बिश्व

५० लाख डलर तिरेर अमेरिकामा स्थायी बसोवासको अनुमति लिन सकिने !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकले ५० लाख डलर तिरेर अमेरिकामा स्थायी बसोबास गर्न, काम गर्न वा व्यापार गर्न अनुमति पाउने घोषणा गरेका छन् । ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ । यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनेछन् । साथै नागरिकता पाउने […]

२०८१ फाल्गुन १४ गते, बुधबार

अमेरिकाद्वारा भारतका चार तेल कम्पनिमाथि प्रतिबन्ध

काठमाडौँ । अमेरिकाले भारतका चार तेल कम्पनिमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले इरानी पेट्रोलियम पदार्थको बिक्री र ढुवानीमा मध्यस्थता गरेको भन्दै ति कम्पनिमाथि प्रतिबन्ध लगाएको हो । इन्डियन एक्सप्रेसका अनुसार अमेरिकी वित्त विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे औपचारिक जानकारी दिएको हो । साथै, अमेरिकाले इरानको तेल निर्यात अवैध ढुवानी सञ्जालमार्फत हुने गरेको […]

२०८१ फाल्गुन १४ गते, बुधबार

इजरायलद्वारा शरणार्थी शिविरमा सैनिक तैनाथ !

काठमाडौँ । इजरायलले कब्जा गरेको वेस्ट बैंकमा रहेका तीन शरणार्थी शिविर खाली गराइ आफ्नो सैनिकको तैनाथी बढाएको छ । इजरायलले वेष्ट बैंकको जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू खाली गराएको हो । सो क्षेत्रमा आगामी एक वर्षसम्मका लागि सैनिक तैनाथ गर्ने इजरायली रक्षामन्त्री इसरायली काट्जले स्पष्ट पार्नुभएको छ ।गत महिना गाजामा युद्धविराम सम्झौता […]

२०८१ फाल्गुन १२ गते, सोमबार

टर्कीद्वारा १४४ कागजात नभएका आप्रवासी पक्राउ

काठमाडौँ । टर्कीका सुरक्षा बलहरूले २७ प्रान्तहरूमा एकैसाथ सञ्चालन गरिएका १४४ कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बताए ।इस्तानबुल, गाजियान्टेप, मर्सिन, अदाना र सान्लिउर्फा लगायत प्रमुख महानगरीय क्षेत्रहरूमा ८ हजार ३२२ व्यक्तिहरूको पहिचान जाँच गरिएको थियो । जसको परिणामस्वरूप १४४ कागजात नभएका आप्रवासीहरूको पहिचान भएको टर्कीका मन्त्रीले बताए ।येर्लिकायाले हिरासतमा रहेका […]

२०८१ फाल्गुन ११ गते, आईतवार

हमासद्वारा इजरायलले गाजा युद्धविराम सम्झौताको उलंघन गरको आरोप

काठमाडौँ। प्यालेस्टिनी विद्रोही सहुम हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम सम्झौता उलंघन गरेको आरोप लगाएको छ । हमास राजनीतिक ब्यूरोका वरिष्ठ सदस्य बासेम नैमले इजरायली सरकारले मार्च १ मा समाप्त हुने सम्झौताको दोस्रो चरणको वार्तामा इजरायली प्रधानमन्त्री नेतान्याहुले चासो नदेखाएको आरोप लगाएका छन् ।पहिलो चरणको युद्धविरामपछि मार्च १ मा दोस्रो र तेस्रो चरणको युद्धबिरामको […]

२०८१ फाल्गुन ११ गते, आईतवार

इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या

काठमाडौँ । इजरायली सेनाले २ प्यालेस्टिनी बालकको हत्या गरेको छ । युद्ध विरामअन्तर्गत सम्झौताको पहिलो चरण समाप्त हुन बाँकी हुँदै पुन:इजरायली सेनाले नब्लस, टुल्कारेम, जेनिन र हिब्रोन क्षेत्रमा छापा मारेर दुई बालकको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफा र स्थानीय स्रोतहरूका अनुसार, हिब्रोनमा १३ वर्षीय बालक आयमन नासिर अल-हैमूनीलाई […]

२०८१ फाल्गुन १० गते, शनिबार

इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड !

काठमाडौँ । इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन् । नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनल्टी (ईसीपीएम)’ का अनुसार सन् २००८ पछि इरानमा सन् २०२४ मा मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा बढी सङ्ख्या हो ।इरानले […]

२०८१ फाल्गुन ८ गते, बिहीबार

ट्रम्पद्वारा चीनसँग व्यापार सम्झौता सम्भव भएको उद्घोष

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताएका छन् । ट्रम्पले सन् २०२० मा अमेरिकाले चीनसँग ठूलो व्यापार सम्झौता गर्न सहमति जनाइसकेको र नयाँ सम्झौता सम्भव भएको बताएका हुन‍् । आफ्नो दोस्रो कार्यकालको एक महिनापछि ट्रम्पले चीन, छिमेकी क्यानडा, मेक्सिको र युरोपेली सङ्घलाई लक्षित गर्दै सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाउने […]

२०८१ फाल्गुन ८ गते, बिहीबार

हमासले थप ६ इजरायली बन्धक रिहा गर्ने

काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासले आगामी शनिबार थप ६ इजरायली बन्धकलाई रिहा गर्नुका साथै ४ बन्धकको शव बिहीबार इजरायल सरकारलाई हस्तान्तरण गर्ने घोषणा गरेको छ । हमासका वरिष्ठ अधिकारी तथा मुख्य वार्ताकार खलिल अल–हयाले एक टेलिभिजन सम्बोधनका क्रममा चार शव बिहीबार हस्तान्तरण गरिने घोषणा गरेका हुन् । शव हस्तान्तरण गरिनेमा इजरायली महिला शिरी र […]

२०८१ फाल्गुन ७ गते, बुधबार

रुस-युक्रेन युद्ध अन्त्यका लागि वार्ता हुँदै

काठमाडौँ । तीन वर्षदेखि जारी रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज साउदी अरबमा वार्ता हुने भएको छ । सउदीको पहलमा हुन लागेको वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुवियो र रुसी विदेशमन्त्री सर्गेई लाभारोब सउदी पुग्नु भएको छ । वार्तामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि विशेषदूत स्टिभ विट्कोफ पनि […]

२०८१ फाल्गुन ६ गते, मंगलवार