बिश्व

सिरियामा ३० दिनका लागि युद्धविराम

काठमाडौं, १३ फागुन । सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा ३० दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । सिरियामा ३० दिनका लागि युद्धविराम गर्ने प्रस्ताव सुरक्षा परिषद्मा सर्वसम्मत पारित भएको हो । सुरक्षा परिषद्का सबै १५ सदस्यले प्रभावित क्षेत्रमा सहायता र औषधि उपलब्ध गराउन प्रस्तावको समर्थन गरेका हुन् । पछिल्लो […]

२०७४ फाल्गुन १३ गते, आईतवार

कारबम विस्फोट, ३८ जनाको मृत्यु

काठमाडौं, १३ फागुन । सोमालियाको राजधानी मोगादिशुमा दुईओटा कारबम विस्फोट हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । पहिलो आक्रमण राष्ट्रपति निवासको गेटबाहिर र दोस्रो नजिकैको होटलमा गराइएको थियो । आक्रमणमा परी दर्जनौं घाइते भएका छन् । विस्फोटलगत्तै सरकारी सेनाले गरेको जवाफी कारबाहीमा पाँचजना आक्रमणकारी पनि मारिएका छन् । सोमलियाको सरकारलाई हटाउन संघर्षरत् इस्लामिक अतिवादी […]

२०७४ फाल्गुन १३ गते, आईतवार

सुरक्षा परिषदको बैठक निष्कर्षहीन

काठमाडौं, ११ फागुन । सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन भएको छ । बैठकमा सिरियामा जारी संघर्ष रोक्न ३० दिनका लागि युद्धविरामसम्बन्धी प्रस्तावमा छलफल भए पनि रुसको अडानका कारण पारित हुन नसकेको हो । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सिरियामा मानवतावादी युद्धविरामका लागि तयार नभएको जनाएको छ । युद्धविराम […]

२०७४ फाल्गुन ११ गते, शुक्रबार

सरिफ पार्टी अध्यक्ष बन्न नमिल्ने अदालतको ठहर

काठमाडौं, १० फागुन । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला गरेको छ । सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजको अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले ठहर गरेको हो । प्रधानन्यायाधीन मेन साक्विब निसारको नेतृत्वमा रहेको इजलासले यो फैसला गरेको हो । जेलमा राखिएका कुनै पनि व्यक्तिले […]

२०७४ फाल्गुन १० गते, बिहीबार

सेनाद्वारा बमबारी, सयौ सर्वसाधारणको मृत्यु

काठमाडौं, ९ फागुन । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार गरेको बमबारीमा २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० जनाभन्दा बढी बालबालिका रहेको बताइएको छ । सिरियाली सहायता संगठनका कार्यकर्ताहरुले सन् २०१३ मा राजधानी दमास्कस नजिक भएको यो सबैभन्दा ठूलो आक्रमण भएको जनाएका छन् […]

२०७४ फाल्गुन ९ गते, बुधबार

ट्रम्प बन्दुक राख्न पाउने नियम सुधार गर्ने पक्षमा

काठमाडौं, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक राख्न पाउने नियममा सुधारको पक्षमा समर्थन जनाएका छन् । कुनै पनि नागरिकलाई बन्दुक राख्न इजाजत दिनु अघि उसको पृष्ठभूमिलाई सूक्ष्म ढंगबाट जाँच गर्नु पर्ने प्रस्तावमा उनले समर्थन गरेका हुन् । ह्वाइट हाउसकाअनुसार ट्रम्पले रिपब्लिकन सीनेटर जोन कार्निङले प्रस्तुत गरेको विधेयकका विषयमा छलफल गरेका छन् । यो […]

२०७४ फाल्गुन ८ गते, मंगलवार

‘ इरान विश्वकै लागि खतरा’

काठमाडौं, ७ फागुन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विश्वका लागि सबैभन्दा ठूलो खतरा रहेको बताएका छन् । म्युनिखमा आयोजित सेक्युरिटी सम्मेलनमा इरानविरुद्ध कडा अभिव्यक्ति दिदैं उनले इरानी नेतृत्वलाई इजरायलमा ‘आतंकवादी नाक घुसाउन’ नदिने प्रष्ट पारे । उनले सोही सम्मेलनमा सहभागी इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफमाथि समेत गम्भीर आरोप लगाउँदै भने, ‘उहाँ इरानको नेतृत्वको वाकपटु […]

२०७४ फाल्गुन ७ गते, सोमबार

बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न माग

काठमाडौं, ६ फागुन । फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले अमेरिकामा बन्दुक राख्न पाउने कानुनलाई नियन्त्रण गर्न माग गरेको छ । सो हत्याकाण्डमा मारिएकाको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रमका सहभागीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लज्जाबोध गर्नुपर्ने भन्दै बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न अपील गरे । राष्ट्रपति डोनल्ड ट्रम्पले भने आफनो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र […]

२०७४ फाल्गुन ६ गते, आईतवार

डिभी चिठ्ठालगायतका विधेयक संसदबाट अस्वीकृत

काठमाडौं, ४ फागुन । डिभी चिठ्ठालगायतका विषय समेटिएका चारवटा विधेयक अमेरिकी संसदले अस्वीकृत गरिदिएको छ । यी विधेयकमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षासमेत सामेल थियो । अमेरिकाको माथिल्लो सदन सीनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षालगायतका विधेयकलाई अस्वीकृत गरेको हो । सीमा सुरक्षा र नियमसँगसम्बन्धित डाका विधेयक दुईपक्षीय समर्थनमा पेश गरिएको […]

२०७४ फाल्गुन ४ गते, शुक्रबार

राष्ट्रपतिद्वारा राजीनामा

काठमाडौं, ३ फागुन । आफ्नै पार्टीको निरन्तर दवावपछि राष्ट्रपतिले पदबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले टेलिभिजनमा सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका हुन् । उनले पार्टी निर्णयबाट आफू असन्तुष्ट रहेको समेत बताए । उनले सम्बोधनका क्रममा आफ्नो पार्टी एएनसीमा हिंसा हुने र पार्टी विभाजनमा जाने भएकाले आफूले राजीनामा दिएको बताए । […]

२०७४ फाल्गुन ३ गते, बिहीबार