बिश्व

उत्तर कोरियाद्वारा अमेरिकालाई चेतावनी

काठमाडौं, १७ पुस । गरिरहँदा उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकालाई चेतावनी दिएका छन् । उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा रहेको प्रष्ट पार्दै आफ्ना सबै क्षेप्यास्त्रको ‘स्वीच’ आफ्नै टेबलमा रहेको बताएका छन् । आफूले जहिलो चाह्यो, त्यसैबेला ती क्षेप्यास्त्र प्रयोग गर्न सक्ने उनको भनाइ थियो । उनले आफ्नो मुलुक ठूलो परमाणुृ […]

२०७४ पुष १७ गते, सोमबार

विमान दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं, १७ पुस । ल्याटिन अमेरिकी मुलुक कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये १० जना अमेरिकी पर्यटक छन् । मृत्यु हुने पाँच जना एकै परिवारका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गुआनाकास्ते प्रान्तको बेखुको पहाडी क्षेत्रमा विमान दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।- एजेन्सी

२०७४ पुष १७ गते, सोमबार

मूल्यबृद्धिबिरुद्ध प्रदर्शनमा , दुई जना मारिए, ५० भन्दा बढी पक्राउ

काठमाडौं, १६ पुस । मूल्यबृद्धिबिरुद्ध गरिएको प्रदर्शनका क्रममा दुई प्रदर्शनकारी मारिएका छन् । इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरु मारिएका हुन् । प्रदर्शनकै क्रममा ५० भन्दा बढी पक्राउ परेका छन् । प्रदर्शनमा उत्रेका दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति हसन रुहानीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । राष्ट्रपतिले भने […]

२०७४ पुष १६ गते, आईतवार

सरकार विरुद्ध प्रदर्शन, सामाजिक संजालबाटै एकजुट हुन आब्हान

काठमाडौं, पुस १५ । इरानमा सरकारको विरोधमा व्यापक प्रदर्शन गरिएको छ । विहीवारदेखि सुरु भएको प्रदर्शनले शुक्रवार झन् ठूलो आकार लिएको थियो । देशका प्रमुख शहरहरुमा फैलिएको प्रदर्शनको शुरुवात बढ्दो महँगीका विरोधमा भएको थियो । अब यो मुस्लिम धार्मिक नेताको शासनविरुद्ध केन्द्रित देखिएको छ । राजधानी तेहरानबाट प्रदर्शनमा संलग्न थुप्रैंलाई पक्राउ गरिएको छ । सन् […]

२०७४ पुष १५ गते, शनिबार

भारतलाई चीनको चेतावनी

काठमाडौँ , १४ पुस । चीनले सीमा क्षेत्रमा उत्तेजित गतिविधि नगर्न तथा आफ्ना सैनिकलाई नियन्त्रणमा राख्न भारतलाई चेतावनी दिएको छ । लामो समय डोकलाममा चीन र भारतका सेनाबीच द्वन्द्व चलेको स्मरण गर्दै चीनले आगामी दिनमा त्यस प्रकारका गतिविधि नदोहोर्‍याउन भारतलाई चेतावनी दिएको हो । चीनका रक्षा प्रवक्ता कर्णेल रेन गुआछियाङ्गले सन् २०१७ मा चीनले केही […]

२०७४ पुष १४ गते, शुक्रबार

काबुलमा शृंखलाबद्ध विस्फोट , ४० जना मारिए, ३० घाइते

काठमाडौं, १३ पुस । अफगानिस्तानको काबुलमा शृंखलाबद्ध आत्मघाती विस्फोट हुँदा ४० जना मारिएका छन् । काबुलस्थित पश्चिम क्षेत्रमा रहेको सिया सांस्कृतिक तथा धार्मिक संगठनको तवावन सांस्कृतिक केन्द्रमा बिहीबार गराइएको शृंखलाबद्ध आत्मघाती विस्फोटमा ४० जना मारिनुका साथै अरु ३० जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले एएफपीलाई भने, ‘आक्रमण तवावन सांस्कृतिक केन्द्रमा लक्षित […]

२०७४ पुष १३ गते, बिहीबार

सुपरमार्केटमा विस्फोट, १० जना घाइते

काठमाडौँ , १३ पुस । रुसको सेन्ट–पिटर्सबर्गस्थित एक सुपरमार्केटमा भएको विस्फोटमा १० जना घाइते भएका छन् । सेन्ट पिटर्सबर्गस्थित पेरेक्रेस्तोक सुपरमार्केटको ब्यागहरु राख्ने लकर रहेको ठाउँमा विस्फोट भएको बताइएको छ । विस्फोटमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा रिमोट कन्ट्रोलबाट सञ्चालित आधुनिक विष्फोटक पदार्थ […]

२०७४ पुष १३ गते, बिहीबार

‘जैस-ए मोहम्मद’का वरिष्ठ कमान्डर मारिए

काठमाडौं, १२ पुस । भारत नियन्त्रित जम्मु कस्मिरमा पृथकतावादी समूह जैस–ए मोहम्मदका एक वरिष्ठ कमान्डर मारिएका छन् । भारतीय अर्धसैन्य बलसँग भएको गोली हानाहानमा नूर मोहमद त्यान्त्रेको मृत्यु भएको हो । श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोरा गाउँमा गोली हानाहान भएको बताइएको छ । विशेष गुप्तचरको सूचनाअनुसार सो क्षेत्रमा अर्धसैन्य बलले कारबाही […]

२०७४ पुष १२ गते, बुधबार

राष्ट्रपतिको निर्वाचन बहिष्कार गर्न अपील

काठमाडौं, ११ पुस । रुसका विपक्षी दलका नेता एलेक्सी नाभाल्नीले आगामी राष्ट्रपति निर्वाचन बहिष्कार गर्न सबैमा अपील गरेका छन् । राष्ट्रपति चुनावमा नाभाल्नीलाई भाग लिन पुटिन सत्ताले प्रतिबन्ध लगाएपछि नाभाल्नी निर्वाचन नै बहिष्कार गर्न आम मतदातामा अपील गरेका हुन । भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै नाभाल्नीलाई भाग लिन नदिइने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । आगामी […]

२०७४ पुष ११ गते, मंगलवार

राजाद्वारा सहअस्तित्वको बाटो रोज्न आह्वान

काठमाडौं, १० पुस । क्याटलोनियाको विषयलाई लिएर विवाद बढी रहेका बेला स्पेनका राजा फिलिपे छैटौंले फेरि एकपटक एकताका लागि आह्वान गरेका छन् । क्रिसमसको अवसरमा दिएको सन्देशमा राजा फिलिपे छैटौंले क्याटलोनियाका नागरिकसँग टकराव र विवादको साटो सहअस्तित्वको बाटो रोज्न आग्रह गरेका हुन् । क्याटालोनियामा भएको मध्यावधि चुनावमा स्पेनबाट स्वतन्त्र हुने पक्षमा रहेका पार्टीले बहुमत सिट […]

२०७४ पुष १० गते, सोमबार