बिश्व

फिरौती नपाएपछि पत्रकारको हत्या

न्युयोर्क, ६ भदौ । इराकको लडाकु संगठन ईस्लामिक स्टेट आईएसले फिरौती बापतको रकम नपाएपछि एक अमेरिकी पत्रकारको हत्या गरेको रहस्य सार्वजनिक भएको छ । इस्लामिक स्टेटले पत्रकार जेम्स फोलेको रिहाईका लागि करिब ८ करोड पाउण्ड अर्थात ८ अर्ब रुपैयाँमा मागेको अन्तर्राष्ट्रियसञ्चार माध्यमहरुले जनाएका छन् । सन् २०१२ को अन्त्यतिर सिरियाबाट अपहरणमा परेका पत्रकार फोलेको केहि […]

२०७१ भाद्र ६ गते, शुक्रबार

इबोला रोक्न लाइबेरियामा कर्फ्यू

काठमाडौ । इबोला भाइरसको संक्रमण रोक्ने उद्देश्यले अफ्रिकी मुलूक लाइबेरियाको राजधानी मोन्रोभियामा रातीको समयमा कर्फ्यूको घोषणा गरिएको छ ।लाइबेरियामा गएको महिना राष्ट्रिय संकटकाल घोषणा गरिसकिएको छ । राष्ट्रपति एलेन जोन्सन सरलिफले बुधबारदेखि स्थानीय समय अनुसार हरेक राती ९ बजेदेखि बिहान ६ सम्म कफ्र्यु लगाइने जानकारी दिइएको हो । उनले रातीमा सञ्चालन हुने सबै मनोरञ्जनात्मक व्यवसाय […]

२०७१ भाद्र ४ गते, बुधबार

हराइरहेका अमेरिकी पत्रकारको इस्लामिक लडाकुद्वारा हत्या

काठमाडौं । सन् २०१२ देखि हराइरहेका अमेरिकी पत्रकार जेम्स फोलेको हत्या गरिएको छ । सिरिया र इराकको द्वन्द्वग्रस्त क्षेत्रमा रहेर समाचार संकलन गरिरहेका उनलाई इस्लामिक स्टेटका लडाकु समूहले हत्या गरेको हो ।फोलेको हत्या गरिएको दृष्य उक्त समूहले अनलाइन मार्फत सार्वजनिक गरेको हो । इराकमा इस्लामिक स्टेट समूहविरुद्ध अमेरिकाले गरेको हवाई आक्रमणको बदला लिन पत्रकार फोलेको […]

२०७१ भाद्र ४ गते, बुधबार

भारतमा इबोला भाइरस भेटिएको हल्ला मात्र

काठमाडौ, ३ भदौ । अफ्रिकी मुलुक नाइजेरियाबाट भारत आएका व्यक्तिमा शंका गरिएको इबोला भाइरस संक्रमणको परीक्षण नतिजा नकारात्मक आएको छ ।भारतको पुणेस्थित नेसनल भइरोलोजी इन्ष्टिच्युटमा दोस्रो परीक्षण गर्दा ती व्यक्तिमा इवोलाको संक्रमण नभेटिएको हो । यसअघि नेशनल सेन्टर फर डिजिज कन्ट्रोलमा परीक्षण गर्दा संक्रमणको शंका गरिएपछि थप ६ घन्टा लामो परीक्षण गर्नु परेको थियो । […]

२०७१ भाद्र ३ गते, मंगलवार

९१ वर्षीय वृद्धले सम्मान फिर्ता गरे

काठमाडौ । नेदरल्याण्डस्का एक नागरिकले दोश्रो विश्वयुद्धका बेला यहूदी बालकको रक्षा गरेको भन्दै इजरायलले प्रदान गरेको सम्मान फिर्ता गरेका छन् । गाजामा भएको हवाई आक्रमणमा आफ्ना ६ जना नातेदार मारिएपछि उनले सम्मानस्वरुप दिइएको मेडल फिर्ता गरेका हुन् । ९१ वर्षीय हेन्क जानोलीले नेदरल्याण्डमा रहेको इजरायली दुतावासलाई पत्र लेख्दै अब आफूले त्यो सम्मान राखिरहन नसक्ने बताएका […]

