ट्रम्पको आदेशलाई अडचन
काठमाडौं, २२ माघ । सात मुस्लिम बहुल मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न सियाटलका न्यायाधीशले अस्थायी रुपमा रोक लगाइदिएका छन् । राष्ट्रपतिले जारी गरेको कार्यकारी आदेशलाई अन्यथा गर्ने अधिकार अमेरिकी राज्यहरुसँग नरहेको भन्ने सरकारी वकीलको दावीलाई खारेज गर्दै अदालतले राष्ट्रपतिको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । […]
२०७३ माघ २२ गते, शनिबार