । न्यूयोर्कस्थित म्यानहट्टन अपार्टमेन्टमा उनी मृत अवस्थामा भेटिएकी हुन् । न्यूयोर्क प्रहरीले केट आफ्नै अपार्टमेन्टमा मृत फेला परेको जनाएको छ । केटलाई उनकी घरेलु कामदारले मृत अवस्थामा फेला पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले सुसाइड नोटसमेत […]

२०७५ जेष्ठ २३ गते, बुधबार

साउदी अरबमा महिलाले सवारी चलाउन पाउने

काठमाडौं, २३ जेठ । साउदी अरबका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन् । सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरिएको हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय लिनुभएको थियो । अब यही जुन २४ देखि साउदी अरबमा महिलाले सडकमा सवारी चलाउन पाउने […]

२०७५ जेष्ठ २३ गते, बुधबार

ज्वालामुखी विस्फोट , ७ जनाको मृत्यु

काठमाडौं, २१ जेठ । मध्य अमेरिकी मुलुक ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा दक्षिण–पश्चिममा ज्वालामुखी विस्फोट हुँदा करिब ३ सय घाइते भएका छन् । ज्वालामुखीबाट निस्किएको खरानी टाढाटाढासम्म पुग्दा राजधानीको विमानस्थलसमेत बन्द भएको छ । ज्वालामुखीबाट करिब १० लाख मानिस प्रभावित भएको ग्वाटेमाला […]

२०७५ जेष्ठ २१ गते, सोमबार

प्लास्टिकका झोला खाएर ह्वेलको मृत्यु

काठमाडौं, २० जेठ । दक्षिणी थाइल्याण्डमा ८० वटा प्लास्टिकका झोला खाएको एउटा ह्वेल मृत अवस्थामा फेला परेको थाइ नौसेनाले जनाएको छ। सोङख्ला प्रान्तको एउटा नहरमा संरक्षण अधिकारीहरूले सो ह्वेललाई जोगाउने प्रयास गर्दा उसले ५ वटा प्लास्टिकको झोला बान्ता गरेको थियो। उक्त ह्वेलले खाएका प्लास्टिकक झोलाको कुल तौल करिब ८ किलाे रहेको जनाइएकाे छ । नौसेनाका […]

२०७५ जेष्ठ २० गते, आईतवार

सार्वभौमिकता रक्षा गर्नु वैधानिक अधिकार – चीन

काठमाडौं, २० जेठ । चीनले दक्षिण चीन सागरस्थित टापुहरुमा अस्त्र राख्न पाउनु आफ्नो अधिकार भएको जिकिर गरेको छ । चीनले आफ्ना छिमेकीलाई तर्साउन खोजेको अमेरिकी आरोपप्रति प्रतिक्रिया दिँदै चीनले ती टापु चिनियाँ क्षेत्र रहेकाले आफ्नो सार्वभौमिकता रक्षा गर्नु चीनको वैधानिक अधिकार रहेको प्रष्ट गरेको हो । सिंगापुरमा एउटा सुरक्षा सम्मेलनमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले राखेको […]

२०७५ जेष्ठ २० गते, आईतवार

अनुहार ढाक्ने गरी बुर्का लगाउन प्रतिबन्ध

काठमाडौं , १८ जेठ । डेनमार्कले पुरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध लगाएको छ । डेनमार्कको संसदमा भएको मतदानमा ३० का विरुद्ध ७५ भोटले विधेयक पारित भएको हो । अब यससम्बन्धी कानून भने १ अगस्टबाट लागू गरिने छ । कानून उल्लंघन गरेमा १५७ डलर जरिवाना तिनुपर्ने तथा दोहोर्‍याएमा दश गुणा बढी जरिवाना गरिने छ […]

२०७५ जेष्ठ १८ गते, शुक्रबार

रुसी विदेशमन्त्री उत्तर कोरियामा

काठमाडाैं, १७ जेठ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन् । उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने जनाइएको छ । यी दुई देशले यस वर्ष कूटनीतिक समबन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाइरहेका छन् । रुसी विदेशमन्त्रालयद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा विदेशमन्त्री लाभरोभले उत्तर कोरियाको आणविक कार्यक्रम र […]

२०७५ जेष्ठ १७ गते, बिहीबार

हत्या गरिएका भनिएका पत्रकार जिउँदै !

काठमाडौं, १७ जेठ । युक्रेनमा हत्या भएको भनिएका एक जना रुसी पत्रकार नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका छन् । युक्रेनको राजधानी किभमा गोली हानी हत्या गरिएका भनिएका रुसी पत्रकार अर्कादी बाब्बेन्को नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका हुन् । युक्रेनी सुरक्षा अधिकारीसहित उपस्थित उनले आफ्नो हत्या अयोजनालाई असफल बनाउन यो नाटक रचिएको बताएका छन् […]

२०७५ जेष्ठ १७ गते, बिहीबार