बिश्व

अमेरिकामा भिषण आँधी

काठमाडौं, ८ फागुन । अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीमा परेर चार जनाको मृत्यु भएको छ भने थुपै्रं घाइते भएका छन् । आँधीबाट लाखौं मानिस प्रभावित बनेका छन् । केही वर्षयताकै ठूलो मानिएको आँधीले जनजीवन नराम्ररी प्रभावित भएको हो । बोम्बोजेनेसिस नाम दिइएको आँधीसँगै आएको ठूलो पानी र बाढीका कारण क्यालिफोर्नियाका डेढ लाखभन्दा धेरै घरमा बिजुलीको […]

२०७३ फाल्गुन ८ गते, आईतवार

‘राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न सीआइएको निर्देशन’

काठमाडौं, ७ फागुन । विकिलिक्सद्वारा विहीबार सात पृष्ठ लामो एक दस्तावेज सार्वजनिक गर्दै फ्रान्सको सन् २०१२ मा भएको राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआइए)ले आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको जनाइएको छ । विहीबार राति विकिलिक्सद्वारा उक्त दस्तावेजलाई सार्वजनिक गर्दै ‘अमेरिकी जासुसहरु अनधिकृतरुपमा निर्वाचन अभियानलाई प्रभावित तुल्याउन खटिएको’ जनाइएको छ । विकिलिक्सद्वारा प्रकाशित सीआइएसम्बन्धी […]

२०७३ फाल्गुन ७ गते, शनिबार

आइएसद्वारा आत्मघाती आक्रमण , दर्जनौंको हत्या

काठमाडौं, ६ फागुन । पाकिस्तानमा इस्लामिक अतिवादी समूह इस्लामिक स्टेटले आत्मघाती आक्रमण गराइ दर्जनौंको हत्या गरेको छ । दक्षिणी सिन्ध प्रान्तको निकै चर्चित सूफी दरगाहमा गराइएको आत्मघाती विष्फोटमा कम्तीमा ७० जना मारिएका छन् । घटनामा दुई सय ५० भन्दा बढी घाइते भएका छन् । सेहवन शहरस्थित सूफी सन्त लाल शाहबाज कलन्दरका दरगाहमा भक्तजनको भीड भएको […]

२०७३ फाल्गुन ६ गते, शुक्रबार

संचारमाध्यम बेइमान : ट्रम्प

काठमाडौं, ६ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रेस जगत नियन्त्रणभन्दा बाहिर गएको भन्दै मीडियाको तीखो आलोचना गरेका छन् । उनले शुरुवाती दिनमा आफूले निकै राम्रो काम गरे पनि सञ्चारमाध्यमले त्यसको आलोचना गरेको भन्दै मीडियाप्रति रोष प्रकट गरेका हुन् । ह्वाइट हाउसमा बोलाइएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेलगत्तैदेखि देशभित्र र बाहिर आफूले अफ्ठ्यारा परिस्थितिमात्र […]

२०७३ फाल्गुन ६ गते, शुक्रबार

ट्रम्पद्वारा इजरायल र प्यालेष्टायनबीचको नीति परित्याग

काठमाडौं,५ फागुन । अमेरिकाले इजरायल र प्यालेष्टायनबीच वर्षौदेखि चल्दै आएको संघर्ष अन्त्यका लागि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेको घोषणा गरेको छ । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले दुई राष्ट्र नीति परित्याग गरेको बताएका हुन् । आफूले दुई राष्ट्रको साटो एक राष्ट्रका रुपमा देखिरहेको भन्दै उनले […]

२०७३ फाल्गुन ५ गते, बिहीबार

वायु प्रदूषणका कारण बार्षीक १० लाखको मृत्यु

काठमाडौं, ४ फागुन । उच्च रुपमा वृद्धि हुँदै गएको वायु प्रदूषणकै कारण भारतमा हरेक वर्ष १० लाखभन्दा धेरै मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको नयाँ अध्ययनमा वायु प्रदूषणका कारण भारतको हावा विषाक्त बन्दै गएको देखिएको हो । हेल्थ इफेक्ट्सको प्रतिवेदनमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले बताएभन्दा धेरैको ज्यान […]

२०७३ फाल्गुन ४ गते, बुधबार

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजिनामा

काठमाडौं, ३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजिनामा दिएका छन् । रुससँग निकटसम्बन्ध भएको विषय सार्वजनिक भएपछि फ्लिनलाई राजिनामा दिन दबाब बढेको थियो । केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पले सत्ता सम्हाल्नु पूर्व अमेरिकास्थित रुसी राजदूतसँग प्रतिबन्धका विषयमा छलफल गरेको दावी गरेका थिए । जुन विदेश नीतिको उल्लंघन मानिन्छ । उनले […]

२०७३ फाल्गुन ३ गते, मंगलवार

आत्मघाती विस्फोटवाट १३ जनाको मृत्यु

काठमाडौं, ३ फागुन । पाकिस्तानको लाहोरमा तालिवानले गराएको आत्मघाती विस्फोटमा १३ जना मारिएका छन् । मारिनेमा ट्राफिक प्रहरीका डीआईजी, एसएसपीसमेत परेका छन् । लाहौरमा स्वास्थ्यकर्मीले आयोजना गरेको प्रदर्शनका बीचमा मोटरसाइकलमा रहेका आत्मघाती आक्रमणकारीले विस्फोट गराएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । औषधि बिक्रीका लागि नयाँ कानुनको माग गर्दै विरोध प्रदर्शन गरिएको बुझिएको छ । घटनामा ४० […]

२०७३ फाल्गुन ३ गते, मंगलवार

ट्रम्पविरुद्ध मेक्सिकोमा प्रदर्शन

काठमाडौं, २ फागुन । मेक्सिकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासन नीति र सीमामा पर्खाल लगाउने योजना विरुद्ध दशौं हजार नागरिक सडकमा उत्रिएका छन् । दर्जनौं शहरमा भएको प्रदर्शनमा सेतो पोशाकधारी प्रदर्शनकारीले ट्रम्प विरोधी प्ले कार्ड बोकेका छन् । ट्रम्पको आप्रवासन नीति विश्व समुदायको लागि नै चुनौती भएको उनीहरुको भनाइ छ । प्रदर्शनबाट ट्रम्पविरुद्ध मेक्सिको एक […]

२०७३ फाल्गुन २ गते, सोमबार

‘राष्ट्रपतिको शक्तिमा कसैले प्रश्न गर्न सक्दैन’

काठमाडौं,२ फागुन । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक जना उच्च सल्लाहकारले सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन गर्न नदिने संघीय पुनरावेदन अदालतको आलोचना गरेका छन् । ह्वाइट हाउसका उच्च सल्लाहकार स्टिफन मिलरले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्ने पक्षमा फैसला सुनाएको संघीय पुनरावेदन अदालतको आलोचना गरेका […]

२०७३ फाल्गुन २ गते, सोमबार