बिश्व

ओबामा हिलारी क्लिन्टनको पक्षमा

काठमाडौं २८ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओमाबा हिलारी क्लिन्टनको पक्षमा उभिएका छन । ओबामाले आगामी राष्ट्रपतिका लागि हिलारी क्लिन्टन सबैभन्दा योग्य उम्मेदवार भएको बताएका छन् । डेमोक्र्याट्रिक पार्टीका उम्मेदवारका अर्का प्रतिस्पर्धी बर्नी सैन्डर्ससँगको भेटवार्तापछि राष्ट्रपति ओबामाले हिलेरी क्लिन्टन सबैभन्दा योग्य उम्मेदवार भएको प्रक्रिया दिएका हुन् । क्लिन्टनको ट्वीटरमा एक भिडियो लिंक शेयर गर्दै उनले […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

वकिलको कपडा प्रहरीले च्याति दिए पछि …

काठमाडौं, २७ जेठ । चीनमा अदालतबाट निस्कदैं गर्दा धुजा–धुजा भएको पोशाकमा देखिएको एक वकिलको तस्वीर भाइरल भएको छ । उक्त तस्वीर क्विनशियु जिल्ला अदालत परिसरमा लिइएको हो । तस्वीरमा देखिएका वकिलको कपडा प्रहरीले च्यातिदिएको बताइन्छ । वु लियाङ्गशु नाम गरेका ती वकिलका अनुसार दुई न्यायाधीका सामुन्ने तीन प्रहरी अधिकारीले उनको कपडा च्यातेका हुन् । समाचार […]

२०७३ जेष्ठ २७ गते, बिहीबार

बाँदरको कारण सिंगो देश अन्धकार

काठमाडौँ, २६ जेठ । केन्यमा एउटा बाँदरले सिंगै देश अन्धकार बनाइदिएको छ । अफ्रिकी मुलुक केन्यमा बिजुली उपलव्ध गराउने कम्पनी केनजेनले एउटा वक्तव्यमार्फत यो जानकारी दिएको हो । वक्तव्यका अनुसार बाँदर मंगलबार गिटारुस्थित हाइड्रो पावर स्टेशनको ट्रान्सफरमरमा खसेको थियो । सोही कारण ट्रान्सफरमरले काम गर्न छाडेपछि देश अन्धनकारमय बनेको हो । बाँदर खसेकै कारण हाइड्रो […]

२०७३ जेष्ठ २६ गते, बुधबार

राष्ट्रपति भण्डारी विश्वका शक्तिशाली महिलाको सूचीमा

काठमाडौं, २५ जेठ । नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका एक सय शक्तिशाली महिलामा परेकी छन । हरेक वर्ष जस्तै यस वर्ष पनि अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सन् २०१६ को विश्वका एक सय शक्तिशाली महिलाको सूचीमा राष्ट्रपति भण्डारी पर्नु भएको हो । फोर्ब्सका अनुसार राष्ट्रपति भण्डारी ५२ औँ स्थानमा छन । फोर्ब्सले हरेक वर्ष सार्वजनिक […]

२०७३ जेष्ठ २५ गते, मंगलवार

विमान अनियन्त्रित हुँदा ३४ यात्री घाइते

काठमाडौँ, २४ जेठ । लन्डनबाट क्वालालम्पुरतर्फ उडेको मलेसिया एअरलाइन्सको एक विमान अनियन्त्रित हुँदा ३४ जना यात्री घाइते भएका छन् । उडानकै क्रममा प्रतिकुल मौसमका कारण विमानले नियन्त्रण गुमाएको जनाइएको छ । यस क्रममा केही यात्री सामान्य घाइते भएको मलेसिया एअरलाइन्सले जनाएको छ । ३७८ यात्री र चालक दलका सदस्य सवार ‘ए ३८०’ एअरबस आइतबार बंगालको […]

२०७३ जेष्ठ २४ गते, सोमबार

बोको हरामको आक्रमणमा ३२ जना मारिए

काठमाडौं, २३ जेठ । अफ्रिकी मुलुक नाइजरमा आतंकवादी समूह बोको हरामले गरेको आक्रमणमा ३२ जना मारिएका छन् । मारिनेमा ३० जना नाईजर फौज र दुई जना सैनिक छन् । घटनामा थुप्रै सैनिक घाइते भएका छन् । नाइजरको दक्षिण पूर्वी क्षेत्रमा रहेको नाइजेरिया र नाइजरको सीमा बोसोस्थित सेनाको मूख्यालयमा बोको हरामले आक्रमण गरी सो सीमा क्षेत्र […]

२०७३ जेष्ठ २३ गते, आईतवार

‘नेपाल आतंकवादीको ट्रान्जिट बन्ने खतरा’

काठमाडौं, २३ जेठ । अमेरिकाले नेपाल र भारतबीचको खुला सीमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा नियमन प्रणालीका कारण अन्तर्राष्ट्रिय आतंकवादी समूहले नेपाललाई ‘पारवहन विन्दु’ वा ‘उद्गमस्थल’ का रूपमा उपयोग गर्न सक्ने खतरा बढ्दै गएको जनाएको छ। अमेरिकी विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’ द्वारा हालै सार्वजनिक सन् २०१५ भर विश्वका विभिन्न मुलुकमा विद्यमान आतंकवाद समस्यासम्बन्धी प्रतिवेदनमा […]

२०७३ जेष्ठ २३ गते, आईतवार

शान्तिपूर्ण विरोध प्रदर्शन गर्नेलाई पनि जेल !

काठमाडौं, २२ जेठ । इजिप्टमा सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकलाई पनि जेल सजाय दिने गरिएको छ । केहीलाई बिहीबार पनि यस्तो सजाय सुनाइएको छ । इजिप्टको राजधानी कायरोस्थित एक अदालतले बिहीबार ५० जनालाई कम्तीमा पनि चार वर्षको जेल सजाय सुनाएको बताइएको छ । गएको महिना पनि सरकारविरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका […]

२०७३ जेष्ठ २२ गते, शनिबार

सेन नदीमा भिषण बाढी , मेट्रो रेल सेवा प्रभावित

काठमाडौं, २२जेठ । फ्रान्सको सेन नदीमा पानीको सतह ३० वर्ष यताकै उच्च भएको छ । जसका कारण मेट्रो रेल सेवा प्रभावित भएको छ । यस्तै पेरिसमा रहेको संग्रहालय बन्द गरिएको र त्यहाँ रहेका सामग्रीलाई सुरक्षित स्थानमा लगिएको समाचार संस्था एएफपीले जनाएको छ । लगातारको वर्षाका कारण आएको बाढीले युरोपभरमा कम्तिमा १७ जनाको मृत्यु भइसकेको छ […]

२०७३ जेष्ठ २२ गते, शनिबार

भूमध्यसागरमा डुंगा डूब्यो , सयौ आप्रवासी बेपत्ता

काठमाडौं, २२ जेठ । भूमध्यसागरमा करीब सात सय आप्रवासी बोकेको एउटा डुंगा डूबेको छ । डुंगामा रहेका मध्ये ३४० जनालाई बचाइए पनि अरु सबै वेपत्ता रहेको ग्रीसका अधिकारीहरुले जानकारी दिएका छन् । समुन्द्रबाट नौं वटा शव पनि निकालिएको खबर छ । करिब सात सय मानिस चढेको अनुमान गरिएको उक्त डुंगा ग्रीसको क्रेट द्वीपको दक्षिण ७५ […]

२०७३ जेष्ठ २२ गते, शनिबार