बिश्व

ट्रम्पले गोप्य सूचना चुहाए !

काठमाडौं ,२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धीत एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको नाम नखुलाएका अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। उक्त सूचना अमेरिकाको एउटा मित्र शक्तिबाट आएको थियो जसले उक्त जानकारी रुसलाई पनि उपलब्ध गराउन अनुमति नदिएको द वासिङटन पोष्टले जनाएको छ। अघिल्लो हप्ता राष्ट्रपति ट्रम्पले रुसी विदेशमन्त्री […]

२०७४ जेष्ठ २ गते, मंगलवार

‘हालै परीक्षण गरिएको क्षेप्यास्त्र ठूलो परमाणु हतियार बोक्ने क्षमताको ‘

काठमाडौं,१ जेठ । उत्तर कोरियाले हालै परीक्षण गरिएको आफ्नो क्षेप्यास्त्रले ठूलो परिमाणमा परमाणु हतियार बोक्न सक्ने दाबी गरेको छ । आइतबार गरिएको सो क्षेप्यास्त्रको परीक्षण सफल भएको जनाउँदै उत्तर कोरियाले यस्तो दाबी गरेको छ । उत्तर कोरियाली सरकारी संचारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्र नयाँ प्रकारको रकेटजस्तै हो, जसले परमाणु हतियार बोक्न सक्छ । उक्त क्षेप्यास्त्र दुई […]

२०७४ जेष्ठ १ गते, सोमबार

प्रधानमन्त्रीको कुर्सीमा तीन वर्षीय बालक !

काठमाण्डौ,३१ बैशाख । प्रधानमन्त्रीको कुर्सीमा तीन वर्षीय बालक बसेको तस्वीर सामाजिक संजालमा भाइरल बनेको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको कुर्सीमा एउटा बालक बसेको तस्वीर अहिले सामाजिक संजालमा भाइरल बनेको छ । विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यममा पनि यो तस्वीरले ठाउँ पाएको छ । ती वर्षीय ती बालक अरु कोही नभएर प्रधानमन्त्री ट्रुडोकै छोरा हुन् । शनिबार […]

२०७४ बैशाख ३१ गते, आईतवार

उत्तर कोरियाद्वारा पुनः मिसाइल परीक्षण

काठमाडौं, ३१ बैशाख । उत्तर कोरियाले आज पुनः ब्यालेस्टिक मिसाइल परिक्षण गरेको छ । उत्तर कोरियाको दक्षिणी क्षेत्रबाट कुसोङमा ७ सय किलोमिटरको दूरीमा मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । अमेरिका, दक्षिण कोरिया, जापानलगायत विश्वका थुपै्र मुलुकको विरोधका बाबजुद पनि उत्तर कोरियाले यो वर्ष मिसाइल परीक्षणलाई तीब्रता दिएको छ । यसअघि गत महिना उत्तर […]

२०७४ बैशाख ३१ गते, आईतवार

चीनमा भूकम्प, ८ जनाको मृत्यु

काठमाण्डौ,२८ बैशाख । चीनको पश्चिमी क्षेत्रस्थित शिङ्गजियाङ्ग प्रान्तमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट ८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्रकाशमा आएको छ । चिनियाँ समाचार समिति ‘सिन्ह्वा’ का अनुसार भूकम्पमा परी ११ जना घाइते भएका छन् । ५.४ म्याग्निच्यूड मापन गरिएको सो भूकम्प स्थानीय समयअनुसार बिहान ५ः५८ मा गएको हो । भूकम्पपछि पराकम्पहरु […]

२०७४ बैशाख २८ गते, बिहीबार

मोदीको भ्रमणपूर्व बारुलाको गुँडहरु हटाइयो

काठमाण्डौ,२७ बैशाख । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्रीलंकाली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने औपचारिक भ्रमणकोक्रममा बुधबार श्रीलंका आइपुग्दैछन् । बुद्धजयन्तीको उपलक्षमा राजधानी कोलम्बोमा आयोजित ‘वैशाख’ नामक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री मोदीले प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्नेछन् । एसियाकै ज्योति (लाइट अफ एसिया)का नामबाट विश्वभरका अर्बौं […]

२०७४ बैशाख २७ गते, बुधबार

कोलोम्बियामा आठ सर्वसाधारणको अपहरण

काठमाडौं, २६ बैशाख । कोलोम्बियाको विद्रोही समूहले आठ जना सर्वसाधारणलाई अपहरण गरेको छ । कोलोम्बियाको दोस्रो ठूलो विद्रोही समूह नेसनल लिवरेसन आर्मीले आठ जना सर्वसाधारणलाई अपहरण गरी डुंगामा चढाएर घना जंगलतर्फ लगेको कोलम्बियाली सरकारले जनाएको छ । अपहरणमा पर्नेमा सात जना पुरुष र एक महिला छन् । सर्वसाधारणलाई अपहरणमुक्त गर्न कोलम्बियाली सेनाले प्रयास जारी राखेका […]

२०७४ बैशाख २६ गते, मंगलवार

बोको हरामको अपहरणवाट ८२ जना बालिका मुक्त

काठमाडौं, २४ बैशाख । नाइजेरियामा बोको हरामको अपहरणमा परेका ८२ जना बालिका मुक्त भएका छन् । नाइजेरियाको बन्दी गृहमा रहेका बोको हरामका केही कार्यकर्ता छाड्ने सर्तमा उनीहरुलाई मुक्त गरिएको बोको हरामले जनाएको छ । उनीहरुलाई राष्ट्रपति मोहमद बुहारीको जिम्मा लगाइने बताइएको छ । बोको हरामको अपहरणमा परेका अन्य १ सय ९५ जना छात्राको अवस्था भने […]

२०७४ बैशाख २४ गते, आईतवार

रासायनीक ग्यास फैलँदा …

काठमाडौं,२३ वैशाख । भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी आज अस्पताल भर्ना भएका छन् । विद्यालयमा पढाइ भइरहेकाबेला रासायनीक ग्यास फैलिएर बिरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा, घाटीलगायतका अंगमा नकारात्मक असर परेर अफ्ठ्यारो भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । नयाँदिल्लीमा रहेको एक विद्यालयनजिकैको उद्योगका […]

२०७४ बैशाख २३ गते, शनिबार

नमाजका लागि निकालिएका कैदी भागेपछि ..

काठमाडौं, २३ बैशाख । इन्डोनेसियाको सुमात्रास्थित एक जेलबाट १ सयभन्दा बढी कैदी फरार भएका छन् । शुक्रबार नमाजका लागि जेलबाट बाहिर निकालिएका कैदीमध्ये करिब दुई सय जना भागेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये करिब एक तिहाईलाई पुनः पक्राउ गरिएको बताइएको छ । कैदीले खचाखच भरिएको जेलबाट भागेका कैदीहरुको फुटेज स्थानीय एक टेलिभिजन च्यानलले प्रसारण गरेको […]

२०७४ बैशाख २३ गते, शनिबार