बिश्व

पाकिस्तानी वायुसेना युद्धाभ्यासमा

काठमाडौँ, १९ असोज । भारतसँगको बढ्दो तनावसँगै पाकिस्तानले आफ्नो सैन्य शक्तिलाई सतर्क अवस्थामा राख्न थालेको छ । यस क्रममा पाकिस्तानी वायुसेनाले युद्धाभ्यास गर्ने भएको छ । पाकिस्तानी वायुसेनाको युद्धाभ्यासलाई ध्यानमा राख्दै पाकिस्तानले लाहोर र कराँचीको हवाईमार्ग ८ अक्टोबरदेखि बन्द गर्ने भएको छ । व्यावसायिक उडानका लागि लाहोर र कराँचीको हवाईमार्ग १३ दिनका लागि बन्द गरिने […]

२०७३ आश्विन १९ गते, बुधबार

आइएसका प्रमुख बग्दादीको खानामा विष !

काठमाडौं, १८ असोज । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) का प्रमुख कमाण्डर अबु अबर अल बग्दादी गम्भीर अस्वस्थ भएका छन् । विष मिसाइएको खाना खाँदा उनको अवस्था गम्भीर भएको इराकी अधिकारीहरुले जनाएका छन् । इराकको बेआजमा खाना खाएलगत्तै बग्दादीको स्वास्थ्य अवस्था खराब भएको इराकी समाचार एजेन्सीले जनाएको छ । उनीसँगै खाना खाएका आइएसका अन्य […]

२०७३ आश्विन १८ गते, मंगलवार

कलाकार किम होटलमै लुटिइन्

काठमाडौं, १७ असोज । अमेरिकाकी चर्चित कलाकार एवं रियलिटी टीभी स्टार किम कार्दशियन वेस्ट पेरिसमा लुटिएकी छन् । उनलाई पेरिसस्थित होटलको कोठामै दुई जनाले बन्दुक देखाएर बन्धक बनाइ लुटेका हुन् । न्युयोर्कमा मिडोज फेस्टिबलमा भाग लिइरहेका उनका श्रीमान रैपर कान्ये वेस्टले जब यो खबर पाए तब उनी मञ्चबाटै कार्यक्रम छाडेर हिडेका थिए । किम कार्दशियनका […]

२०७३ आश्विन १७ गते, सोमबार

भारत–पाकिस्तान सीमामा तनाव

काठमाडौं, १७ असोज । भारत प्रशासित जम्मु–काश्मीरको बारामुला जिल्लास्थित ४६ राष्ट्रिय राइफल्सको सैन्य क्याम्पमा चरपन्थी आक्रमण भएको छ। भारतीय सेनाको उत्तरी कमानले ट्वीट गर्दै बारामुलामा आक्रमण भएको र स्थिति नियन्त्रणमा रहेको जनाएको छ। स्रोतलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार कारबाहीमा दुई जना आक्रमणकारी मारिएका छन् । आक्रमणका क्रममा एक जना अर्धसैनिक बलका जवानसमे मारिएको र दुई […]

२०७३ आश्विन १७ गते, सोमबार

ज्वालामुखी बिस्फोटवाट सयौं मानिस विस्थापित

काठमाडौं, १६ असोज । मेक्सिकोमा कोलिमा ज्वालामुखी बिस्फोट हुँदा थुप्रैं मानिस विस्थापित बनेका छन् । ज्वालामुखी बिस्फोट भएपछि त्यस वरपरका सयौं मानिस सुरक्षित स्थानमा गएका हुन् । राजधानी मेक्सिको सिटीबाट ६ सय ९० किलोमिटर उत्तरपश्चिममा रहेको कोलिमा ज्वालामुखीबाट लाभा र कालो धुवाँ निस्किरहेको छ । ज्वालामुखीबाट निस्कएको लाभा त्यहाँबाट तल बगेको देखिन्छ । ज्वालामुखी पर्वतनजिक […]

२०७३ आश्विन १६ गते, आईतवार

भारत र पाकिस्तानबीच तनाव बढ्दै

काठमाडौं, १६ असोज । भारत र पाकिस्तानका सेना एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएपछि तनाव बढ्दै गएको छ । जम्मु काश्मिरको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दावीलाई पाकिस्तानले कपोलकल्पित भन्दै खण्डन गरेको छ । पाकिस्तानी सेनाका सूचना विभाग निर्देशक आसिम सलिमले कुनै किसिमको सर्जिकल स्ट्राइक नभएको र भारतले गरेका सबै दाबी कपोलकल्पित, आधारहीन र झूठो रहेको […]

२०७३ आश्विन १६ गते, आईतवार

पाकिस्तानी कलाकारलाई भारत छोड्न धम्की

काठमाडौं, १५ असोज । पाकिस्तानका प्रमुख चलचित्र हलहरुले भारतीय चलचि प्रदर्शन रोकेका छन् । भारत र पाकिस्तानबीच जारी तनावपछि चलचित्र हलहरुले यसलाई देशको सैन्यबलको समर्थनमा चालिएको कदम बताएका छन् । भारत प्रशासित काश्मीरको उडी सेक्टरमा भएको चरमपन्थी आक्रमणमा भारतीय सैनिकको मृत्यु र भारतीय सेनाको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दावीपछि दुवै देशबीच तनाव चलिरहेको छ। […]

२०७३ आश्विन १५ गते, शनिबार

रुसद्वारा सिरियामा आक्रमण जारी राख्ने उदघोष

काठमाडौं, १४ असोज । रुसले सिरियाको विद्रोही नियन्त्रित एलेप्पो शहरको पूर्वी क्षेत्रमा आक्रमण जारी राख्ने जनाएको छ । अमेरिकाले आक्रमण रोक्न गरेको आग्रहको बेवास्ता गर्दै रुसले विद्रोही नियन्त्रित क्षेत्रमा कारबाही जारी राख्ने जनाएको हो । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेशकोभले आफ्ना वायुसेनाले सिरियाली सुरक्षा बललाई दिएको समर्थन जारी रहने स्पष्ट पारेका हुन् । […]

२०७३ आश्विन १४ गते, शुक्रबार

पाकिस्तानद्वारा राष्ट्रिय सुरक्षा समितिको बैठक आह्वान

काठमाडौं, १३ असोज । पाकिस्तानले राष्ट्रिय सुरक्षा समितिको बैठक आह्वान गरेको छ । उसले भारत प्रशासित कास्मिर क्षेत्रमा तनाव बढे पछि सुरक्षा समितिको बैठक आह्वान गरेको हो । भारत–पाकिस्तान नियन्त्रण रेखामा भारतले गरेको सैन्य कारबाही अर्थात् सर्जिकल स्ट्राइक्सपछि दुवै देशबीच बढेको तनावलाई मध्यनजर गर्दै पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले मन्त्रिमण्डल र राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका […]

२०७३ आश्विन १४ गते, शुक्रबार

‘जियोथर्मल’ विद्युत् उत्पादनको तयारी

काठमाडौ, १३ असोज । केन्यामा विद्युत् उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १४० मेगावाट जियोथर्मल विद्युत् उत्पादन परियोजनाको खाका तयार पारेको छ । यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना सुरुआत गरिसक्ने जनाइएको छ । पृथ्वीको सतह तातेपछि त्यसबाट उत्पन्न हुने तापक्रमलाई समेटेर एकत्रित गरी विद्युत् शक्तिमा परिणत गरी भन्डारण र विद्युत् आपूर्ति गर्ने […]

२०७३ आश्विन १३ गते, बिहीबार