बिश्व

आप्रवासी शिविरमा भीषण आगलागी

काठमाडौं, ४ असोज । ग्रिसको लेसबोस द्वीपस्थित आप्रवासी शिविरमा आगलागी भएको छ । आगलागीका कारण शिविरमा रहेका ४ हजारभन्दा बढी शरणार्थी संकटमा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । शरणार्थी बस्ने गरेको उक्त द्वीपमा तमाखु नष्ट गर्ने क्रममा आगो बाल्दा आगो फैलिएको ग्रीसका अधिकारीहरुले जनाएका छन् । घटना नियोजित हो कि भन्ने आशंकामा […]

२०७३ आश्विन ४ गते, मंगलवार

पाकिस्तानद्वारा परमाणु हमलाको चेतावनी

काठमाडौ, ३ असोज । भारतको कश्मिरस्थित एक सैन्य क्याम्पमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच वाकयुद्धको अवस्था देखिएको छ । आतंकवादी हमलालगत्तै भारतले उक्त घटनामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको थियो भने पाकिस्तानले भारतको सो आरोपको प्रतिवाद गरेको छ । दुबै मुलुकका मिडियामा ‘सम्भावित युद्ध’ का बारेमा विश्लेषण गर्न थालिएको छ । कश्मीरमा आतंकवादी हमला […]

२०७३ आश्विन ३ गते, सोमबार

काश्मिरमा आक्रमण, १७ सैनिकको मृत्यु

काठमाडौँ, २ असोज । भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्धारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् । सैनिकको उत्तरी कमाण्डले सो जानकारी दिएको छ । यस आक्रमणको क्रममा उरीस्थित सेनाले गरेको जावाफी कारबाहीमा चार आतङ्ककारीको पनि मृत्यु भएको छ । यस आक्रमणमा १७ सैनिकले आफ्नो बलिदान दिएको सैनिकको उत्तरी कमाण्डद्धारा […]

२०७३ आश्विन २ गते, आईतवार

न्यूयोर्कमा विस्फोट, २५ जना घाइते

काठमाडौं, २ असोज । अमेरिकाको न्यूयोर्क शहरमा विस्फोट भएको छ । विस्फोटमा परि कम्तिमा २५ जना घाइते भएका छन् । न्यूयोर्कको म्यानहटनमा विस्फोट भएको हो । विस्फोटको कारण खुल्न नसकेको सरकारी अधिकारीले जनाएका छन् । नेपाली समय अनुसार बिहान पौने तीन बजे विस्फोट भएको हो । न्यूजर्सीमा पाइप बम बिस्फोट भएको केही घण्टाभित्रै न्यूयोर्कमा विस्फोट […]

२०७३ आश्विन २ गते, आईतवार

अमेरिकी सेनाद्वारा सिरियामा हवाइ आक्रमण, ६२ सैनिक मारिए

काठमाडौं, २ असोज । अमेरिकी नेतृत्वमा रहेको सेनाले गरेको हवाई आक्रमणमा पश्चिमी सिरियामा ६२ जना सिरियन सैनिक मारिएको रुसी सेनाले जनाएको छ । अमेरिकाले आफूहरुको आक्रमणमा सिरियन सैनिक परेको जानकारी भएपनि देइर अल जोउरको आक्रमण स्थगन गरिएको जनाएको छ । अमेरिकी प्रशासनका प्रवक्ताले असावधानीवस हुन गएको उक्त घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् […]

२०७३ आश्विन २ गते, आईतवार

‘यौनदासी’ युवतीलाई संयुक्त राष्ट्रसंघद्वारा सद्भावना दूत नियुक्त

काठमाडौं, ३१ भदौ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले कुनै बेला ‘यौनदासी’ बनाएको एक इराकी युवतीलाई संयुक्त राष्ट्रसंघले सद्भावना दूत नियुक्त गरेको छ । शुक्रबार राष्ट्रसंघले इराकी युवती नादिया मुरादलाई मानव बेचबिखनविरुद्धको अभियानमा सद्भावना दूत नियुक्त गरेको हो । राष्ट्रसंघले भनेको छ, ‘नादियाले हामीसँग मिलेर मानव बेचबिचनविरुद्ध काम गर्नेछिन्, यसबारेमा मानिसलाई सचेत तुल्याउनेछिन् […]

२०७३ भाद्र ३१ गते, शुक्रबार

राष्ट्रपतिलाई हत्याको आरोप !

काठमाडौ, ३१ भदौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि डाभाओ शहरको मेयर भएका बेला न्याय विभागका एक एजेन्टलाई गोली हानी हत्या गरेको आरोप लागेको छ । इडगार माटोबाटो नामका एक स्वघोषित ‘डेथ स्क्वाड’ सदस्यले उक्त आरोप लगाएका हुन् । गैरन्यायिक हत्यासम्बन्धमा संसदको माथिल्लो सदनमा बयान दिदैं उनले यस्तो अभिव्यक्ति दिएका हुन् । संसदको माथिल्लो सदन सिनेटले […]

२०७३ भाद्र ३१ गते, शुक्रबार

हिलारी क्लिन्टन स्वस्थ र फिट छिन् : चिकित्सक

काठमाडौं, ३० भदौ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन स्वस्थ रहेको चिकित्सकहरुले दावी गरेका छन् । नोभेम्बरमा हुने राष्टपति पदको निर्वाचन अभियानमै रहेका बेला एकाएक विरामी भएको खबर सार्वजनिक भएपछि चुनावी अभियानमै असर पर्ने देखिएको थियो । क्लिन्टनको स्वास्थ्यस्थितिबारे सर्वत्र चासो र चिन्ता हुन थालेपछि उनको निजी चिकित्सकको टोलीले अमेरिकी राष्ट्रपतिका रुपमा काम […]

२०७३ भाद्र ३० गते, बिहीबार

क्यामरुनद्वारा सांसद पदबाट राजीनामा

काठमाडौँ, २८ भदौ । बेलायतका पूर्व प्रधानमन्त्री डेविड क्यामरुनले सांसद पदबाट पनि राजीनामा दिएका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएको करिब दुई महिनापछि उनले सांसद पदबाट समेत राजीनामा दिएका हुन् । उनले बेलायत युरोपेली युनियनमा रहने कि नरहनेबारे भएको जनमत संग्रहको नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनी बेलायत युरोपेली युनियनमै रहनुपर्ने […]

२०७३ भाद्र २८ गते, मंगलवार

सिरियामा युद्धविराम

काठमाडौं, २८ भदौ । सिरियामा रुस र अमेरिकाले संयुक्त रुपमा पहल गरेको युद्धबिराम सम्झौता लागू भएको छ । युद्ध बिराम लागू भएसँगै हतियार नउठाउन सबै बिद्रोही समूह सहमत भएका छन् । सिरियाली सरकारी पक्षले पनि यसमा सकारात्मक सहमति जनाएको छ । युद्धबिराम सम्झौता लागू भएपछि बर्षौंदेखि युद्धको मारमा परेका सिरियाली जनतालाई केही हदसम्म भए पनि […]

२०७३ भाद्र २८ गते, मंगलवार