बिश्व

ब्रिटिश प्रधानमन्त्री मानव अधिकारसम्बन्धी कानुन परिवर्तन गर्न तयार

काठमाडौं, २४ जेठ । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले मानव अधिकारसम्बन्धी जुनसुकै कानुन परिवर्तन गर्न आफू तयार रहेको बताएकी छन् । प्रहरी र सुरक्षा निकायलाई आतंकवादको खतरासँग प्रभावकारी ढंगले जुध्न अफ्ठ्यारो परेको भन्दै मानवअधिकार कानून नै परिवर्तन गर्ने उनले बताएकी हुन् । प्रधानमन्त्री पदमा फेरि निर्वाचित भए मानव अधिकारसम्बन्धी युरोपेली कानुनहरुभन्दा बाहिरका व्यवस्था पनि अंगाल्न उनी […]

२०७४ जेष्ठ २४ गते, बुधबार

अमेरिकाको आग्रहमा कतारसँग सम्बन्ध विच्छेद : ट्रम्प

काठमाडौं, २४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरुले कतारसँगको सम्बन्ध बिच्छेद आफ्नो आग्रहका कारण गरेको प्रष्ट पारेका छन् । साउदी अरबको भ्रमणका क्रममा रहेका राष्ट्रपति ट्रम्पले कतार अतिवादी बिचारधारातर्फ उन्मुख रहेको उकतारसँग कुनै कूटनीतिक सम्बन्ध नराख्न आफूले आग्रह गरेपछि सम्बन्ध बिच्छेद गरिएको दावी गरेका हुन् । कतारविरुद्ध खाडी मुलुक एक हुन प्रेरित गरेकैले […]

२०७४ जेष्ठ २४ गते, बुधबार

ट्रक बम विस्फोटमा परि १५०को मृत्यु

काठमाडौ, २३ जेठ । काबुलमा विभिन्न देशको राजदूतावास र राजदूतावासका कर्मचारीको वासस्थानसमेत अवस्थित स्थानलक्षित गत हप्ता भएको बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको संख्या १५० पुगेको अफगान राष्ट्रपति असरफ घानीले मंगलबार बताएका छन् । अफगानिस्तानको राजधानी काबुलमा भएको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा राष्ट्रपति घानीले उक्त जानकारी दिएका छन् । गत हप्ता भएको यो आक्रमण सन् २००१ […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

लण्डन आक्रमणमा संलग्न सार्वजनिक

काठमाडौं, २३ जेठ । एकपछि अर्को गर्दै आतंकवादी निशानामा पर्दै आएको बेलायतको लण्डनमा शनिवार राति गराइएको आक्रमणमा संलग्न दुई जनाको नाम सार्वजनिक गरेको छ । नाम सार्वजनिक गरिनेहरुमा २७ बर्षिय खुर्रम बट र अर्का ३० बर्षका रशीद रिदवान छन् । खुर्रम पाकिस्तानी नागरिक र रशीदको सम्बन्ध मोरक्को र लिबियासँग रहेको बेलायती अधिकारीहरुले जनाएका छन् । […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

आधा दर्जनभन्दा बढी मुलुकले कतारसँगको कूटनीतिक सम्बन्ध तोडे

काठमाडौं, २३ जेठ । इजिप्ट र साउदी अरबले कतारको बिमानलाई आफनो हवाई मार्ग प्रयोग गर्नमा प्रतिबन्ध लगाएका छन् । क्षेत्रीय स्थिरतालाई खलल पुर्‍याएको आरोपमा सोमबार कतारसँगको सम्बन्ध तोड्ने सात मुलुक मध्येका इजिप्ट र साउदी अरवले कतारको विमानलाई आफ्नो हवाई मार्ग प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । यस्तै, साउदी अरब, युएई, इजिप्ट र बहराइनले कतारलाई हवाई, जमीन […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

लन्डन आक्रमणमा संलग्न रहेको भन्दै १२ जना पक्राउ

काठमाडौ, २२ जेठ । एकपछि अर्को गर्दै आतंकवादी निशानामा पर्दै आएको बेलायतको लण्डनमा शनिबार राति गराइएको आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सात जना महिला छन् । लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गरिएको आक्रमणमा सात जना मारिएका थिए भने ४८ जना घाइते भएका छन् । घाइतेमध्ये […]

२०७४ जेष्ठ २२ गते, सोमबार

लन्डनमा आतंकवादी हमला

काठमाडौं, २१ जेठ । बेलायतको लन्डनस्थित चर्चित लन्डन ब्रिजमा आतंककारी आक्रमण भएको छ । भ्यानमा आएका तीन जना हतियारधारीले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । घटनामा ५÷६ जनाको मृत्यु भएको जनाइएको छ । यद्यपि मृतकको संख्याबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन । प्रहरी स्रोतले प्रारम्भमा एकजनाको मृत्यु भएको पुष्टि […]

२०७४ जेष्ठ २१ गते, आईतवार

समलिंगी नेता प्रधानमन्त्री बन्ने

काठमाडौं, २० जेठ । समलिंगी नेता लियो भाराड्कार आयरल्यान्डका प्रधानमन्त्री बन्ने भएका छन् । ३८ वर्षका भाराड्कार रिपब्लिक अफ आयरल्याण्डको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलको नेता चुनिएसँग नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । सन् १९९० को दशकसम्म समलैंगिकता र सम्बन्ध विच्छेद गैरकानुनी रहेको देशको उनी पहिलो समलिंगी प्रधानमन्त्री बन्न लागेका हुन् । […]

२०७४ जेष्ठ २० गते, शनिबार

जलवायुसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने अमेरिकाको चेतावनी

काठमाडौं, १९ जेठ । जलवायुसम्बन्धी पेरिस सम्झौतामा आनाकानी गर्दै आएको अमेरिकाले यस सम्झौताबाट बाहिरिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौता अमेरिकी हित विपरीत रहेको भन्दै बाहिरिने धम्की दिएका हुन् । आफू अमेरिकी नागरिकको रोजगारी र अमेरिकाको औद्योगिक हितको पक्षमा रहेको भन्दै ट्रम्पले यसबाट बाहिरिने स्पष्ट पारेका हुन् । राष्ट्रपति ट्रम्पले चुनावी […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

काबुलमा शक्तिशाली विस्फोट, ८० को मृत्यु, ३५० बढी घाइते

काठमाडौं, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक क्षेत्रमा मंगलबार गराइएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश सर्वसाधारण छन् । विस्फोटमा परी ३५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । जर्मनीको दूतावास रहेको जानबाक स्क्वायरनजिक सवारी–साधनमा बम राखी […]

२०७४ जेष्ठ १७ गते, बुधबार