२०७१ श्रावण ३१ गते, शनिबार

इबोला भाइरसबाट एकहजार १३ जनाको मृत्यु

काठमाडौ । विश्व स्वास्थ्य संगठनले हालैका दिनमा देखिएको इबोला नामको खतरनाक भाइरसका कारण कम्तीमा पनि १०१३ जनाको ज्यान गएको जनाएको छ । प्राप्त समाचारमा अफ्रिकाका पश्चिमी तीन देशमा यो भाइरसको सङ्क्रमण रहेको छ । उक्त सङ्क्रमणबाट हालसम्म ती देशका १०१३ जनाको ज्यान जानुका साथै १८४८ जना सङ्क्रमित भएका छन् । सो भाइरसको सङ्क्रमण अगष्टको पहिलो […]

२०७१ श्रावण २७ गते, मंगलवार

गाजामा फेरि ३ दिन युद्धबिराम

काठमाडौं , २६ साउन। इजरायल र हमासबीच गाजा क्षेत्रमा फेरि तीन दिने युद्धबिराम भएको छ । युद्धबिराम स्थानीय समय अनुसार गएराती १२ बजेदेखि लागू भएको छ । इजरायलका एक वरिष्ठ अधिकारीले ७२ घण्टे युद्धबिराम गर्ने इजिप्टको प्रस्ताव स्वीकार गरिएको र युद्धबिराम पालना भए थप छलफलका लागि आफ्ना वार्ताकारलाई सोमबार इजिप्टको राजधानी कायरो पठाउने बताएका छन् […]

२०७१ श्रावण २६ गते, सोमबार

लाइबेरियामा संकटकाल घोषणा

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा संक्रामक रोग ‘इबोला भाइरस डिजिज (इभीडी)’ फैलिएकोले त्यहाँ आपात्काल घोषणा गरिएको छ। त्यहाँकी राष्ट्रपति इलेन जोनसोन सरलिफले तीनमहिने संकटकालको घोषणा गरेकी छन्। मोनरोभिया (बीबीसी), श्रावण २३ – पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा संक्रामक रोग ‘इबोला भाइरस डिजिज (इभीडी)’ फैलिएकोले त्यहाँ आपात्काल घोषणा गरिएको छ। त्यहाँकी राष्ट्रपति इलेन जोनसोन सरलिफले तीनमहिने […]

२०७१ श्रावण २३ गते, शुक्रबार

जापानी महिलाको आयु विश्वकै सबैभन्दा लामो

काठमाडौँ । जापानी महिलाको औषत आयु विश्वकै नागरिकको तुलनामा सबैभन्दा लामो रहेको बताइएको छ ।जापान सरकारद्वारा हालै र्सार्वजनिक गरिएको एक प्रतिवेदनका अनुसार जापानी महिलाको आयु विश्वकै सबैभन्दा लामो अर्थात् ८६.६१ वर्षरहेको छ । सन् २०१३ लाई आधार वर्षमापन गरी बिहीबार र्सार्वजनिक गरिएको एक प्रतिवेदनका अनुसार जापानी महिलाको औषत आयु विश्वकै सबैभन्दा धेरै रहेको बताइएको हो […]

२०७१ श्रावण २२ गते, बिहीबार

विमान भित्र बम भएको हल्ला फैलिएपछि आपतकालिन अवतरण

काठमाडौं, २१ साउन । कतार एअरवेजको बिमानमा बम भएको झूठो बिवरण दिने एक ब्यक्ति पक्राउ परेका छन् । कतारको दोहाबाट लण्डनको लागि उडान भरेको बिमानमा बम राखेको भन्दै एक ब्यक्तिले कतार एअरवेजको टावरमा फोन गरेपछि बिमानलाई लण्डनको म्यान्चेष्टर बिमानस्थलमा आपतकालीन अवतरण गराइएको हो । बिमान खानतलासी गर्दा केही नभेटेपछि झूठो बिवरण दिने ब्यक्तिलाई पक्राउ गरिएको […]

२०७१ श्रावण २१ गते, बुधबार