बिश्व

बेलायतले रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने

काठमाडौं, १ चैत । बेलायतले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने आदेश दिएको छ । बेलायती प्रधानमन्त्री टेरिजा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकास गरिएको घोषणा गरेकी हुन् । रुसका पूर्व गुप्तचर र सर्गेइ स्क्रिपाल र उनकी छोरी युलिया स्क्रिपालमाथि गत मार्च ४ मा बेलायतमा विष प्रयोग गरी भएको हमलामा रुसको संलग्नता देखिएको […]

२०७४ चैत्र १ गते, बिहीबार

बंगलादेशमा राष्ट्रिय शोक

काठमाडौँ , ३० फागुन । बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिकरुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो । बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र […]

२०७४ फाल्गुन ३० गते, बुधबार

विश्व प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन

काठमाडौँ , ३० फागुन । विश्वका प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । ७६ वर्षको उमेरमा उनको निधन भएको हो । शरीरका केही भाग चल्न नसक्ने अवस्थामा उनी थिए । ‘ह्वील चेयर’ मा सीमित रहेर पनि उनले विज्ञानको क्षेत्रमा नयाँ खोज जारी राखेका थिए । उनले ‘ब्ल्याक होल’ र ‘बिग थ्यौरी’ बुझ्नका लागि अहम् […]

२०७४ फाल्गुन ३० गते, बुधबार

प्रधानमन्त्रीको सवारीलाई लक्षित गरी आक्रमण

काठमाडौँ , ३० फागुन । प्यालेस्टाइनका प्रधानमन्त्री रमी हमदुल्लाहको सवारीलाई लक्षित गरी गाजा क्षेत्रमा हमला भएको छ । प्रधानमन्त्री हमदुल्लाह भने सो हमलामा सुरक्षित रहन सफल भएको अधिकारीहरुले जनाएका छन् । सवारीमा सुरक्षा दिइरहेका केही सुरक्षाकर्मी भने हमलामा परी घाइते भएका छन् । सो हमलाको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन । प्यालेस्टाइनका अधिकारीहरुका अनुसार […]

२०७४ फाल्गुन ३० गते, बुधबार

उत्तर कोरियामा सिंगापुरको कम्पनीले सामान निर्यात गरेको दाबी

काठमाडौं, २९ फागुन । उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय नाकाबन्दीका बाबजुद सिंगापुरको कम्पनीले विलासिताका सामान निर्यात गरेको दाबी गरिएको छ । संयुक्त राष्ट्रसंघमा चुहिएको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो । यससम्बन्धी अन्तिम रिपोर्ट सुरक्षा परिषद्मा पेश गरिसकिएको छ र यो यसै हप्ताभित्र प्रकाशित गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सिंगापुरको कम्पनीले नाकाबन्दी उल्लंघन भएको प्रमाणित भए यस्तो […]

२०७४ फाल्गुन २९ गते, मंगलवार

चिनियाँ राष्ट्रपतिलाई अनिश्चितकालसम्म सत्तामा रहने बाटो खुला

काठमाडौं, २८ फागुन । चीनको नेसनल पिपुल्स कंग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहन पाउने संवैधानिक व्यवस्था अन्त्य गर्ने गरी ल्याइएको संविधान संशोधनलाई अनुमोदन गरेको छ । उक्त संशोधनले राष्ट्रपति सी चिनफिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि अनिश्चितकालसम्म सत्तामा रहिरहने बाटो खुला गरिदिएको छ । चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि […]

२०७४ फाल्गुन २८ गते, सोमबार

उत्तर कोरियासँगको वार्तामा अभूतपूर्व प्रगति हुने राष्ट्रपति ट्रम्पको विश्वास

काठमाडौं, २७ फागुन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्वरुपमा सफल हुने भविश्यवाणी गरेका छन् । उनले भने, ‘मैले देखेको छु कि हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता निकै सफल हुनेछ र यसले हामीबीचका सबै कुराहरुमा पनि खुलेर कुरागर्ने अवस्था आउने छ ।’ पेन्सिलभानियाका लागि प्रस्थान गर्नुअघि शनिबार […]

२०७४ फाल्गुन २७ गते, आईतवार

नाइजेरियामा हिंसात्मक घटना, २४ जनाको मृत्यु

काठमाडौँ , २४ फागुन । नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनामा परी कम्तिमा २४ जनाको मृत्यु भएको छ । पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको अधिकारीहरुले जनाएका छन् । हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्यका गभर्नर साम ओर्टोमले जानकारी दिएका छन् । […]

२०७४ फाल्गुन २४ गते, बिहीबार

ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामा

काठमाडौं, २३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार गैरी क्युनले पदबाट राजीनामा दिएका छन् । उनले देशको सम्मानका लागि राजीनामा दिएको उल्लेख गरेका छन् । गैरी क्युन राष्ट्रपति ट्रम्पका निकै विश्वासपात्र मानिन्छन् । उनले ट्रम्पको नीतिप्रति असन्तुष्ट रहेकै कारण राजीनाम दिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । पछिल्लो समय खुला ब्यापार र आल्मुनियम तथा […]

२०७४ फाल्गुन २३ गते, बुधबार

दक्षिण कोरियासँग ‘नयाँ इतिहास’ लेख्ने उत्तर कोरियाको इच्छा

काठमाडौं, २२ फागुन । उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियासँग राष्ट्रिय पुनःएकीकरणको नयाँ इतिहास लेख्ने चाहना व्यक्त गरेका छन् । दक्षिण कोरियाका प्रतिनिधिसँग प्योङयाङमा कुराकानी गर्दै किमले दक्षिण कोरियासँग नजिकको सम्बन्ध स्थापना गर्ने सन्दर्भमा यस्तो धारणा अगाडि बढाइने बताएको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ । उत्तर कोरियाली नेताले दुई मुलुकका नेताबीचको […]

२०७४ फाल्गुन २२ गते, मंगलवार