बिश्व

इजरायल द्वारा हमासले बन्दी रिहा नगरे फेरि युद्ध सुरु गर्ने चेतावनी

काठमाण्डौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन् । हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप लगाएपछि नेतन्याहुले यस्तो चेतावनी दिएका हुन् ।नेतन्याहुको प्रतिक्रियापछि हमासले भने आफू युद्ध विरामका लागि तयार भएको तथा कुनै ढिलाइ तथा जटिलता आए यसमा इजरायल नै जिम्मेवार हुने बताएको छ । […]

२०८१ माघ ३० गते, बुधबार

ट्रम्पद्वारा हमाससग युद्ध विराम भंग गर्ने चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका छन्। उनले हमासलाई बन्दी रिहाइका लागि शनिबार १२ बजेसम्मका लागि समय दिएका छन्। उनले तोकिएको समयसम्म रिहाइ नभएमा अर्को दुर्घटना हुनसक्ने चेतावनी दिएका हुन्। ट्रम्पले भनेको समय मध्य दिनको १२ बजे या मध्य रातको १२ भन्ने खुलाएका छैनन्। उनले […]

२०८१ माघ २९ गते, मंगलवार

हमासले तत्काल थप बन्धक रिहा नगर्ने

काठमाडौँ । प्यालस्टिनी विद्रोही समुह हमासले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत बाँकी बन्धक रिहाइ हाललाई स्थगित गरेको छ ।हमासका प्रवक्ता अबु ओबेदाले इजरायलले युद्धविराम सम्झौता उलंघन गरेको आरोप लगाउँदै बन्धक रिहाइ तत्कालका लागि स्थगित गरिएको जनाएका हुन् ।प्रवक्ता ओबेदाले इजरायलले आफ्नो दायित्व पूरा नगरेसम्म रिहाइ प्रक्रिया अघि नबढ्ने स्पष्ट पारेका छन् । युद्धविरामको सम्झौताअन्तर्गत विस्थापित प्यालेस्टिनीहरूलाई फर्काउन […]

२०८१ माघ २९ गते, मंगलवार

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प !

काठमाडौँ । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण-पश्चिम रहेको छ ।यस भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामी चेतावनी […]

२०८१ माघ २७ गते, आईतवार

यूएसएआईडीका दश हजार कर्मचारी बर्खास्त

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी (यूएसएआईडी) का करिब १० हजार कर्मचारी बर्खास्त गरिएको छ । एलन मस्क नेतृत्वको सरकारी प्रभावकारिता विभाग (डज) ले १० हजार कर्मचारी बर्खास्त गरी ३ सयमा सीमित गरेको हो । बर्खास्तीपछि एसियामा यूएसएआईडीका आठ जना मात्रै कर्मचारी बाँकी रहेको जनाइएको छ । यसैगर िअफ्रिकामा १२ कर्मचारी बाँकी रहेका छन् । […]

२०८१ माघ २६ गते, शनिबार

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा अमेरिकी प्रतिबन्धको निन्दा

काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले अमेरिकी प्रतिबन्धको निन्दा गरेको छ । आईसीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धको निन्दा गर्दै विश्वभर न्याय र आशा प्रदान गरिरहने प्रतिबद्धता जनाएको छ ।अन्तर्राष्ट्रिय फौजदारी अदालतले विज्ञप्ति निकालेर अमेरिकाले आफ्ना अधिकारीहरूमाथि लगाएको प्रतिबन्ध तथा स्वतन्त्र र निष्पक्ष न्यायिक कार्यलाई हानि पु¥याउने कार्यकारी आदेश जारी गरेको भन्दै भत्र्सना गरेको […]

२०८१ माघ २६ गते, शनिबार

ट्रम्पद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने उद्घोष

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्ड को हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिका भ्रमणमा रहेका बेला ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।गाजा क्षेत्रमा आक्रमण गरेर युद्ध अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतले सन् २०२१ को नोभेम्बरमा इजरायलका […]

२०८१ माघ २५ गते, शुक्रबार

एलन मस्कद्वारा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब

काठमाडौँ । एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको नेतृत्व सम्हालिरहेका एलनले कर्मचारीहरुलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन भनेको ती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।समाचार संस्था फर्च्युनका अनुसार सरकारी कर्मचारी हटाएर आफ्ना कम्पनीका कर्मचारी नियुक्त गर्न खोजेको आशंका छ । […]

२०८१ माघ २४ गते, बिहीबार

इजरायली हवाई आक्रमणवाट ४ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । इजरायली हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भएको छ । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूकाअनुुसार जेनिनको दक्षिणमा रहेको कबाटिया शहरको केन्द्रमा रहेको एउटा सवारी साधनलाई इजरायली ड्रोनले निशाना बनाएको थियो । गाडीमा भएको हमलामा दुई प्यालेस्टिनी युवाहरू मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले बमबारी पछि जेनिनको पूर्वी छिमेकबाट दुई पीडित […]

२०८१ माघ २२ गते, मंगलवार

इजरायली प्रधानमन्त्री नेतान्याहु ट्रम्पलाई भेट्न वासिङ्टन पुगे

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नका लागि वासिङ्टन पुगेका छन् । वासिङ्टनमै हमाससँगको युद्ध विरामका लागि दोस्रो चरणको वार्ता सुरु हुने इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ । ट्रम्पले दोस्रो कार्यकालको पदभार ग्रहण गरे पछि उनले भेट गर्ने पहिलो विदेशी नेता नेतान्याहु हुने भएका छन् । पहिलो चरणमा प्यालेस्टाइनले बन्दी […]

२०८१ माघ २१ गते, सोमबार