बिश्व

युक्रेनको सरकारी भवन रसियाली प्रदर्शनकारीको नियन्त्रणमा

काठमाडौं । युक्रेनको पूर्वी भागमा रहेको नगर लुगान्स्कमा मंगलबार रसिया समर्थक तीन हजार भन्दा बढी प्रदर्शनकारीले क्षेत्रीय प्रशासकीय भवन आफ्नो नियन्त्रणमा लिएको घटनास्थलमा रहेका एएफपीका पत्रकारले बताए ।करिब २० युवाहरूको एक समूह फलामको रडले भवनहरूको झ्याल फोडी भित्र पसेको र उक्त भवनलाई प्रहरीले सुरक्षा नदिइएको बताइएको छ ।त्यहाँ उनीहरूले युक्रेनको राष्ट्रिय झण्डा झिकेर रसियाली झण्डा […]

२०७१ बैशाख १७ गते, बुधबार

इजिप्टमा सयौलाई मृत्युदण्ड

काठमाडौं , १६ वैशाख ।इजिप्टको एक अदालतले ६ सय ८३ जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ ।मृत्युदण्डको सजायँ पाउनेमा मुस्लिम ब्रदर हुडका नेता मोहम्मद बदीसमेत छन् ।सजायँ पाउने सबै पूर्व राष्ट्रपति मोहम्मद मर्सीका समर्थक हुन् भने उनीहरुमाथि गत वर्ष एक पुलिस स्टेशनमा हमला गरेको र एक प्रहरीको मृत्युमा जिम्मेवार रहेको आरोपमा दोषि ठहर गरिएको हो । […]

२०७१ बैशाख १६ गते, मंगलवार

दक्षिण कोरियाका प्रधानमन्त्रीले राजीनामा दिए

काठमाडौँ,१४ वैशाख । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ होङ वनले राजीनामा दिएका छन् ।फेरी दुर्घटनाको विषयलाई लिएर, आलोचना, विवाद र विरोध चर्किँदै गएपछि प्रधानमन्त्री चुङले राजीनामा दिएका हुन् । दुई हप्ताअघि ४ सय ७६ जना सवार फेरी समुद्रमा दुर्घटना हुँदा १ सय ८३ जनाको ज्यान गएको थियो भने सय भन्दा धेरै अझै बेपत्ता छन् । दुर्घटनापछि […]

२०७१ बैशाख १४ गते, आईतवार

यूक्रेनमा अमेरिका र रुसको सम्बन्ध थप बिग्रँदै

काठमाडौं, ११ वैशाख । यूक्रेन संकटमा रुससँग सम्बन्ध बिग्रँदै गएपछि अमेरिकाले आफ्ना सैन्य दस्तालाई पोल्याण्डमा उतारेको छ । पहिलो लटमा १५० अमेरिकी सैनिकलाई पोल्याण्ड उतारिएको हो । सैन्य अभ्यासका नाममा अरु ४५० सैनिकलाई पोल्याण्ड झारिने छ । यस्तो सैन्य अभ्यास पोल्याण्डकाअतिरिक्त लिथुआनीया, लात्भीया र इस्टोनीयामा पनि गरिने बताइएको छ । यूक्रेन अधिनस्थ क्राइमियालाई टुक्राएर आफूमा […]

२०७१ बैशाख ११ गते, बिहीबार

अश्वेत नायिका बिश्वकै सर्वाधिक सुन्दरी

काठमाडौँ, ११ वैशाख।केन्याकी अश्वेत नायिका बिश्वकै सर्वाधिक सुन्दरी महिला छानिएकी छिन् । ३१ वर्षिया सुन्दरी लुपिता न्योङओलाई ‘पिपुल म्यागाजिन’ले आफ्नो नयाँ अंकमा विश्वकै ‘व्युटिफुल वुमन’को सूचीमा एक नम्बरमा राखेको छ । म्यागाजिनले गरेको सर्वेक्षण र चुनिएका सुन्दरी मध्ये उनी पहिलो नम्बरमा पर्न सफल भएकी हुन् । यो उपाधि जित्ने लुपिता तेस्रो अश्वेत सुन्दरी हुन् । […]

