बिश्व

किमद्वारा दक्षिण कोरियाली समूहको कन्सर्ट अवलोकन

काठमाडौं, १९ चैत । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङमा विरलै भएको एक समारोहमा दक्षिण कोरियाको के पप सांगीतिक समूहको शान्ति कन्सर्ट अवलोकन गरेका छन् । दक्षिण कोरियाको सरकारी सन्चारमाध्यम ‘योनहाप’काअनुसार दक्षिण कोरियाली कलाकार समूहको कार्यक्रम हेर्ने किम उत्तर कोरियाको पहिलो नेता हुन् । कार्यक्रममा किमकी श्रीमती र बहिनी पनि उपस्थित थिए । ‘स्प्रिङ […]

२०७४ चैत्र १९ गते, सोमबार

सिरियामा नरसंहार रोक्न आह्वान

काठमाडौं, १९ चैत । ईष्टर पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै धर्मगुरु फ्रान्सिसले सिरियामा जारी नरसंहार रोक्न आह्वान गरेका हुन् । उनले दक्षिण सुडान तथा प्रजातान्त्रिक गणतन्त्र कंगोका मानिसको घाउ पनि निको पारिदिन ईश्वरसँग प्रार्थना गर्ने बताएका छन् । उनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गराउनका लागि वार्ता गर्न पनि आह्वान गरे । पोप फ्रान्सिसले आफूले […]

२०७४ चैत्र १९ गते, सोमबार

रुसले ५९ कूटनीतिज्ञलाई देश निकाला गर्ने

काठमाडौं, १८ चैत । रुसले थप २३ देशका ५९ कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो । पछिल्लो समयमा विश्वका थुप्रैं देशले रुसी कूटनीतिज्ञलाई निस्कासन गरेको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेको जनाइएको […]

२०७४ चैत्र १८ गते, आईतवार

सेनाद्वारा गोली प्रहार , १५ जना मारिए

काठमाडौं, १७ चैत । इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाले प्रहार गरेको गोली लागेर कम्तिमा १५ जनाको मृत्यु भएको छ । प्यालेस्टायनी अधिकारीहरुले इजरायली सेनाले गरेको गोली प्रहारबाट कम्तिमा १५ जनाको मृत्यु भएको र सयौं घाइते भएको बताएका छन् । हजारौं प्रदर्शनकारीले छ हप्ताको विरोध प्रदर्शनको पहिलो दिन सीमा क्षेत्रमा मार्च […]

२०७४ चैत्र १७ गते, शनिबार

मलाला पाकिस्तान फर्किइन

काठमाडौं, १५ चैत । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई ६ वर्षपछि पहिलो पटक पाकिस्तान फर्किएकी छन् । सन् २०१२ मा तालिवान लडाकूले गोली प्रहार गरेपछि उनी बेलायतको बर्मिङघममा बस्दै आएकी थिइन् । बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा एक जना बन्दुकधारीले उनलाई गोली प्रहार गरेका थिए । मलाला हाल २० वर्षकी […]

२०७४ चैत्र १५ गते, बिहीबार

प्रधानमन्त्री अब्बासीलाई कपडा खोल्न लगाइयो !

काठमाडौं, १४ चैत । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई अमेरिकाको जोन एफ केनेडी अन्तराष्ट्रिय विमानस्थलमा सर्वसाधारणलाई जस्तै गरी कपडा फुकाल्न लगाइएको छ । विमानस्थलको सुरक्षा जाँचका क्रममा कोट खोल्नुका साथै ब्याग बोकेर नियमित सुरक्षा जाँच पूरा गरेको भिडियो सार्वजनिक भएको छ । बहालवाला प्रधानमन्त्रीलाई यसरी खानतलासी गरिएको पहिलो पटक भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । […]

२०७४ चैत्र १४ गते, बुधबार

किम जोङ उन चीन पुगेको पुष्टी

काठमाडौं, १४ चैत । चिनियाँ सरकारी समाचार एजेन्सी सिह्न्वाले उत्तर कोरियाली शासक किम जोङ उन चीन पुगेको पुष्टी गरेको छ । केही दिनको अड्कलबाजीका बीच किम चीन पुगेको प्रमाणित भएको हो । बेइजिङमा चिनियाँ राष्ट्रपति जी शिनपिङले उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गरेको पनि समाचारमा उल्लेख छ । भेटवार्तालाई सफल भएको दावी गरिएको छ । […]

२०७४ चैत्र १४ गते, बुधबार

युरोपबाट १०० भन्दा बढी रुसी कूटनीतिक कर्मचारी निकाला

काठमाडौं, १३ चैत । अमेरिका र उसका युरोपेली साझेदारहरुले बेलायतमा एकजना पूर्वरुसी गुप्तचरमाथि असर गर्ने विषालु रासायनिक आक्रमणको संयुक्त प्रतिक्रियास्वरुप दर्जनौं रुसी कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएका छन् । संयुक्तरुपमा रुसी जासुसी अधिकारीहरुलाई देश निकाला गरिएको यो इतिहासमै ठूलो घटना हो । बेलायतसँग मिलेर २० भन्दा बढी मुलुकले १०० भन्दा बढी रुसी कूटनीतिक कर्मचारी निकाला […]

२०७४ चैत्र १३ गते, मंगलवार

क्याटलोनियामा प्रदर्शन चर्कियो

काठमाडौं, १२ चैत । स्पेनको क्याटलोनिया राज्यका पूर्वनेता कार्लस पुज्डमोनलाई जर्मनीमा पक्राउ गरिएपछि क्याटलोनियामा प्रदर्शन चर्किएको छ ।प्रदर्शनकाक्रममा प्रहरीसँगको भएको झडपमा कम्तीमा ८९ जना घाइते भएका छन् । चारजनालाई पक्राउ गरिएको छ । बेल्जियमतर्फ जानेक्रममा डेनमार्कको सीमा पार गरेपछि पुज्डमोन युरोपियन पक्राउ पुर्जीका आधारमा पक्राउ परेका हुन् । उनी गत बिहीबारदेखि फिनल्यान्ड भ्रमणमा थिए । […]

२०७४ चैत्र १२ गते, सोमबार

ब्यापारिक भवनमा आगलागी , ३७ जनाको मृत्यु

काठमाडौं, १२ चैत । रुसमा एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । रुस साइबेरियाको केमेरोफोस्थित एक शपिङ सेन्टरमा भीषण आगो लाग्दा अरु थुप्रैं व्यक्ति वेपत्ता भएका छन् । जसमा धेरै बच्चा रहेको हुनसक्ने बताइएको छ । उत्तिकै संख्यामा घाइते भएका छन् । विन्टर चेरी मलको चौथो तलाबाट आगो लागेको उक्त […]

२०७४ चैत्र १२ गते, सोमबार