बिश्व

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन हुँदै

काठमाडौँ । दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन गर्न आज मतदान भएको छ । निर्वाचनमा वामपन्थी विचारधाराको डेमोक्रेटिक पार्टी अफ कोरिया डीपीके र दक्षिणपन्थी विचारधाराको पीपुल पावर पार्टी पीपीपीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । राष्ट्रपति चुनावमा दुई मुख्य उम्मेदवारहरू लिबरल उम्मेद्वार ली जे म्युङ र कन्जरभेटिभका उम्मेद्वार किम मुन सु रहेका छन । नतिजा बुधबार […]

२०८२ जेष्ठ २१ गते, मंगलवार

इजरायलद्वारा मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि आक्रमण

काठमाडौँ । इजरायली सेनाले गाजा क्षेत्रमा मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि आक्रमण गरेको छ । सहायता वितरण स्थलनजिक भएको यो घटनापछि संयुक्त राष्ट्रसङ्घले स्वतन्त्र छानबिनको माग गरेको छ । गाजाको दक्षिणी भागमा रहेको त्यही सहायता केन्द्रमा इजरायली सेनाले दोस्रो दिन गोलाबारी गरेको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सेनाले प्यालेस्टिनी नागरिकमाथि कुनै चेतावनी नदिइ […]

२०८२ जेष्ठ २१ गते, मंगलवार

युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति

काठमाडौँ । टर्कीमा भएको युक्रेन र रुसबीचको वार्तामा ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति भएको छ। युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले युक्रेनले रुसको ज्ञापनपत्र प्राप्त गरेको जानकारी दिँदै अर्को कदम चाल्न एक हप्ता लाग्ने बताएका छन्। उनले सबै गम्भीर घाइते वा बिरामी सैनिक र १८ देखि २५ वर्ष उमेरका सबै लडाकु आदानप्रदान गर्न तथा मारिएका सैनिकहरूको […]

२०८२ जेष्ठ २१ गते, मंगलवार

युक्रेनद्वारा रुसविरुद्ध अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण

काठमाडौँ । युक्रेनले रुसविरुद्ध अहिलेसम्मकै सबै भन्दा लामो दुरीको हमला गरेको छ । युक्रेनले चार सैन्य आधारमा रहेका ४० रुसी युद्ध विमान माथि लक्षित गर्दै लगातार ड्रोन आक्रमण गरेको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए अनुसार ३४ प्रतिशत रुसी रणनीतिक मिसाइल बोक्ने स्थानमा स्पाइडर वेब भनिने सुरक्षा संयन्त्रको प्रयोग गर्दै ११७ वटा ड्रोन प्रहार […]

२०८२ जेष्ठ २० गते, सोमबार

हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकार

काठमाडौँ । हमासले युद्धविरामको प्रस्ताव स्वीकार गरेको छ। अमेरिकी युद्धविराम प्रस्ताव स्वीकार गर्दै हमास समूह १० जना जिवित र १८ मृत बन्धक रिहा गर्न तयार भएको हो । तर, उसले प्यालेस्टाइनी कैदीहरुको रिहाइका साथै स्थायी युद्धविराम र गाजाबाट इजरायली फौजको पूर्ण फिर्तीलाई प्रमुख सर्त बनाएको छ।साथै मानवीय सहायता निरन्तर आपूर्ति गरिनुपर्ने माग दोहो¥याएको छ। उसले […]

२०८२ जेष्ठ १९ गते, आईतवार

अमेरिका–चीन व्यापार वार्ता अवरुद्ध !

काठमाडौँ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनबीचको व्यापार वार्ता थोरै अवरुद्ध भएको बताएका छन्। बेसेन्टले फक्स न्युजलाई भने- ‘मलाई लाग्छ कि वार्ताको परिणाम र जटिलतालाई ध्यानमा राख्दै, यसले दुवै देशका नेताहरूलाई एकअर्कासँग तौलिनु आवश्यक पर्नेछ।’डोनाल्ड ट्रम्पको विश्वव्यापी कर व्यवस्थालाई बुधबारको एक फैसलापछि धक्का लागेको थियो। किनकि, उक्त फैसलामा उनले आफ्नो अधिकार नाघेको निर्णय […]

२०८२ जेष्ठ १८ गते, शनिबार

अमेरिकाका पाँच लाख भन्दा बढी आप्रवासी सङ्कटमा !

काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाबाट आएका लाखौँ आप्रवासीको कानुनी हैसियत तत्कालका लागि रद्द गर्न ट्रम्प प्रशासनलाई शुक्रबार अनुमति दिएको छ। यो निर्णयले पूर्वराष्ट्रपति जो बाइडेनले सुरु गरेको ‘प्यारोल’ कार्यक्रम (अध्यागमन हिरासतबाट रिहाइ) अन्तर्गत अमेरिका बस्दै आएका करिब पाँच लाख ३२ हजार व्यक्तिलाई देश निकालाको जोखिममा पारेको छ।प्यारोल कार्यक्रमले ‘मानव अधिकारको […]

२०८२ जेष्ठ १८ गते, शनिबार

इजरायलको आक्रमणवाट गाजामा ४४ जनाको मृत्यु

काठमाडौँ । इजरायली आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । जसमा २३ जना अल-बुरेजस्थित एक घरमा भएको आक्रमणमा मारिएका हुन् । यसैगरी दक्षिणी गाजा पट्टीको मोराग क्षेत्रमा रहेको अमेरिकी सहायता केन्द्र नजिकै इजरायली सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको बताइएको छ ।अमेरिका समर्थित गाजा ह्युमेनिटेरियन […]

२०८२ जेष्ठ १७ गते, शुक्रबार

युक्रेनलाई ५० करोड डलर ऋण सहयोग !

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको बिहीबार घोषणा गरेको छ । तीन वर्षभन्दा बढी समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले वासिङ्टनस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट चार वर्षमा १५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राहत पाएको छ ।युक्रेनको भ्रमणपछि […]

२०८२ जेष्ठ १७ गते, शुक्रबार

विश्वको औसत तापक्रम १.९ डिग्री सेल्सियसम्म बढ्ने

काठमाडौं । विश्व मौसम संगठन (डब्ल्यूएमओ)ले आगामी पाँच वर्षमा विश्वको औसत तापक्रम १.९ डिग्री सेल्सियसम्म बढ्ने अनुमान गरेको छ । यो अनुमान ५० वर्षको औसत (सन् १८५० देखि १९०० को अवधिको औसत) तापक्रमको तुलनामा गरिएको हो । बुधबार सार्वजनिक विश्व मौसम संगठनको रिपोर्टमा सन् २०२५ देखि सन् २०२९ सम्मको अवधिमा हालसम्मको सबैभन्दा तातो वर्ष २०२४ […]

२०८२ जेष्ठ १६ गते, बिहीबार