२०७१ बैशाख ११ गते, बिहीबार

पाङ्ग्राभित्र बसेर ५ घन्टा उडान

काठमाडौ, ९ बैशाख । विमानको पाङ्ग्रा राखिने भाग (हि्वलवेल) मा लुकेर पाँच घन्टा उड्दासमेत एक अमेरिकी किशोर जीवितै रहे । क्यालिफोर्नियाबाट उडेको विमान आइतबार हवाईमा उत्रनेबित्तिकै कर्मचारीहरूले हि्वलवेलमा १६ वर्षीय किशोरलाई देखेका थिए । उनी ३९ हजार फिट उचाइको न्यून अक्सिजन र कठ्यांगि्रँदो चिसोमा समेत आश्चर्यजनक रूपले जीवित रहेका हुन् ।अमेरिकी अनुसन्धान संस्था एफबीआईका प्रवक्ता […]

२०७१ बैशाख ९ गते, मंगलवार

मेक्सिकोमा ७ दशमलब २ रेक्टरको भूकम्प

काठमाडौं, ६ वैशाख ।मेक्सिकोमा आज ७ दशमलब २ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । करिब ३० सेकेण्डसम्म गएको भूकम्पको कारण सहरमा भागदौड मच्चिएको थियो ।भूकम्पको केन्दूविन्दु पश्चिमी गुइरेरो राज्य रहेको अमेरिकी भूगर्भ सर्भे विभागले जनाएको छ । भूकम्पबाट राजधानी मेक्सिको सहरमा बढी प्रभाव देखिए पनि मानवीय क्षति भए÷नभएको सम्बन्धमा खबर आइसकेको छैन ।मेक्सिकोमा सन् १९८५ […]

२०७१ बैशाख ६ गते, शनिबार

अपराध बढेको अन्तर्वार्ता दिँदादिँदै लुटिएपछि….

काठमाडौ। जब एक ब्राजिलियन महिलाले बढ्दो अपराधको बारेमा एउटा लाइभ टेलिभिजन कार्यक्रममा आफ्ना केहि शब्दहरु बोलिरहेकी थिइन् तब उनले पक्कै पनि त्यसको लाइभ डेमो चाहेकी थिइनन् । तर, उनले नचाहँदा नचाहँदै पनि यस्तै घटना हुनपुुग्यो । एक महिलाले लाइभ टेलिभिजनमा असक्षम पुुलिस फोर्सको बारेमा उजुरी गरिरहेको बेला एउटा चोर दौडेर आएर उनले लगाएको सुुनको सिक्री […]

२०७१ बैशाख ५ गते, शुक्रबार

इरानी राजदुतलाई अमेरिकाले भिसा दिएन

काठमाडौँ ।ईरानीको तर्फबाट संयुक्त राष्ट्रसंघका लागि मनोनित राजदुत हमीद अबुतालेबीलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको छ । सन् १९७९ मा तेहरानमा रहेको अमेरिकी दुतावास कब्जा गर्ने घटनामा संलग्न रहेको भन्दै अमेरिकाले उहाँलाई भिसा दिन अस्वीकार गरेको हो । अमेरिकाले तेहरानमा अमेरिकी दुतावासका कर्मचारीलाई बन्धक बनाउने विद्यार्थी समूहमा अबुतालेबी पनि रहेको दावी गरेको छ । अमेरिकाको […]

२०७० चैत्र ३० गते, आईतवार

माओवादी आक्रमणबाट भारतमा १५ को मृत्यु

काठमाडौं ,३० चैत । भारत छत्तिसगढमा माओवादीले शनिबार गरेको दुई आक्रमणमा १५ को मृत्यु भएको छ । मारिएकामा सेन्ट्रल पुलिस रिजर्भ फोर्स (सीआरपीएफ) का ६ जवान, ७ मतदान कर्मचारी, १ एम्बुलेन्स चालक र १ स्वास्थ्यकर्मी छन् ।पहिलो आक्रमण बिजापुर जिल्लामा चुनाव कर्मचारीलाई लक्षित गर्दै भएको थियो, जसमा ७ मारिए । करिब एक घन्टापछि बस्तर जिल्लामा […]

२०७० चैत्र ३० गते, आईतवार