बिश्व

भानुआटुमा ६.९ रेक्टरको भूकम्प

काठमाडौं, २५ चैत । भ्यानुआटु द्वीपमा विहीबार विहानै ६.९ रिक्टर स्केलको भूकम्प गएको छ । भानुआटुमा यसै हप्ता गएको यो तेस्रो शक्तिशाली भूकम्प हो । हिजोपनि त्यहाँ ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो भने आइतबार ७.२ रिक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन । यस भूकम्पको केन्द्रविन्दु राजधानी भिलाबाट करिब […]

२०७२ चैत्र २५ गते, बिहीबार

आइसल्याण्डका प्रधानमन्त्रीद्धारा राजीनामा

काठमाडौं, २४ चैत । पनामा पेपर्स लिकमा आफ्नो नाम समेत मुछिएपछि आइसल्याण्डका प्रधानमन्त्री सिग्मण्डर डेविड गुन्लग्सनले राजीनामा दिएका छन् । पनामाको एउटा अति गोप्य कानुनी कम्पनी ‘मोस्याक फोन्सेका’ ले विश्वकै अहिलेसम्मको सबैभन्दा ठूलो मिडिया अनुसन्धानपछि कर छलीमा मुछिएका व्यक्तिहरुको नामसहितको १ करोड १० लाख दस्तावेज सार्वजनिक भएपछि विश्वमै नयाँ तरङ्ग ल्याएको छ । यसैक्रममा ती […]

२०७२ चैत्र २४ गते, बुधबार

पतिको हत्या गरी कुकुरलाई मासु खुवाउने महिला पक्राउ

काठमाडौं, २३ चैत । पतिको हत्या गरी कुकुरलाई मासु खुवाउने एक रुसी महिलालाई प्रहरीले पक्राउ गरेको छ । ४६ वर्षीया स्भेत्लाना बटुकोभालाई प्रहरीले हत्या आरोपमा अदालतमा पेश गर्दैछ । उनका ६६ वर्षीय पतिको विभत्स हत्या भएको थियो । पाखुरा काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । लागू औषध कोकिनको लतमा रहेकी बटुकोभाले पतिको […]

२०७२ चैत्र २३ गते, मंगलवार

क्लार्कद्वारा राष्ट्रसंघको महासचिवमा उम्मेदवारी

काठमाडौं, २३ चैत । संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले उम्मेदवारी दिने भएकी छन् । हाल संयुक्त राष्ट्रसंघकै विकास कार्यक्रम प्रमुख रहेकी क्लार्कले राष्ट्रसंघको महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनले भनिन्, ‘मसँग वर्तमान महासचिव बान की मुनको उत्तराधिकारी बन्ने पर्याप्त अनुभव छ ।’ महासचिव मुन यसै वर्षको डिसेम्बरमा […]

२०७२ चैत्र २३ गते, मंगलवार

एक करोड दश लाख गोप्य दस्तावेज सार्बजनिक

काठमाडौं, २२ चैत । संसारमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको एक करोड दश लाख गोप्य दस्तावेज लिक भएको छ । जसमार्फत् धनी र शक्तिशाली व्यक्तिहरुले कसरी आफ्नो धनसम्पत्ति लुकाउन कर छली गर्दा रहेछन् भन्ने खुलेको छ । उनीहरुले आफू र आफनो कम्पनीबाट कमभन्दा कम कर तिर्न कस्ता कस्ता शैली अपनाउँदा […]

२०७२ चैत्र २२ गते, सोमबार

विमान सडकमा खस्दा एक जनाको मृत्यु

काठमाडौं,२१ चैत । अमेरिकामा निजी बिमान दुर्घटना हुँदा सडकमा सवार कार चालकको मृत्यु भएको छ । अमेरिकाको क्यलिफोर्नियामा बिमानमा प्राविधिक गडबडी आएपछि बाटोमा खसेको थियो । घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । बिमान अवतरण गर्ने क्रममा बिमानस्थलनजिक रहेको कारको पछाडी रहेका ब्यक्तिको मृत्यु भएको हो । – एजेन्सी

२०७२ चैत्र २१ गते, आईतवार

आर्ईएसको कब्जाबाट ४० शव बरामद

काठमाडौं, २१ चैत । सिरियाको ऐतिहासिक तथा पुरातात्विक शहर पाल्माइराबाट ४० वटा शव बरामद गरिएको छ । पल्माइरा शहर आर्ईएसको कब्जाबाट आफनो नियन्त्रणमा लिएको सिरियाली सेनाले ४० वटा शव बरामद गरेको हो । बरामद गरिएका शवमा महिला र बालबालिकाको संख्या बढी छ । जसमा केहीको शीर छेदन र केहीको गोली हानी हत्या गरिएको बताइन्छ । […]

२०७२ चैत्र २१ गते, आईतवार

विश्वमा परमाणु आक्रमणको खतरा : ओबामा

काठमाडौं, २० चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादीले परमाणु आक्रमणको तयारी गरेको र यसले विश्व सुरक्षामा खतरा बढाएको बताएका छन् । अमेरिकामा भएको परमाणु सुरक्षा सम्मेलनमा राष्ट्रपति ओबामाले आतंककारीले परमाणु आक्रमणको तयारी गरेको र त्यसो भएका यसले विश्वको मुहार नै परिवर्तन हुने सत्य रहेको बताए । परमाणु आतंकलाई रोक्नका लागि ठोस कदम चाल्नु पर्नेमा […]

२०७२ चैत्र २० गते, शनिबार

अल्छीलाई रोजगारीको अवसर

काठमाडौँ, १९ चैत । भारतको बेंग्लोरस्थित एक कम्पनीले त्यस्ता अल्छी मानिसलाई रोजगारीका लागि आवेदन दिन आह्वान गरेको छ, जो कुम्भकर्ण झैं सुतिरहन रुचाउँछ । ओछ्यान छाड्नै नचाहने व्यक्तिका लागि उक्त रोजगारीका लागि विशेष प्राथमिकता दिइने जनाइएको छ । अर्बन लेडर कम्पनीले अल्छीहरुका लागि रोजगारीको अवसर सिर्जना गरेको हो । आफूले उत्पादन गरेको म्याट्रेस (गद्दा) कति […]

२०७२ चैत्र १९ गते, शुक्रबार

आकाशेपुल भत्कदा १० जनाको मृत्यु

काठमाडौं, १८ चैत । भारतको कोलकातमा एक निमार्णाधीन आकाशेपुल (फ्लाइओभर) भत्कँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । कोलकाताको औद्योगिक क्षेत्रमा भएको दुर्घटनामा अरु दर्जनौं घाइते भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । विगत ५ वर्षदेखि निर्माण भैरहेको सो पुल भत्किएर सडकमा गुडिरहेको गाडीमा खसेको प्रहरीले जनाएको छ । उक्त घटनामा केही मानिसहरु गाडीभित्र च्यापिएको जनाएको […]

२०७२ चैत्र १८ गते, बिहीबार