बिश्व

श्रीलंकाद्वारा राष्ट्र संघको विरोध

काठमाडौँ । सन् २००९ मा भएको युद्ध अन्त्यको घोषणाभन्दा अघि भएका युद्ध अपराधबारे राष्ट्र संघद्वारा पारित छानबिन प्रस्तावको श्रीलंका सरकारले कडा शब्दमा विरोध गरेको छ ।राष्ट्रसंघको मानवअधिकार परिषद्ले बिहीबार उक्त प्रस्ताव पारित गरेको थियो । त्यसमा युद्धका समयमा भएको अपराधको छानबिन गर्नका लागि बाटोखुलेको छ । श्रीलंकाले भने उक्त समयमा भएका अपराधबारेमा आफ्नै पक्षबाट र […]

२०७० चैत्र १५ गते, शनिबार

विश्वमा मृत्युदण्ड सजाय दिने क्रम बढ्यो

काठमाडौं, १३ चैत्र । विश्वमा मृत्युदण्डको सजाय दिने क्रम बढेको एम्नेष्टी ईन्टरनेशनलले जनाएको छ । एम्नेष्टीका अनुसार चीन विश्वमा धेरै मृत्युदण्ड दिने पहिलो देशमा कायम छ । चीनमा बांकी देशमा मृत्युदण्डको सजाय दिईने कुल संख्या भन्दा बढीले यस्तो सजाय पाउने गरेको दावी एम्नेष्टीको छ । इरान र इराकमा मृत्युदण्ड दिने क्रम तीब्र रुपमा बढेको छ […]

२०७० चैत्र १३ गते, बिहीबार

इजिप्टमा मानव अधिकारको उपहास ,एकैपटक सयौलाई मृत्युदण्डको फैसला !

काठमाडौं ।इजिप्टमा अपदस्थ राष्ट्रपति मोहमद मोर्सीका पाँच सय २९ समर्थकलाई आममृत्युदण्ड दिने फैसला अन्तर्राष्ट्रिय मानव अधिकारको उल्लंघन भएको संयुक्त राष्ट्र सङ्घले मंगलबार जनाएको छ ।संयुक्त राष्ट्र सङ्घको मानव अधिकारका लागि उच्चायुक्तका प्रवक्ता रूपर्ट कोलभिलले यत्तिधेरै व्यक्तिलाई मृत्युदण्डको फैसला गर्ने कार्य हालका इतिहासमा अभूतपूर्व भएको र प्रक्रियागत अनियमितताका साथमा भएको सुनुवाइपछि आमरूपमा मृत्युदण्ड दिने निर्णयले मानव […]

२०७० चैत्र १२ गते, बुधबार

फिलिपिन्समा शान्ति सम्झौताको तयारी

काठमाडौँ, ११ चैत। फिलिपिन्समा त्यहाँको विद्रोही समूह र सरकारका बीचमा शान्ति सम्झौताको तयारी भइरहेको समाचार छ । फिलिपिन्स सरकार र त्यहाँका विद्रोही समूहका बीचमा हुने शान्ति वार्ताका लागि यही बिहीबार दुवै पक्षका तर्फबाट हस्ताक्षर हुने कार्यक्रम रहेको बताइएको छ । फिलिपिन्समा जारी रहेको हिंसालाई एसियाकै सबैभन्दा लामो समयको हिंसाका रुपमा लिइन्छ । लामो समयको प्रयासपछि […]

२०७० चैत्र ११ गते, मंगलवार

भारतमा ठूलो मात्रामा मानव अस्थिपञ्जर भेटियो

भारतमा, १ चैत। भारतको अमृतसरदेखि २४ किलोमिटर टाढा पर्ने अजनालामा गरिएको उत्खनन्मा ठूलो मात्रामा मानव अस्थिपञ्जर भेटिएको छ । यी अस्थिपञ्जर सन् १८ सय ५७ मा भएको भारतीय स्वतन्त्रता संग्रामका बेला बेलायती शासकले मारेर गाडेका दुई सय बयासिभन्दा बढी भारतीय सैनिकको अवशेष रहेको बताइएको छ । एक गुरुद्वारको भवनमुनि तीन दिन लगाएर गरिएको उत्खननबाट यी […]

