बिश्व

रक्षामन्त्री माइकलद्वारा राजीनामा

काठमाडौं, १६ कात्तिक । १५ वर्षअघि एक महिला पत्रकारलाई ‘अभद्र व्यवहार’ गरेको आरोप लागेका बेलायती रक्षामन्त्री माइकल फालनले पदबाट राजीनामा दिएका छन् । रक्षामन्त्री फालनले आकस्मिक रुपमा प्रधानमन्त्री टेरिजा मेसमक्ष राजीनामा बुझाएका हुन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन् । सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक–पटक पत्रकार जुलिया हाट्र्ले ब्रिअरको […]

२०७४ कार्तिक १६ गते, बिहीबार

जथाभावी ट्रक चलाएर ८ जनाको हत्या, ११ घाईते

काठमाडौं, १५ कात्तिक । अमेरिकाको न्यूयोर्कमा आतंकवादी हमला हुँदा ८ जनाको ज्यान गएकोे छ । न्यूयोर्कको मानहटनमा एक जना ट्रक चालकले साइकल लेनमा जथाभावी ट्रक गुडाएर ८ जनाको ज्यान लिएका हुन् । घटनामा ११ जना गम्भीर घाइते भएका छन् । साइकलको लेनमा जथाभावी ट्रक चलाउँदा साईकल राईडरसँगै पैदलयात्री समेत मारिएका छन् । अन्धाधुन्ध गुडाइएको ट्रकले […]

२०७४ कार्तिक १५ गते, बुधबार

ट्रम्पका सल्लाहकारद्वारा झुठो बोलेको स्वीकार

काठमाडौं, १४ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका एक सल्लाहकारले रुसी बिचौलियाहरुसँगको बैठकबारे अनुसन्धानकर्तासँग झुठो बोलेको स्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पका चुनावी सल्लाहकार जर्ज पापाडोपलसले चुनावी अभियानकै बेला एक जना रुसी बिचौलियासँग भेटघाट गरेको स्वीकारेका छन् । उनले रुसीहरुसँग हिलरी क्लिन्टनको अभियानलाई नोक्सान पुग्ने खालका सूचना भएको आफूलाई जानकारी दिएको बताए […]

२०७४ कार्तिक १४ गते, मंगलवार

स्पेनमा एकताका पक्षधरहरुद्वारा विशाल प्रदर्शन

काठमाडौं, १३ कात्तिक । स्पेनका एकताका पक्षधरहरुले बार्सिलोनामा विशाल प्रदर्शन गरेका छन् । स्वतन्त्रता घोषणा गरेको क्याटलोनियाको स्वायत्तता मड्रिडले खारेज गरिदिएपछि एकताका पक्षधरहरुले बार्सिलोनामा गरेको प्रदर्शनमा लाखौं सहभागी भएका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले स्पेनले बर्खास्त गरेका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनविरुद्ध नाराबाजी गर्दै कैद सजाय दिनुपर्ने मागसमेत गरेका छन् । स्पेनको केन्द्रीय सरकारले क्याटलोनमा आफ्नो […]

२०७४ कार्तिक १३ गते, सोमबार

सोमालियामा विष्फोट, १४ जनाको मृत्यु

काठमाडौं, १२ कात्तिक । सोमालियाको राजधानी मोगादिसुमा दुई वटा शक्तिशाली विष्फोट हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । पहिलो विष्फोट कारमा राखिएको विष्फोटक पदार्थ स्थानीय होटलमा विष्फोट गराइएको थियो । त्यसपछि लडाकुहरुले होटलमा धावा बोलेका थिए । दोस्रो विष्फोट पहिलाको संसद् भवन नजिकै गराइएको थियो । विष्फोटमा परि धेरै घाईते भएका छन् । विष्फोटको […]

२०७४ कार्तिक १२ गते, आईतवार

क्याटलोनियाको स्वातन्त्रता खारेज

काठमाडौँ, ११ कात्तिक । क्याटलोनियाको स्वतन्त्रता खारेज गरिएको छ । स्पेनले क्षेत्रीय सरकार र संसद्लाई विघटन गर्दै निर्वाचनको घोषणा गर्दै क्याटलोनियामा प्रत्यक्ष शासन लागू गरेको छ । क्याटलोनियालाई ‘सामान्य अवस्थामा फर्काउन’का निम्ति केन्द्र सरकारको प्रत्यक्ष शासन लागू गर्न आवश्यक भएको स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले बताएका छन् । प्रधानमन्त्री राखोयले क्याटलोनियाका अधिकांश जनताले स्वतन्त्र हुने कदमलाई […]

२०७४ कार्तिक ११ गते, शनिबार

दुव्र्यसनीका कारण मुलक नै लज्जित: ट्रम्प

काठमाडौं, १० कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अत्याधिक पेन किलर सेवन गर्ने अमेरिकी दुव्र्यसनी मुलुकका लागि लज्जाको विषय बनेको टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले यसलाई सार्वजनिक स्वास्थ्यको संकटकालका रुपमा घोषणा पनि गरेका छन् । प्रतिदिन १४० जनाको मृत्युको कारण बनिरहेको पेन किलर दुव्र्यसनी रोक्न उनले नयाँ योजना पनि अघि सारेका छन् । राष्ट्रपति […]

२०७४ कार्तिक १० गते, शुक्रबार

जर्ज बुसमाथि यौन उत्पीडनको आरोप

काठमाडौं, ९ कात्तिक । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुस सिनियरमाथि एक अभिनेत्रीले यौन उत्पीडनको आरोप लगाएकी छन् । ९३ वर्षीय बुस सिनियरले अभिनेत्री हिथर लिन्डले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् । उनले पूर्वराष्ट्रपति बुसले ह्वीलचेयरमा बसीबसी आफूलाई छोएको र फोटो खिचाउने क्रममा नराम्रा शब्द प्रयोग गर्दै ख्याल गरेको आरोप लगाएकी हुन् । हिथरले […]

२०७४ कार्तिक ९ गते, बिहीबार

सिनेटर जेफ फ्लेकद्वारा ट्रम्पको चर्को आलोचना

काठमाडौं , ८ कार्तिक । अमेरिकाका रिपब्लिकन सिनेटर जेफ फ्लेकले राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै आफू पुनः निर्वाचनमा नजाने बताएका छन् । एरिजोनाका रिपब्लिकन सिनेटर फ्लेकले अमेरिकी सरकारको शीर्ष तहमा लापरबाह, अपमानजनक र अशोभनीय व्यवहार भएका व्यक्ति बस्नु प्रजातन्त्रका लागि खतरापूर्ण भएकोसमेत बताएका छन् । राष्ट्रपति ट्रम्पले आफूलाई गाली गर्दै विषाक्त भनेकोमा आपत्ति जनाउँदै सिनेटर […]

२०७४ कार्तिक ८ गते, बुधबार

ट्रम्पप्रति युद्धमा मारिएका सैनिक पत्नीको आक्रोस

काठमाडौं, ७ कात्तिक । युद्धका क्रममा मारिएका एकजना अमेरिकी सैनिककी श्रीमती मेसिया जनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पले समवेदना व्यक्त गर्दा उनका श्रीमानको नाम सम्झन नसकेको भन्दै आक्रोस व्यक्त गरेकी छन् । राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न टेलिफोन गर्दा आफ्ना मृतक श्रीमान् सैनिकको नाम सम्झन नसकेको भन्दै मेसिया जनसनले दुःख र आक्रोस व्यक्त गरेकी हुन् । नाइजरमा […]

२०७४ कार्तिक ७ गते, मंगलवार