बिश्व

बन्दूक नियन्त्रण गर्न माग गर्दै लाखौं मानिस सडकमा

काठमाडौं, ११ चैत । बन्दूकमाथि पूर्ण नियन्त्रणको माग गर्दै पूरै अमेरिकाभर प्रदर्शन गरिएको छ । विद्यार्थीहरुको अगुवाईमा भएको प्रदर्शनमा समाजका विभिन्न क्षेत्रले समर्थन गरेका छन् । ‘मार्च फर आवर लाइभ्स्’ लेखेका ब्यानरसहित प्रदर्शनकारी सडकमा उत्रेका हुन् । सबैभन्दा ठूलो प्रदर्शन राजधानी वासिंगटन डिसीमा भएको छ भने देशको आठ सयभन्दा बढी स्थानमा यस्ता प्रदर्शन गरिएका छन् […]

२०७४ चैत्र ११ गते, आईतवार

अमेरिकामा चिनियाँ लगानी सीमित गर्ने निर्णय

काठमाडौं, ९ चैत । अमेरिकाले चिनियाँ सामानमाथि ६० बिलियन अमेरिकी डलरको शुल्क लगाउने तथा अमेरिकामा चिनियाँ लगानी सीमित गर्ने निर्णय लिएको छ । चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको आरोप लगाउँदै ट्रम्प प्रशासनले यो निर्णय लिएको हो । चिनियाँ अर्थव्यवस्थाबाट भइरहेको अन्यायपूर्ण चुनौतीको सामना गर्न यस्तो कदमको विकल्प नभएको ह्वाइट हाउसको जिकिर छ । […]

२०७४ चैत्र ९ गते, शुक्रबार

ट्रम्पको चीनमाथि नाकाबन्दी लगाउने योजना

काठमाडौं, ८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनमाथि नाकाबन्दी लगाउने योजना बनाएको छ । चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको भन्दै ट्रम्प प्रशासनले नाकाबन्दी लगाउने योजना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । धेरै वर्षदेखि छलफल हुँदै आएको बौद्धिक चोरीको विषयमा चीनले कुनै परिवर्तन नल्याएकाले नाकाबन्दी गर्ने ‘ह्वाइट हाउस’ले जनाएको हो । […]

२०७४ चैत्र ८ गते, बिहीबार

काबुलमा आत्मघाती विस्फोट, २६ जना मारिए

काठमाडौं, ७ चैत । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा २६ जनाको मृत्यु भएको छ । विस्फोटमा परी अरु १८ जना घाइते भएका छन् । काबुलस्थित धार्मिकस्थलमा नयाँवर्षका अवसरमा आयोजित एक समारोहमा एक अज्ञात व्यक्ति प्रवेश गरी आत्मघाती विस्फोट गराएको जनाइएको छ । विस्फोटका कारण धार्मिकस्थलमा पार्किङमा राखिएका दर्जनौं सवारी–साधनमा क्षति पुगेको छ । […]

२०७४ चैत्र ७ गते, बुधबार

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास थाल्ने

काठमाडौं, ७ चैत । अमेरिका र दक्षिण कोरियाले आगामी अप्रिलमा संयुक्त सैन्य अभ्यास थाल्ने भएका छन् । उत्तर कोरिया, अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्धमा केही हदसम्म सुधार आउन सक्ने आंकलन भइरहेकै बेला अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरेका हुन्. । सैन्य अभ्यासमा तीन लाख भन्दा बढी सैनिकले भाग लिने छन् । यद्यपि, […]

२०७४ चैत्र ७ गते, बुधबार

हतियारको दौडमा नलाग्ने राष्ट्रपति पुटिनको प्रतिबद्धता

काठमाडौं, ६ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै मुलुकसँग रचनात्मक वार्ताका लागि खुला रहेको बताएका छन् । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पुटिनले हतियारको दौडको पछि नलाग्ने र रक्षा खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी उम्मेदवारसँगको छलफलमा उनले आर्थिक वृद्धि आफ्नो मुख्य प्राथमिकता भएको बताए । पुटिन राष्ट्रपतिमा निर्वाचित […]

२०७४ चैत्र ६ गते, मंगलवार

पुटिन चौथो पटक राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ, ५ चैत । रुसमा भएको राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भएका छन् । आइतबार भएको मतदानको अधिकांश मत परिणाम सार्वजनिक हुँदा उनी ७६ प्रतिशत मत ल्याएर अर्को ६ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । पुटिनका निकटतम् प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टी अफ द रसियन फेडेरेसन (सिपीआरएफ)का उम्मेदवार व्यापारी पाभेल गुर्डीनिनले १२ प्रतिशतमात्र मत प्राप्त […]

२०७४ चैत्र ५ गते, सोमबार

‘सिरियाली युद्ध अपराध रोक्न राष्ट्रसंघ विफल’

काठमाडौं , ४ चैत । सिरियाली प्रतिपक्षी समूहका प्रमुखले संयुक्त राष्ट्रसंघलाई सिरियालीमा युद्ध रोक्न असफल भएको बताउनुभएको छ । प्रतिपक्षी समूहको वार्ता टोलीका प्रमुख नसर अल हरिरिले रियादमा सञ्चारकर्मीसँग शनिबार भन्नुभयो, “हामीले सिरियाको गुटा लगायतका क्षेत्रमा अपराधलाई रोक्न असफल हुनुमा प्रत्यक्ष जिम्मेवार राष्ट्रसंघ, सुरक्षा परिषद् र विश्व समुदायको मौनता भएको ठहर गरेका छौँ ।” “तर […]

२०७४ चैत्र ४ गते, आईतवार

चीन अमेरिकासँग असन्तुष्ट

काठमाडौं, ४ चैत । अमेरिकाले ताइवानप्रतिको आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गरेपछि चीन असन्तुष्ट भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान यात्रासम्बन्धी एक कानुनमा हस्ताक्षर गर्दै अमेरिकी अधिकारीलाई ताइवान भ्रमण गर्न र त्यहाँका अधिकारीहरुलाई भेट्न बाटो खोल्ने निर्णय गरेका थिए । यो निर्णयले चीन र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा तुषारापात आउने भन्दै चीनले असन्तुष्टि ब्यक्त गरेको हो […]

२०७४ चैत्र ४ गते, आईतवार

रुसद्वारा बेलायती कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय

काठमाडौं, ३ चैत । रुसले २३ जना बेलायती कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ । रुसी विदेश मन्त्रालयले मस्कोस्थिति बेलायती दूतावासमा रहेका कूटनीतिक कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्ने र एक हप्ताभित्र देश निकाला गर्ने जनाएको छ । बेलायतले आफ्ना २३ जना कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएको प्रतिक्रियास्वरुप रुसले यस्तो निर्णय गरेको हो । […]

२०७४ चैत्र ३ गते, शनिबार