२०७० चैत्र १ गते, शनिबार

चीनमा छुरा प्रहारवाट पाँचको मृत्यु

काठमाडौं ,३० फागुन । मध्य चीनमा शुक्रबार बिहान भएको छुरा प्रहारमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि घाइते भएका एकजनाको अस्पतालमा मृत्यु भएको हो । बजारमा भएको आपसी विवादका कारण एकजना व्यक्तिले छुरा प्रहार गरेको थियो । पछि सो व्यक्तिको पनि प्रहरी कारबाहीमा परी ज्यान गएको बताइएको छ । चीनमा करिब दुई […]

२०७० फाल्गुन ३० गते, शुक्रबार

रुसलाइ ओबामाको चेतावनी

काठमाडौं, फाल्गुन २९ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेनको क्राइमियाबाट रुसले आफ्ना सेना फिर्ता नगरे त्यसको मूल्य चु्काउनुपर्ने चेतावनी दिएका छन् । युक्रेनका अन्तरिम प्रधानमन्त्री आर्सेनी यात्सेन्युकसँग ह्वाइट हाउसमा कुराकानीपछि बोल्दै अमेरिकी राष्ट्रपति ओबामाले रुसको विवादमा अमेरिका युक्रेनको साथ रहेको स्पष्ट पारे ।उनले क्राइमियामा हुने भनिएको जनमत संग्रह पूरै अस्वीकार्य भएको बताए । यसअघि जी […]

२०७० फाल्गुन २९ गते, बिहीबार

लिबियाली प्रधानमन्त्री मुलुकबाट पलायन

काठमाडौं, २९ फाल्गुन । लिबियाका अपदस्थ प्रधानमन्त्री अलि जिदानले मुलुकबाट पलायन हुनुपरेको छ । संसदमा प्रधानमन्त्री जदानविरुद्ध अविश्वासको मत पारित भएको र यात्रा गर्न प्रतिबन्ध लगाइएको केही घन्टाभित्रै उनले देश छाडेका छन् । त्रिपोलीका सरकारी अधिकारीहरूले यसको पुष्टि गरेका छैनन् । केही वर्ष यतादेखि लिबियाले लगातार राजनैतिक तथा आर्थिक संकट सामना गर्दै आएको छ । […]

२०७० फाल्गुन २९ गते, बिहीबार

भारतमा माओवादी आक्रमणवाट १६ को मृत्यु

काठमाडौं,२८ फागुन । भारतीय माओवादीले मंगलबार गरेको एक शक्तिशाली आक्रमणमा परी कम्तीमा पनि १६ जना प्रहरी मारिएका छन् । मारिनेमा एकजना प्रहरी अधिकृत पनि रहेका छन् ।भारतमा आगामी दुई महिनामा संसद्को निर्वाचन हुँदै छ । सो निर्वाचनअघि भएको सुरक्षाकर्मीमाथिको यस आक्रमणलाई सुरक्षाको एक कडा चुनौतीका रूपमा लिइएको छ ।करिब २ सयजनाको संख्यामा रहेका माओवादीले सो […]

२०७० फाल्गुन २८ गते, बुधबार

पाकिस्तानमा भोकमरी,एक महिनामा ३० बालबालिकाको मृत्यु

काठमाडौं, २६ फागुन – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा पर्ने थार मरुभूमि क्षेत्रमा भोकमरीका कारण पछिल्लो एक महिनामा झण्डै ३० जना बालबालिकाको ज्यान गएको छ ।खडेरीग्रस्त क्षेत्रमा कुपोषणका कारण बालबालिकाको ज्यान गएको चिकित्सकलाई उधृत गर्दै सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद कायम अलीले बताउनुभयो । थार पार्कर जिल्लाको मिठी क्षेत्रमा कुपोषणका कारण गएको डिसेम्बर यता १ सय २९ […]

२०७० फाल्गुन २६ गते, सोमबार